नेपालमा च्याउको खेती गर्ने अधिकाशं किसानको रोजाइमा सजिलै खेती गर्न सकिने , बजार पु¥याउँदा उपभोक्ताले सजिलै किन्न सक्ने र खासै धेरै लगानी र हेरचाह पनि नचाहिने कन्ये च्याउ खेती सबैको पहिलो रोजाइमा पर्ने गर्छ तर दाम र काम दुवैमा अगाडी रहेको कन्ये च्याउ स्वाद र स्वास्थीय गुणमा भने गोब्रे च्याउ भन्दा निकै पछाडि रहेको छ । स्वादमा र स्वास्थ्य गुणले भरीपुर्ण भएता पनि कम उत्पाद गरिने र बजार भाउ कन्ये तुलनामा अली बढिनै हुने र किसानमा प्राविधिक ज्ञान पर्याप्त नभइदिनाले यसको खेती प्रणालीलाई जटिल ठान्ने भएकाले यो च्याउ उपभोक्ताको रोजाइमा भइकन पनि खासै बिस्तार हुन सकेको छैन ।
गोब्रे च्याउ खेती प्रविधि
नेपालीमा गोब्रे च्याउ, अंग्रेजीमा (Button Moushroom) र वैज्ञानिक नाम Agraricus spp रहेको यो च्याउ संसारभरी सबैभन्दा धेरै उत्पादन हुने र धेरै रुचाइएको च्याउ हो । चिसो हावापानी ,मलिलो र घामको प्रकाश नपर्ने ठाउँमा यो च्याउबाट निकै राम्रो उत्पादन लिन सकिन्छ । गोब्रे च्याउ खेतीकालागी काठमाडैँको हावापानी निकै उपयुक्त हुने भएकाले काठमाडैाँमा यो च्याउ वर्षमा दुई पटक खेती गर्न सकिन्छ भने तराई, भित्री तराई तथा मध्य पहाडी भेगमा भने वर्षको एक पटक खेती गर्न सकिन्छ ।
बीउ छर्ने समय | च्याउ फल्ने समय | |
काठमाडौँ | पौष–माघ | फाल्गुण–बैशाख |
आषाढ–श्रावण | आश्विन–
मंसिर |
|
तराई तथा भित्रि तराई | श्रावण–भाद्र | कार्तिक–फाल्गुण |
यस्तै प्रकारलेअन्य पहाडी भागहरुमा पनि स्थानीय हावापानीको अध्ययन गरी च्याउको खेती गर्ने समय निश्चित गर्न सकिन्छ ।
च्याउ खेती गर्न आवश्यक पर्ने वा विशेष ध्यान दिनु पर्ने कुराहरु:-
१. तापक्रम
बीउ रोपेको तीन हप्तासम्म कोठामा तापक्रम २२–२५ डि. सेल्सियस हुनुपर्छ र माटो भरेको १० दिन सम्म सोही तापक्रम हुनुपर्दछ । उक्त तापक्रममाढुसीजालो राम्रोसँग पैmलिन्छ । कम तापक्रम हुँदा ढुसी पैmलिन सक्दैन । बढी तापक्रम भएमा अन्य किसिमको ढुसी रोगको जीवाणुहरुले बीउ वा च्याउ नै नष्ट पारिदिन्छ त्यसैले बढि चिसो भएको समयमा हिटर बाली तापक्रम बढाँउनु पर्छ भने बढि गर्मी भएको समयमा भेटिलेसन खोल्ने वा बन्द कोठा भए ए.सीको प्रयोग गर्न सकिन्छ भने तापक्रम नियमित चेकजाँचगर्न कोठामा थर्ममिटर राख्न बुद्धिमानी हुन्छ ।
२. आद्र्रताः
