Home कृषि ब्यवसाय तरकाली फलफुल लसुन खेती प्रविधि

लसुन खेती प्रविधि

परिचय
लसुन एक प्रकारको मसला तथा नगदे बाली हो । यसमा Allicin भन्ने तत्व हुन्छ ।Allinase enzyme  ले Allicin बनाउँदछ जुन मानिस तथा जनावरकालागि परापुर्वककालबाटै औषधीको रूपमा प्रयोग हँुदै आएको छ र समय बढ्दै जाँदा यसको प्रयोग विभिन्न खाना तथा औषधीको रुपमा तीव्र गतिमा बढ्दैछ भने आजकाल विदेशी बजारमा आजकाल लसुनको ट्यावलेट समेत पाउँन थालीसकेको छ । मनव सेवनमा मात्र सिकित नभए लसुनलाई कीटनासक विषादीको रूपमा ,नेमाटोड तथा ढुसी रोग नासक तथा कीरा विकर्षकको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । लसुनको खेती तराईदेखि हिमाली क्षेत्रसम्म गर्न सकिने भएता पनि तर पहाड तथा हिमाली क्षेत्रमा यसको उत्पादन र गुणस्तर दुवै निकै राम्रोे हुने पाइएको छ । तराईमा लसुनको उत्पादन गर्न सकिने भएतापनि लसुनको पोटी पहाडी क्षेत्रको तुलनामा साना भएको पाइन्छ ।

अधिकांश नेपाली परिकारमा लसुनको प्रयोग भएता पनि नेपाली बजारमा पाइने अधिकांश लसुन चीनबाट आयातीत लसुन हुने गरेको छ । नेपाली रैथाने जातको स्वाद आयातीत भन्दा निकै राम्रो भएतापनि तुलनात्मक रुपमा पोटि निकै सानो भएकाले बजारमा चिनिँया लसुनको बाहुल्यता देखिन्छ । नेपालमा व्यवसायीक लसुन खेतीको प्रचुर संम्भावना भएता पनि यसको व्यवसायीक खेतीमा भने खासै धेरैले ध्यान नदिएको पाइन्छ तर स्वदेशमै यसको राम्रो उत्पादन गर्न सके नेपालमा मात्र सिमित नभइ भारतमा पनि यसको निर्यात गर्न सक्ने अवसर पनि उत्तिकै रहेको छ ।

लसुनको जात
स्थानीय जातः तराई जात, पहाडी जात, हिमाली जात, चाइनीज जातलसुनका जातहरू तापक्रम, दिनको लम्बाई र प्रकाशसँग संवेदनशील हुने भएकोले परीक्षण नगरी एक ठाँउको जात अर्को ठाँउमा खेती गर्नु हँुदैन । तर १४०० मिटरभन्दा माथिका स्थानहरूमा भने चाइनीज लसुन निकै सफल भएको पाइएको छ । उक्त उचाइभन्दा तलका ठाउँहरूमा भने डल्ला नबन्न सक्छ । तर चाइनीज लसुन रोप्दा भने साउनदेखि असोजको मध्यसम्ममा रोपिसक्नु पर्दछ । त्यसपछि रोप्दा उत्पादन ज्यादै कम हुने र गानो पनि सानो भएको पाइएको छ ।

