-समिक्षा गौतम
मानिसको जीवन चक्रमा उसले सबैभन्दा बढी उपभोग गर्ने खानाको न व्याख्या गरेर कहिले सकिन्छ न यसका परिकारहरुको नाम भनेर नै कहिले सकिन्छ । जती नयाँ ठाउँ उतीनै नयाँ परिकार भेटिनुले खानाको विविधाता र यसले बोक्ने हरेक मानिसको संस्कृती,परम्परा र सभ्यतापनि उत्तिकै उजागर गरिरहेको हुन्छ । ढुुङ्गे युग देखी आजको युग सम्म मानवको विकासमा सबै भन्दा प्रमुख कारणनै खाना हो भन्दा फरक पदैन । सभयताको विकास र खानाको खोजमा भएका आविस्कार,पक्ता लागेका प्राणी तथा वालीहरु र सँगसगैँ पैदा भएको विलासीपनको ज्वलन्त उदाहरण आजको विश्व हो । समग्र विश्वनै युद्धमा होमीएको र युद्धमा पड्केका बारुद्धसँगसगौँ भोकको बारुद्धको चपेटाका परेको समयमा सन् १९६० को दशक कृषि र खानाको दुवैकालागी कोसेढुङ्गा हुनपुग्यो । विश्वयुद्धको चपेटा नसकिदै भोकमरीको चपेटाको समग्र विश्वको लागी नर्मन बोरलाग र उनका साथीहरुले आविस्कार गरेको रसायानिक हरीत कान्त्री विश्वकालागी बरदान बन्न पुग्यो र त्यहिबाट विश्वभर सुरुभयो आधुनिक रसायानिक कृषि । सुरुका दिनमा हरीत कान्त्री मानव कल्याणका निम्त्ती निकैनै ठूलो बरदान बन्यो तर दिर्घकालीन रुपमा यसले मानव स्वास्थ र वातवरणमा निकै नै नकारात्मक असर पु¥याउँदै गयो । १९६०को दशकपछी कृषिमा जती धेरै सकारात्मक परिवर्तन आए त्यत्तिकै नकारात्मक असर मानव स्वास्थ र वातवरणमा परेको देखिन्छ । पहिला खानाकालगी कृषिले व्यापकता पयो अहिले स्वास्थ खानाकालागी वातवरणमैत्री कृषिको खोजी गरीदैँ छ ।
पछिल्लो केही दशकदेखी मानीसहरु खानाको भन्दापनि स्वास्थ खाना प्रति बढि चासो राख्न थालेका छन् , अझ खासगरी बजारबाट तयारी खानेकुरा किनेर खाने प्रचलनमा अहिले राम्रो नराम्रो के हो भन्ने विषयमा धेरैले चासो दिन थालेका छन्। स्वास्थ खानाकै यो खोजीको क्रममा अहिले हरेक मान्छेको जिब्रा्मा जुण्डिएको शब्द हो अर्गानीक ।
कुनै समय अर्गानिक वस्तुको महत्व उपभोक्ताले महत्व नबुझेको अवस्थाले गर्दा सस्तो मूल्यमा बाहिरबाट बजारमा आएका विषादीयुक्त तरकारी नै बढी बिक्थ्यो। अर्गानिक उत्पादनले लगानी उठाउन समेत समस्या पथ्र्यो तर अहिले त्यो स्थिति कम हुँदै गएको छ। अर्गानिक खाद्य वस्तु तथा तरकारी खोजीखोजी खाने उपभोक्ता बढ्दै छन्।अर्गानिक खाद्य स्टोर, अर्गानिक तरकारी तथा फलफूल पसल, होमस्टे, रिसोर्ट र रेस्टुरेन्टहरु व्यापक खुलेका छन्। खाद्य तथा तरकारी, फलफूलमा अत्यधिक विषादी प्रयोगका कारण क्यान्सर तथा अन्य रोगको शिकार हुनुपर्दा उत्पादकहरुमा पनि चेतनामा वृद्धि हुँदै गएको छ। रसायिनिक खेती गर्दा खानेलाई मात्र नभई किसानलाई समेत स्वास्थ्यमा अधिक असर परेको महसुस भएपछि अर्गानिक खेतीमा आकर्षण बढ्दै गएको हो।
कस्तो अवस्थामा विषादीको प्रयोग कसरी गर्ने, प्रयोग गरिसकेपछि कति दिनपछि मात्र उपयोगमा ल्याउने, कृषक आफैँले खेतबारीमा गरेर सिक्ने, बाली–बिरुवाको नियमित अवलोकन, बाली–बिरुवामा लाग्ने सत्रु जीव र मित्रु जीवको पहिचान, अर्गानिक कृषि उत्पादन, विषादीको न्यूनीकरणजस्ता ज्ञान किसानलाई अझै नभएकाले अर्गानिक कृषि भने र खोजे जस्तो सजिलो भने अवस्यनै छैन । उपभोक्ता र किसानले नै नबुझेसम्म कृषि विकासमा जस्तोसुकै अभियान सञ्चालन गरे पनि विषादीको प्रयोग निर्मूल पार्न गाह्रो हुने स्प्रस्ट देखिन्छ । तसर्थ अहिले जे जती रसायानीक विषादिको प्रयोग गरी उत्पादन भएका वस्तुहरु बजारमा प्रवेश कम गराउँन र स्वास्थ आर्गानीक उत्पादनकोलागी उत्पादक वा किसानलाई प्रेरीत गर्न सबै भन्दा ठूलो भुमीका उपभोक्त आफँैको हुने देखिन्छ ।
बजारमा भित्रीनै हरेक सामग्री उपभोक्ताकै माग र रुचीलाई प्राथमिकतामा राखी भित्रने भएकाले यदि उपभोक्ता आफैँ जागरुक र सचेत भइ आर्गानिक सामग्री खरिद गर्ने र सेवन गर्न थाल्ने हो भने अवश्यनै बजारमा अर्गानिक वस्तुहरु भित्रिने छन् र किसानहरु पनि यसको खेतीकालागी उत्प्रेरीत हुनेछन् । किसानले राम्रो नाफा कमाउँन सक्ने ,वातवरणको सन्तुलन कायमनै रहने मानव तथा हरेक प्राणी र समग्र पृथ्वीकै स्वास्थमा आमूल परिवर्तन ल्याउन उपभोक्ताले ठूलो भूमीका खेल्न सक्दछन् ।