च्याउ खेती गर्दा बीउ छरेपछि सापेक्षिक आद्र्रता ७०–७५% हुनुपर्दछ । च्याउनिस्कने बेलामा सापेक्षिक आद्र्रता ८०–९०% हुनु पर्दछ । यसको लागि गर्मीमौसममा भुईंमा पानी छर्केर तथा च्याउको मलमा उचित मात्रामा पानी दिएर सापेक्षिक आर्द्रता मिलाउन सकिन्छ भने आजकाल बजारमा पाउँने स्वचालीत मिस्ट फगरको पनि प्रयोग गर्न सकिन्छ ।
३. हावा सञ्चालन र उज्यालो
च्याउ उत्पादन गर्ने ठाउँ वा कोठामा चाहिएको खण्डमा बाहिरबाट राम्रोसँगताजा हावा भित्र पस्ने र द्रुषित हावा बाहिर निस्कने साथै सिधा घामको उज्यालो नपर्ने हुन अत्यन्तै आवश्यक हुन्छ । गोब्रे च्याउको लागीमात्र नभइ जुनसुकै च्याउको खेतीकालागी मधुरो उज्यालोको व्यवस्था हुनु आवश्यक पर्दछ ।
४. असल बीउ
च्याउको बीउ तयार गरी राखेको प्याकेट बोतलमा सेतो ढुसी तर अन्य ढुसी वा जीवाणु नउम्रिएको हुन पर्दछ । बीउ राख्ने प्लाष्टिक वा बोतललाई बिउ राख्नु भन्दा अगाडी कतभचष्ष्शिबतष्यल गरी उचित तापक्रममा भण्डारणगरी बजारीकरण गर्नु पर्दछ भने उपभोक्त किसानले भरपर्दो श्रोतबाटमात्र बीउ किन्न उपयुक्त हुन्छ ।
५. खेती गर्ने ठाउँ
काठमाडौं उपत्यकामा घरको हावा लाग्ने छिंडीमा वा छुट्टै घरमा भित्ता भुईंमा ईंटा टम्म पारेर ओच्छ्याएको वा सिमेन्ट गरी च्याउको खेती गर्न सकिन्छ भने छाप्रो बनाएर पनि च्याउको खेती गर्न सकिन्छ । जाडो याममा खेती गर्न इच्छुक कृषकहरुले कोठा तातोको व्यवस्था गर्नु पर्दछ । सिमेन्ट प्लाष्टर गरेको ठाउँमा नै मलको व्याड बनाएर खेती गर्न सकिन्छ । कम ठाउँ भएको कोठामा काठको बाकस (¥याक) एकको माथि आर्को राखेर खेती गर्न सकिन्छ । साधारणतयाः बाकस साईज (१.५ मी. ह १ मी. ह १२ से.मी.) बनाउनु पर्दछ र बाकसको मुन्तिरको काठ १–१ इञ्चको फरकमा ठोकी हावा पस्ने हुनु पर्दछ र चारै कुनामा चारवटा खुट्टाहरु राख्नु पर्दछ । यसो गरेमा एउटा बाकसको माथि अर्को बाकस राख्न सकिन्छ । बाँसको ¥याक बनाएर पनि च्याउको खेती गर्न सकिन्छ । एक ¥याक देखि अर्को ¥याकको दूरी २०–२४ इञ्च हुनु वेश हुन्छ । मल बनाउने ठाउँ पनि च्याउ खेती गरिने ठाउँको नजिक भए सजिलो हुनेछ उक्त मल बनाउने ठाउँको भूईंमा ईंट्टा टम्म मिलाएर राख्ने वा सिमेन्ट प्लाष्टर गर्नु पर्दछ । घाम पानीबाट जोगाउनको लागि छाना लगाएको हुनु पर्दछ । यदि खुल्ला ठाउँमा गर्ने हो भने प्लाष्टिकले छोप्नु पर्दछ । यसरी छोप्दा, एमोनिया ग्याँसको गन्ध मलमा लामो समय रहने हुँदा, प्लाष्टिकले छोप्न त्यति उपयुक्त हुँदैन । माटोले केसिङ्ग गर्दा माटो रोगमुक्त भएको र वरीपरिका खेतहरुमा कुनै प्रकारको विषादि प्रयोग नभएको लिनुपदर्छ ।