हावापानी तथा माटो

लसुन खेतीकालागी औसत १८ देखि २५० सेन्टीग्रेड तापक्रम भएको ठाउँ उपयुक्त हुन्छ भने सो भन्दा बढी तापक्रम भएका क्षेत्रहरुमा सानो पोटी लाग्ने समस्या हुन्छ भने तापक्रम कम हुने क्षेत्रमा बोट पहेँलीने समस्या देखिन्छ । लसुन जाडो महिनाको बाली भएकाले यसमा तुसारो सहन सक्ने क्षमता निकै राम्रो हुन्छ । लसुनको पोटी रोपेको ३० दिनसम्म २०–२५० सेन्टीग्रेड हुनु पर्दछ र त्यसपछि तापक्रम १० –१५०से.र दिनको लम्बाई १०–११ घण्टा करीव १२० दिनसम्म बिस्तारै घट्दै जाने हुनुपर्दछ । तत्पश्चात बिस्तारै तापक्रम र दिनको लम्बाई बढ्दै गएमा (२०–२५० से. तापक्रम र १२–१३ घण्टाको दिन) उत्पादन राम्रो हुन्छ एक्कासी तापक्रबढेमा चाँडै नै डल्ला बनी गानो स–साना भई उत्पादन कम हुन्छ । तराईमा सानो डल्ला बन्ने मुख्य कारण पनि यही नै हो ।

लसुनकोलागी प्रशस्त प्राङ्गारिक पदार्थ भएको दोमट तथा खुकुलो माटो उपयुक्त हुन्छ भने चिम्टाइलो,रातो तथा पानी जम्ने माटोमा यसको उत्पादन निकै कम हुने गर्छ ।

बीउ छान्ने ,रोप्ने दूरी /बीउ दर
लसुन रोप्दा ठूला–ठूला गाना भएको लसुन छानी उक्त गानोबाट ठूला–ठूला पोटिला पोटी छानी सो पोटी मात्र रोप्नु पर्दछ । चाइनिज जातको लसुन रोप्दा पहाडी भेगमा असोज महिना र उच्च पहाडी तथा हिमाली भागमा असोज, कार्तिक र फागुन महिनामा लगाउँन सकिन्छ भने स्थानीय जातको लसुन तराईमा कार्तिक महिना, मध्य पहाडी भागमा असोज–कार्तिक महिना, उच्च पहाडी भागमा असोज– कार्तिक महिना र हिमाली भेगमा कार्तिक र फागुन महिनामा लगाउन सकिन्छ ।
लसुनको बीउदर लगाउने दुरीको आधारमा निर्धारण हुने गर्दछ । तर सामान्यतया स्थानीय जातको लसुन १२ देखि १५ के.जी. प्रतिरोपनी आवश्यक पर्दछ । यसैगरी चाइनिज जातको लसुन २५ देखि ३० के.जी. प्रतिरोपनीका दरले बीउको आवश्यकता पर्दछ । लसुनलाई लाइमा रोप्ने चलन छ र रोप्दा दुई लाइन बिचको दुरी १५ से.मी र बोट–बोटको दुरी ८ से.मी हुनुपर्दछ ।

          भौगोलिक क्षेत्र

बीउ रोप्ने समय

उच्च पहाड
५०००—७००० फिट
फागुन —चैत्र
मध्य पहाड
३००० — ५००० फिट
भदौ —
कार्तिक
तल्लो पहाड
३०००—५००० फिट
कार्तिक — मंसीर
तराई १००० फिट भन्दा कार्तिक — मंसीर

 

