दसैं सकिएसँगै धान भित्र्याउन खेतमा पसेका किसान बेमौसमी वर्षाले समस्यामा परेका छन् । पहाडी जिल्लाका सिँचाइ हुने खेत र तराईका फाँटमा धान पाक्न सुरु भइसकेका थिए तर असोज ३१ गते,आइतबारदेखिको निरन्तर वर्षाले खेतमा बाला झुलेर काट्न तयार भएका धानका बोट लडेर पानीमा डुबेका थिए भने भित्र्याउन ठिक्क पारेको धान खेतमै डुबे । किसानसगँ वर्ष भरिको आफ्नो मेहिनत डुबेको हेर्नु र कत्तिबेला पानि रोकिएलार धान उठाउँला बाहेक केहि विकल्पनै रहेको थिएन । पनी रोकिएला र खेतमा पसम्ला भनेर बसेका किसानका बिलौना प्रकृतिले सुनेन र काटेको धान धेरै दिन पानीमा रहँदा त्यहीं उम्रिने र बिग्रिन थालेको टुलुटुलु हेर्न बाध्य भए ।
नियमित वर्षा र मलखादको सहज आपूर्तिले यस वर्ष सात प्रतिशत धान उत्पादन बढ्ने अनुमान गरिएका बेला आइतबारदेखिको वेमौसमी वर्षाले धान बालीलाई निकै क्षति पुर्याएको थियो । ।काटेर खेतमा सुकाउन राखिएको धान सबै सखाप भएकाले लगानी पनि नउठ्ने अवस्थामा रहेकाले किसान मारमा परेकाछन् ।
किसान पानी सुक्यो कि भनेर हेर्न बारम्बार खेतमा पुग्छन् । उम्रिन लागेको धान हेर्छन्, पानी नसुक्दा संकलन गर्न नपाएपछि अमिलो मन बनाएर फर्कन्छन् । अलिअलि पानी सुकेको ठाउँको धान संकलन गर्न खोजेपनि भिजेका धान एक्लै उठाउँदा नसक्दा किसानहरु थप हैरान भएका थिए/छन् । प्राय सबै किसानहरु आफ्नै खेतका धान उठाउँन व्यस्त रहेका र अरु बेला जस्तै मेलामा जाउँला र एकअर्कालाई सहयोग गरौँला भनेर बस्दा खेतमा डुबेका धान झनै कुहिने भएकाले अधिकाशं किसानको पिडामा थप कामको भार पनि थपिएको छ। प्राय सबै किसानहरु आफ्नै खेतका धान उठाउँन व्यस्त रहेका र अरु बेला जस्तै मेलामा जाउँला र एकअर्कालाई सहयोग गरौँला भनेर बस्दा खेतमा डुबेका धान झनै कुहिने भएकाले अधिकाशं किसानको पिडामा थप कामको भार पनि थपिएको अवस्थामा नेपाल फूडले किसानका खेतमा डुबेका धान उठाउँन विभिन्न प्रभावित जिल्लाहरुमा स्वयमसेवि परिचालन गरेको छ । पानीले धान ढुवायो र पुरै बिग्रर्ने अवस्था पुग्यो भन्ने खबर पाउँनसाथ त्यसको समाधान खोज्न तत्काल बैठक बसेकोर प्रारम्भिक रुपमा धान जति सक्दो चाढैँ ओबानो ठाउँमा पुर्याउनु पर्ने निष्कर्षमा पुगी र सकेसम्म धेरै प्रभावित क्षेत्रमा आफ्नो स्वयमसेवीहरु सक्रिय रुपमा परिचालन गर्ने आफू जागरुक रहेको कुरा नेपाल फूडको कार्यक्रम संयोजक मदन पौडेलले हामीलाई जानकारी दिए ।
प्रारम्भिक दिनहरुमा आफूहरु काटेर सुकाइएका भीजेका धान उठाउँन अग्रसर भएको र अहिले ढलेका धान काट्ने र ओभानो ठाउँमा सार्ने काममा केन्द्रित भएको पौडेलले बताए ।नेपाल फूडले वर्षा सुरु भए लगाएत करीब १५० स्वयमसेवीहरुलाई तराईका निकै प्रभावित कैलाली, नवलपरासी,चितवन,वर्दीया, मोरङ्ग गरी पाचँ जिल्लाबाट करीब १०० बिगा जमिनबाट धान उठाइ सकेको र अझै कोहि किसानले आफूहरुलाई सम्पर्क गरेमा आफूहरु कुनै पनि जिल्लामा स्वत स्फूत रुपमा पुग्ने कुरा उनले बताए । पहिलो चरणमा ढुबेका धान उठाउँनु आफ्नो प्राथमिकतामा रहेको र दोस्रो चरणमा तीनै उद्दार गरीएका किसानलाई राहात बाढ्ने आफुुहरुको लक्ष्य रहेको उनले बताए ।