कम्पोष्ट मल बनाउने तरीका
कम्पोष्ट मल घाम र पानीबाट बच्ने किसिमले ओत लागेको स्थानमा बनाउनु उचित हुन्छ । कम्पोष्ट बनाउन सबभन्दा पहिले पराललाई २ टुक्रा पारेर १ दिन पहिले पानीमा भिजाउनु पर्छ । भोलिपल्ट पराललाई चाङ लगाउनुपर्दछ । यसको लागि एउटा काठको ५*५ फिटको फ्रेमको आबश्यक पर्दछ । कम्पोष्ट बनाउँदा परालसँग यूरिया र एमोनियम सल्फेटको सबै मात्रा मिसाउनुपर्छ । यो मल परालको चाङ बनाउँदा तह तह गरेर राम्रोसंग छर्नुपर्छ । कम्पोष्ट बनाउँदा कच्चा पदार्थलाई करिब ८ पटक पल्टाएपछि कम्पोष्ट मल तयार हुनेछ ।
१. पहिलो पल्टाई – ५ दिनमा
२. दोश्रो पल्टाई – १० दिनमा
३. तेश्रो पल्टाई – १३ दिनमा
४. चौथो पल्टाई – १६ दिनमा
५. पाँचौं पल्टाई – १९ दिनमा
६. छैठौं पल्टाई – २२ दिनमा
७. सातौं पल्टाई – २५ दिनमा
८. आठौं पल्टाई – २८ देखि ३० दिन
मल बनाउँदा कच्चा पदार्थहरु मिसाएर पल्टाउने तालिकाः
कम्पोष्ट (क)
सि.नं | कच्चा पदार्थ | परिणाम | मिसाउने समय |
१ | पराल | १००० के.जी. | १ दिन अगाडि भिजाउने |
२ | यूरिया | ५ के.जी. | चाङ्ग लगाउने बेलामा
मिसाउने |
३ | एमोनिया सल्फेट | २० के.जी. | |
४ | ट्रिपल सुपर फोस्फेट वा डि.ए.पी. | ७ के.जी. | |
५ | कृषि चून | ३० के.जी. | दोश्रो पल्टाईमा |
कम्पोष्ट (ख)
सि.नं | कच्चा पदार्थ | परिणाम | मिसाउने समय |
१ | पराल | १००० के.जी. | १ दिन अगाडि भिजाउने |
२ | कम्प्लेक्स् साल्ट | २३ के.जी. | फ्रेममा राख्ने बेलामा मिसाउने |
३ | यूरिया | ४ के.जी. | |
४ | जिप्सम | ४० के.जी | दोश्रो अथवा तेश्रो पल्टाईमा
राख्ने |
कम्पोष्ट (ग)
सि.नं | कच्चा पदार्थ | परिणाम | मिसाउने समय |
१ | पराल | १००० के.जी. | १ दिन अगाडि भिजाउने |
२ | यूरिया | १५ के.जी. | फ्रेममा राख्नेबेलामा मिसाउने |
३ | एमोनिया सल्फेट | १५ के.जी. | |
४ | सुपर फोस्फेट | २५ के.जी | दोश्रो पल्टाईमा राख्ने |
५ | कृषि चून | २५ के.जी | दोश्रो पल्टाईमा |
६ | जिप्सन अफ
पेरिस |
२५ के.जी | तेश्रो पल्टाईमा राख्ने |
कम्पोष्ट (घ)
सि.नं | कच्चा पदार्थ | परिणाम | मिसाउने समय |
१ | पराल | १००० के.जी. | १ दिन अगाडि भिजाउने |
२ | अथवा पराल र
गहुँको छ्वाली |
५०० के.जी.