मलखाद तथा जग्गाको तयारी
लसुनका लागि जग्गा तयारी गर्दा उपयुक्त प्रविधिबाट माटोको उपचार गर्नु पर्दछ । यसका लागि तोरीको पिना वा चिउरीको पिना १० के.जी., वेभिष्टिन पाउडर २०० ग्राम र डर्सवान मालाथेन पाउडर १ के.जी., २० के.जी. गोबरमलमा मिसाइ प्रतिरोपनीका दरले जोतेर माटोमा मिसाउनु पर्दछ । जमिनको अन्तिम तयारी गर्दा गोबरमल १५०० के.जि., डि.ए.पि. १२ के.जी., पोटास १० के.जी. र जिङ्क १ के.जी. प्रतिरोपनीका दरले माटोमा मिसाउनु पर्दछ । यसका साथै बोट उम्रे पछि टपडे«सिङ्गका रूपमा युरिया मल पनि प्रयोग गर्नु पर्दछ । जग्गा तयारी गरिसके पछि पोटी रोप्नु भन्दा पहिले लसुनको पोटीलाई २ ग्राम साफ वा वेभिष्टिन पाउडर प्रतिलिटर पानीमा तयार पारिएको झोलमा ३० मिनेटसम्म डुवाइ उपचार गर्नु पर्दछ र डुबाएको पोटीलाई ओझेलमा वा शीतलमा सुकाएर मात्र रोप्नु पर्दछ । लसुन बाली लगाउन जग्गा २५ देखि ३० से.मि. गहिरो हुने गरी ३-४ पटक खनजोत गर्नु पर्दछ । र पोटी लगाएको ४० देखि ५० दिन भित्र युरिया ५ के.जी. प्रतिरोपनी जग्गामा टपड्रे्रिसङ्ग गर्नु पर्दछ भने पोटी रोपेको ७० देखि ८० ५ के.जी. प्रति रोपनीका दरलेदास्रो टपड्रे्रसिङ्ग गर्नु पर्दछ । यसैगरी पुनः ५ के.जी. युरिया प्रतिरोपनीमा गानो बन्ने समयमा पनि टपडे«सिङ्ग वा साइड डे«सिङ्ग गर्नु पर्दछ । लसुन रोपेको ३० दिनमा एकपटक, ६० दिनमा अर्कोपटक र ९० दिनमा पुनः गरी ३ पटक म्याग्नेसियम सल्फेट १ ग्राम प्रतिलिटर पानीका दरले मिसाइ छर्नाले लसुनमा रस,स्वाद र वास्ना थपिन्छ ।

गानो बन्नको लागि आवश्यक अवस्था
राम्रो गानो बन्नको लागि गानो बन्नुभन्दा पहिले लसुनको बोट स्वस्थ भई त्यसमा कम्तीमा १६ गोटा हरियो पात हुनुपर्दछ । लसुनको डाँठको मोटाई २ से.मी. हुनुपर्दछ । गानो बन्न सुरु गर्नको लागि १२ घण्टा दिनको लम्बाई र २५ डिग्री सेन्टिग्रेड तापक्रमको जरुरी हुन्छ ।
गानो बन्न सुरु गरेपछिको हेरचाह
यो अवस्था तराईमा मध्य फाल्गुणदेखि र पहाडमा चैत्रदेखि सुरु हुन्छ । यो अवस्थामा मलखाद पुनः दिने, माटो सदैव चिसो राख्नुुपर्ने र रोग कीराबाट जोगाउनु पर्ने हुन्छ । वारीमा झारपात छ भने उखेल्नु पर्दछ ।

गोडमेल तथा सिंचाइ

जमिनको चिस्यान तथा झारपात हेरी पहिलो गोडमेल रोपेको २५(३० दिनमा र दोस्रो गोडमेल ५०)६० दिनमा गर्नु पर्दछ । लसुनमा झारपातको निकै समस्या हुने भएकाले बेर्ना रोप्दा बाक्लो हुनेगरी सार्नु पर्ने हुँदा धेरैपटक झारपात हटाइ गोडमेल गर्दा बिरुवालाई बाधा पुग्ने गर्दछ । तसर्थ लसुन बालीमा गोडमेल सावधानी पूर्वक गर्नु पर्दछ । लसुन खेती गर्दा खेती अवधिभर ३-४ पटक गोडमेल गर्नु आवश्यक छ तर झारको मात्रा र अवस्था हेरी कम वा धेरैपटक गोडमेल गर्न सकिन्छ । लसुन बाली अवधिभर माटो खुकुलो राख्नु पर्दछ । यदि माटो खुकुलो नरहेमा माटोको माथिल्लो सतह जमेर कडा हुन जान्छ, जसले गर्दा एउटा बोटमा एउटा गानोको बदला गानो फुटेर धेरै र साना गानाहरु बन्न पुग्दछन् । यसले लसुनको उत्पादनमा गुणस्तर तथा परिमाणमा नकारात्मक प्रभाव पर्दछ ।