+५०० के.जी. |
१ दिन अगाडि भिजाउने |
३ | कुखुराको मल | ५०० के.जी. | फ्रेममा चाङ्ग लगाउने बेलामा मिसाउने |
४ | डि.ए.पी. (डाई एमोनिया फोस्फेट) | १५० के.जी. | पराल भिजाएको २४ घण्टा पछिफ्रेममा हाली चाङ्गमा मिलाउने बेलामा |
५ | जिप्सम | २० के.जी. | तेश्रो पल्टाईमा राख्ने |
ब्याडको तयारी
मल तयार भएपछि, च्याउ खेती गरिने कोठामा ब्याड बनाउनु पर्छ ।ब्याडको लम्बाई कोठाको साईज अनुसार चौंडाई ३–४ फिट र उचाई ६–८ इञ्चसम्मको बनाउनु पर्दछ । दुई वटा ब्याड बनाएको भएमा बीचमा १, १*२ फिटको बाटो राख्नु पर्दछ । काठको घाँसको ¥याक अथवा बाकसमा पनि मल भरेर खेती गर्न सकिन्छ ।
ब्याड तयार गर्नु भन्दा १–२ दिन अगाडी २ प्रतिशतको फर्मालिनकोझोलले कोठामा छर्कनु पर्छ तथा कपडा भिजाएर भुईं वा काठको बाकसमा पुछ्नु पर्दछ । उपचार गरेपछि कोठालाई बन्द गरी राख्नु पर्दछ ।
फर्मालिनले उपचार गर्दा हातमा रबरको पंजा आँखामा चस्मा र नाक मुखमा मास्क लगाउने वा रुमालले छोप्ने गर्नु पर्दछ । ब्याडको तयारी गर्दा मललाई राम्रोसँग फुकाई मिलाएर हलुकासँग थिच्दै बनाउनु पर्दछ ।
पाकेको कम्पोष्टको ब्याड बनाउँदा व्याडको उचाई करिव ६ इन्चको बाक्लो गर्नुपर्दछ र यसलाई हातले थिचेर खदिलो बनाउनु पर्छ, खुकुलो बनाउनु हुदँैन । यसरी थिचेर बनाएको व्याडमा १ वर्गमिटर क्षेत्रफलमा करिव ८० के.जी. कम्पोष्ट प्रयोग हुन्छ ।
बीउ छर्ने
व्याड वनाउने र वीउ छर्ने काम संगसंगै गरे पनि हुन्छ । बीउ वोटलवाट निकाल्दा आप्mनो हात र बीउ झिक्ने सुईरोलाई स्पिरिटले सफा गरी अर्काे सफा भाँडोमा खन्याउनु पर्दछ । भाँडो अथवा थाललाई समेत स्पिरिटले सफा गर्नुपर्दछ । बीउ छर्दा सबभन्दा माथिल्लो सतहबाट २ इन्च तल एक तह बीउ राखी त्यस माथि कम्पोष्ट मलले छोपी दिनु पर्छ । सवभन्दा माथि केही मात्रामा बीउ छर्न पनि सकिन्छ । यसरी दुई तह वीउ छर्दा एक हजार के.जी. परालवाट तयार भएको कम्पोष्ट मलमा २० वोतल वीउ लाग्छ । बीउ छरिसकेपछि व्याडलाई कालो प्लाष्टिक अथवा डेरोसाल आधा ग्राम र नूभान १ एम.एल. प्रति लिटर पानीमा मिलाएको झोलले उपचार गरिएको अखवार कागजले करीव ६ हप्तासम्म छोपिराख्नु पर्दछ । कोठालाई अन्ध्याँरो बनाएर यसको तापक्रम २५ डि.से. पु¥याउन सकेमा च्याउको विकास राम्रो भई बढी उत्पादन दिने हुन्छ । करीव २० दिनपछि व्याडभरि नै सेतो ढूसी फैलिएको हुन्छ । त्यसपछि व्याडमा माटोले (केसिङ्ग) छोप्ने काम गर्नुपर्दछ । कागज नसुक्ने गरी दिनको एक वा दुई पटक कागजमा मात्र पानी स्प्रे गर्नुपर्दछ ।
बीउ रोपेपछि कोठाको तापक्रम २२–२५ डिग्री सेल्सियस् हुनु पर्दछ । ८–१० दिनपछि ब्याडमा सेतो ढुसी पैंmलिंदैगएको देखिन्छ र १५–२० दिनमा मलको सबै भागमा ढुसी पैmलिदै जान्छ ।
छोप्ने माटो तयार गर्ने तथा माटो भर्ने /केसिङ्ग गर्ने तरिका
बीउ छरको एघारौं दिनमा छोप्ने माटो तयार पार्नुपर्छ । यसको लागि खेत अथवा बगैंचाको करीव ६–१२ इन्च गहिरोबाट माटो खनेर झिक्नु पर्दछ । छोप्नको लागि दोमट अथवा चिम्टाइलो माटो उपयुक्त हुन्छ । एकसय के.जी. माटोमा २ के.जी. कृषि चून मिसाउनु पर्दछ । माटोका डल्लालाई फोडेर मसिनो बनाएर त्यसलाई फर्मालिन पानीले उपचार गर्नु पर्छ । फर्मलिन पानीको झोल तयार गर्न फर्मालिन २ भाग र पानी ३३ भाग मिसाउनु पर्छ । तयारी झोलले ४÷४ इन्चको माटोको तह तहमा स्प्रे गरेर प्लाष्टिकले गुम्सिने गरी करीव ७२ घण्टा छोपेर राख्नु पर्छ । यसपछि तलमाथि गरेर एकपल्ट पल्टाउने र फर्मालिनको गन्ध हटेपछि व्याडलाई यो माटोले छोप्नु पर्दछ । यसरी व्याड छोप्ने माटो केही चिस्यान चएको हुनु पर्छ । एक मुठी माटोलाई हत्केलामा थिचेर हेर्दा माटो डल्लो प¥यो र तल खसाल्दा डल्लो फुट्यो भने माटोमा रहेको चिस्यानको मात्रा ठीक रहेछ भने थाहा हुन्छ । माटोको पि.एच. ७–८ सम्म भएको राम्रो हुन्छ । व्याडमा हल्का थिचेर १.५ इन्च जति बाक्लो हुने गरी छोपी दिनुपर्दछ । यसरी माटोले छोपिदिने क्रियालाई केसिङ्ग भनिन्छ । केसिङ्ग गरेको ठीक १० दिनसम्म कोठाको तापक्रम २५ डि.से. हुनु जरुरी छ । यसवेला ढूसी भित्रभित्रैवाट जताततै फैलिएर गएको हुन्छ । ठीक एघारौं दिनदेखि कोठाको तापक्रम १४–१८ डि.से.मा झार्नु राम्रो हुन्छ । यसको लागि कोठामा हावा संचालन प्रशस्त गराउनु पर्छ । कोठाको सापेक्षिक आद्र्रता ८० प्रतिशत पुग्नु जरुरी हुन्छ । गोब्रे च्याउ बढी न्यानो तापक्रममा फल्दैन त्यसैले कोठामा राम्रो भेन्टिलेसनको व्यवस्था गर्न जरुरी हुन्छ ।
च्याउ टिप्ने तरिका
ब्याडमा माटोले छोपेको १५–२१ दिनसम्ममा च्याउको मसिनो सेताकोपिलाहरु उम्रन थाल्दछ । त्यसको एक हप्ता सम्ममा टिप्नलाई तयार हुनेछ । च्याउ टिप्नु अगाडि साबुनले हात धुनु पर्दछ । च्याउ टिप्दातीनवटा औंलाले डाँठमा समातेर एकपल्ट दाहिने अर्कोपल्ट देब्रे तर्फ हात बटारेर होसियारपूर्वक ढुसीलाई खलबल नपारी टिप्नु पर्दछ । यदि झुप्पागरी उम्रेको कोपिलाहरुको बीचबाट च्याउ टिप्नु परेमा च्याउको डाँठलाई चक्कुले काटी टिप्ने