लसुन खन्ने
लसुनको बोटको डाँठ ढलेपछि मात्र लसुन खन्ने बेला भएको सङ्केत गर्दछ । यतिबेला धेरै पातहरू पनि पहेँलो भएका हुन्छन् । डाँठ नढलि उखेलेको लसुनको पोटी पछि सेप्रो हुन्छ । बोटलाई लडाइदिएर लसुन चाँडैं पाक्दछ भन्ने विश्वास छ, त्यो ठीक होइन । लसुन उखेल्दा घाम लागेको दिनमा उखेल्नु पर्दछ । उखेलेका सबै डल्ला र पातलाई करिव १–२ दिनसम्म घाममा सुकाउनु पर्दछ । त्यसपछि माटो हटाई रोगी पात काटी मुठा वा गानो सिधै घाम नपर्ने स्थानमा फिँजाएर वा झुण्ड्याएर भण्डारण गर्नुपर्दछ ।

उत्पादन
लसुनको उत्पादन क्षेत्र अनुसार उत्पादन फरक पर्दछ । तराई क्षेत्रमा ३००–४०० के.जी. प्रति रोपनी, मध्य पहाड क्षेत्रमा ५००–७०० के.जी. प्रति रोपनी र हिमाली क्षेत्रमा ६००–८०० के.जी. प्रति रोपनी सम्मको उत्पादन लीन सकिन्छ ।

लसुन खानुको फाइदाहरु-:

१. लसुनमा कोलेस्ट्रोलको मात्रा निकै कम हुन्छ। यसले मुटुलाई स्वस्थ राख्न र रक्तचाप नियन्त्रणमा राख्न सघाउँछ।

२. लसुनले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ। क्यान्सरजस्ता गम्भीर रोगसँग लड्ने क्षमता पनि लसुनमा हुन्छ।

३. लसुनको प्रयोग दाँत दुखाईमा पनि उपयोगी मानिन्छ। काँचो लसुनलाई पिसेर दुखेको ठाउँमा लगाउँदा राहत मिल्छ।

४. लसुनको नियमित सेवनले रूघाखोकी र एलर्जी पनि कम गराउँछ।

५. यसले पेटको हानिकारक तत्व बाहिर निकाल्ने हुँदा पेटको लागि फाइदाजनक छ। लसुनको प्रयोगले आयुसमेत बढाउँछ।

६. लसुनले भोक जगाउने र तौल बढाउन पनि मद्दत गर्छ।

 

 

 

 

 

 

Must Read

लसुन खेती प्रविधि

परिचय लसुन एक प्रकारको मसला तथा नगदे बाली हो । यसमा Allicin भन्ने तत्व हुन्छ ।Allinase enzyme  ले Allicin बनाउँदछ जुन मानिस तथा जनावरकालागि परापुर्वककालबाटै...

गोब्रे च्याउ खेति प्रविधि

नेपालमा च्याउको खेती गर्ने अधिकाशं किसानको रोजाइमा  सजिलै खेती गर्न सकिने , बजार पु¥याउँदा उपभोक्ताले सजिलै किन्न सक्ने र खासै धेरै लगानी र हेरचाह...

Prospects of Organic Agriculture in Nepal

-Anupa Gaire IAAS,Lamjung According to IFOAM, “Organic Agriculture is a production system that sustains the health of soils, ecosystems, and people. It relies on ecological processes,...

Resilience against Shrinked Economy: Retention of Agri-experts.

  "As the Covid-19 have dreadfully struck the country’s economy, talks have been on the surge to restore the sinking economy afloat through intervention of...

उपभोक्ता र अर्गानीक कृषि

-समिक्षा गौतम मानिसको जीवन चक्रमा उसले सबैभन्दा बढी उपभोग गर्ने खानाको न व्याख्या गरेर कहिले सकिन्छ न यसका परिकारहरुको नाम भनेर नै कहिले सकिन्छ ।...