गर्नु पर्दछ र पछि अरु च्याउ टिप्ने बेलामा बाँकी रहेको डाँठहरुलाई ब्याडबाट निकाल्नु पर्दछ । च्याउ टिपी सकेपछि उपचार गरिएको माटोले प्वाल भर्ने र पानी दिने गर्नु पर्दछ । च्याउ नफत्रंmदै टिप्ने गरेमा बजार भाउ राम्रो पाउँन सकिन्छ । टिपेको च्याउ १–२ दिनसम्म रेफ्रिजेरेटरमा राख्न सकिन्छ । नत्र सोही दिन बजारमा विक्री गर्ने व्यवस्था गर्नु पर्दछ । राम्रोसँग खेती गर्ने उत्पादन कर्ताहरुले, च्याउ टिप्दा,
नाक मुख छोप्ने गरी मास्क लगाउने वा रुमालले छोप्ने सल्लाह दिइन्छ । एकटन परालबाट बनाएको मलबाट सरदर २०० के.जी. वा बढी ताजा च्याउ उत्पादन हुन सक्ने छ ।
एक दिन बिराएर आखिरी दिनसम्म दिन गन्ति गर्दा करीव ३.५ महिनासम्म च्याउको उत्पादन लिन सकिन्छ । तर गरम मौसममा यो अवधी घटेर २ महिनासम्म मात्र रहन सक्छ । तैपनि सालाखाला हिसाब गर्दा १ टन परालको कम्पोष्टबाट २००– ४०० के.जी. सम्म ताजा गोब्रे च्याउ उत्पादन हुन सक्छ ।
च्याउ रोपेको ब्याड माटोले ढाकेको ३ हप्ता पछि च्याउ टिप्न लायक हुन्छ । च्याउ टिप्दा बोटलाई समातेर एकातर्पm बटारी हल्कासँग टिप्नुपर्दछ । च्याउ टिपेपछि जरा हटाई उपचार गरिएको माटोले पुनः पुरी हल्कापानी दिनुपर्दछ । एक टन परालको कम्पोष्टमा २००–३०० किलोग्रामसम्म ताजा गोब्रे च्याउ उत्पादन हुन्छ ।
रोगहरु
१. खैरो प्लाष्टर रोग (ब्राउन प्लाष्टर मोल्ड)
यो रोग पपुला स्पोरा बाइसिन ढूसीबाट लाग्दछ । यो रोग बीउ रोपेको बेलामा परालमा र केसि· गरिसकेको माटोको सतहमा आउँछ । यो रोगको लक्षण व्याडमाथि र केसिगरेको माटोको माथि पहिले सेतो अनि फिक्का खैरो रङ्गको पछि गाढा खैरो पाउडर जस्तो धूलो देखापर्छ । यो रोग लागेको व्याडबाट च्याउ आउन ढिला हुन्छ र उत्पादन कम हुन्छ । रोग देखा पर्नाको कारणमा पराललाई राम्रोसंग सफा नगरेको र कम्पोष्ट राम्ररी नपाकेको हो । यो विशेष गरेर व्याडको माथि र केसिङ्ग गरेको माटोमाथि देखापर्दछ । कोठामा राम्रो हावा सञ्चालन नभएमा यो रोग चाँडै फैलिन्छ । यो रोग नियन्त्रण गर्नको लागि दुई प्रतिशतको फर्मालिनको झोल रोग लागेको ठाउँमा मात्र छरिदिने अथवा ०.५ ग्राम डेरोसाल प्रति लिटर पानीमा मिसाएर स्प्रे गर्नुपर्छ । औषधी एकपल्ट मात्र छर्केर पनि यो रोग नियन्त्रण गर्न सकिन्छ ।
२. हरियो रोग ( ग्रीन मोल्ड)
यो रोग ट्राइकोडर्मा जातका जीवाणुवाट लाग्दछ । यो रोग वीउ रोपेको व्याडमा च्याउ आउने र आइरहेको बेलामा देखापर्दछ । यो रोगको लक्षण व्याडमा हरियो रङ्गको धब्बा देखापर्दछ तर धेरै जसो यो जीवाणु च्याउका टुक्राहरु र कुहेका वस्तुको कम्पोष्टमा चा“डै बढ्दछ र रोग लागेपछि कम्पोष्टमा च्याउको ढूसी हराएर जान्छ र साना साना च्याउको गेडाहरु आउन छोड्छ । यो रोग चाँडै फैलाउनमा राम्रोसंग उपचार नभएको माटो र हावाले मद्दत गर्दछ । सापेक्षिक आद्र्रता बढी भई चिस्यान बढेमा र तापक्रम बढी भएमा यो रोग चाँडै फैलिन्छ । यस रोगको रोकथामको लागि ०.०५ प्रतिशत डेरोसाल एकपल्ट व्याडमा छर्किदिनु पर्दछ ।
किराहरु
१. सुलसुले (माइट्स)
सुलसुले च्याउको व्याडमा लाग्दछ । यी सुलसुलेहरु अनेक जातका हुन्छन् र कलमका टुप्पो जस्तै धेरै साना साना थोप्ला जस्तै देखिन्छन् । यिनीहरुले विशेष गरेर च्याउ आउन लागेको ढूसी खाइदिने र कहिलेकाँही आइसकेको च्याउको मािथल्लो छाताको भाग र डाँठ समेत विगारी दिन्छ । यी कीराहरुलाई नियन्त्रण गर्न ०.०५ प्रतिशत देखि ०.१ प्रतिशतको नुभानको झोल व्याडमा छर्किदिनु पर्दछ ।
२. झिङ्गा
च्याउमा लाग्ने झिङ्गाहरु विशेष गरेर दुई प्रकारका पाइएको छ । स्किराईन भन्ने झिङ्गाहरु साना र कालो हुन्छन् । यी झिङ्गाहरुले अरु रोग ल्याउने काम गर्दछ । यी झिङ्गाहरुले कम्पोष्ट वा केसि· गरेको व्याडमा फुल पार्दछन् । अनि त्यसबाट लार्भा निस्कन्छ । यी लार्भाहरुले व्याडमा भएको मल र ढूसी खान्छन् जसले गर्दा च्याउ आउन सक्दैन साथै आइसकेको च्याउमा पनि डाँठको टुप्पोवाट प्वाल पारेर भित्र पसी सवै भाग आएर च्याउलाई नोक्सान गर्दछन् । फोराइड प्mलाइज च्याउलाई नोक्सान गर्ने अर्काे प्रकारको झिङ्गा हो । यो झिङ्गा कालो हुँदैन, यसको लार्भाले च्याउको बीउबाट ढूसी फैलिएको बेलामा ढूसी खाइदिन्छ र कहिलेकाँही मात्र च्याउलाई नोक्सान पार्दछ । यी झिङ्गाहरुको नियन्त्रणको लागि ०.०५ प्रतिशतको मालाथायन बीउ रोप्नु भन्दा दुई दिन अगाडि र केसि· गर्नु भन्दा दुई दिन अगाडि छर्किदिनु आवश्यक पर्दछ । यसबाट यी झिङ्गा र कीराहरुबाट बच्न सकिन्छ ।
सन्दर्भ सामग्री
1. हरिश्चन्द्र बास्तोला–२०७३, व्यवसायिक च्याउखेती
2.Dedder P.J.C- 1978, Modern Mushroom Growing
- S.T. Change & Philiop G. Miles -1989, Edible Mshrooms and Their cultivation
4. रमेशराज पोखरेल–२०५६, नेपालमा च्याउखेती
5. M.K. Adhikari-200, Mushroom of Nepal
6. गोपाल प्र. पराजुली, हरिश्चन्द्र बास्तोला, महेशलाल वैद्य, गोपाल
7. वैद्य तथा डा. वैद्यनाथ महतो २०७१, गोब्रे च्याउ खेती प्रविधि, लिफ्लेट ।