-किशोर रायमाझी
सामान्य रूपमा भन्नु पर्दा प्रकृतिको सहि रूपमा संरक्षण तथा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने रासायनिक मल, बिउ, बिषादि लगायतका सामाग्री तथा प्रविधिहरुको प्रयोग नगरी प्राकृतिक रूपमा उपलब्ध हुने वस्तुको प्रयोग गरि माटोको उर्वर शक्तिको संरक्षण गरि स्वस्थ, सभ्य र स्वच्छ तरिकाले गरिने खेती नै अर्गानिक वा जैविक खेती हो ।देशमा उत्पादन भएका र आयातित तरकारी तथा फलफूलमा देखिएको विषादि अवशेषको मात्रा सामाजिक र राजनीतिक दुवै वृत्तमा ठूलो चासोको विषय बनिरहेको समयमा यसको विकल्पका रूपमा अर्गानिक कृषि प्रणालीलाई सबैले भरपर्दो र दिगो समधानको रुपमा लिएको देखिन्छ ।अर्गानिक कृषिलाई विस्तृत रुपमा बुझाउने चारवटा मुख्य सिद्धान्तहरु – स्वास्थ उत्पादन, वातावरणमैत्री खेती पद्दती , निष्पक्षता र रैथाने वाली प्रचार तथा प्रबन्धन हुन । स्वास्थ उत्पादन,स्वास्थ भोजन र स्थानिय खाद्य प्रणालीलाई प्राथमिकतामा राख्ने यी४ वटा सिद्धान्तहरुले गर्दा नै अर्गानिक कृषि अहिले विश्वाका कुन कुनामा प्रख्यात भएको छ।
विश्व नै खाद्य असुरक्षा र वातवरण तथा हालवायु परीवर्तनको चपेटा पर्दौ गइराख्दा सुरक्षीत दिगो खाद्य उत्पादनको भरपर्दो समधानको रुपमा जैविक खेतीलाई सधैँअग्रपङक्तिमा राखीदै आएको छ ।नेपालमा रसायानको प्रयोग तथा उपलब्धता तुलनात्मक रुपमा अझै निकै नै कम रहेको र नेपालका अधिकाशं ग्रामिण परिवेशमा अझँै पनि परम्परागत जैविक खेतीनै प्रचलित भइरहेकाले नेपालमा व्यवसायिक जैविक/अर्गानिक खेतीको संभावना प्रचुर रहेको देखिन्छ ।
नेपालमा अर्गानिक कृषिका सम्भावनाहरू:
१.भौगोलिक दृष्टिकोणिय फाइदाहरु :
नेपाल तराई, पहाड र हिमालले भौगोलिक विविधता भएको देश हुनुनै नेपाली कृषिकोलागी ठुलो अवसर हो । भौगोलिक विविधतासगैँ जलवायु र हावापानी पनि फरकहुनुले बाह्रै महिना तरकारी वाली तथा खाद्य उत्पादनकोलागी अनुकुल बनाइराख्छ । नेपाल जैविक विविधतामा विश्वमा धनी देशको २५ औँ स्थानमा रहेको र यहाँ विभिन्न प्रजातिका बाली र जडीबुटी प्रशस्त रूपमा पाइने भएकाले विभिन्न खालका अर्गानिक बालीनाली विभिन्न ऋतुहरुमा उत्पादन गरि निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने संभावना प्रचुरनै देखिन्छ। । यहाँको कृषि प्रणालीमा अर्गानिक र रासायनिक दुवै पद्धति अपनाएको भएतापनि रसायानको उत्पादन नेपालमा नहुने र भारत तथा तेस्रो देशबाट आयत गर्नु पर्ने र आयात पनि त्यति सहज नभएकाले नेपाललाई अर्गानिक राष्ट्रको रुपमा विकास गर्न सक्ने संभावना सधैँ रहिरहेको छ । साथै हिमाली जिल्लामा रासायनिक मल र विषादिको प्रयोग प्रायः शून्य छ भने पहाडी क्षेत्रमा पनि यसको प्रयोग अत्यन्त कम छ । अधिकांश हिमाली र पहाडी क्षेत्रमा किसानले अपनाएको परम्परागत कृषि पद्धति अर्गानिक किसिमको छ । समग्रमा अहिले नेपालका किसानले अवलम्बन गर्दै आइरहेको रासायनिक कृषि प्रणालीलाई सजिलैसँग अर्गानिक कृषिमा रूपान्तरण गर्न सकिने देखिन्छ ।
२.विदेशी बजार :
नेपाल सन् २००४ साल, २३ अप्रिलका दिन विश्व व्यापार संगठन (WTO) को सदस्यत हासिल गरे देखि नै नेपालको अर्गानिक निर्यतित गर्ने अवसर बढेको पाहिन्छ। यसका साथसाथै विश्वको ३७ प्रतिशत जनसङ्ख्या ओगटेको हाम्रा दुई ठूला छिमेकी राष्ट्र भारत र चीन नेपाली अर्गानिक उत्पादनको ठूलो बजार हुन सक्छन् ।अर्गानिक कृषि उपजको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा माग बढ्दै गइराखेको बेला नेपालले पनि ठूलो फड्को मार्ने सम्भावना रहेको देखिन्छ। आजकाल कतार तथा अन्य खाडी मुलुकमा नेपाली अर्गानिक तरकारीको माग र नियात दिनानुँदिन बढ्दै जानुले पनि नेपाली तरकारी तथा खाद्य वस्तुको बजार विदेशी भुभाग पनि हुन सक्छ भन्ने प्रस्ट भएको छ र अब खेती गर्न चाहाने वा गरीरहेका जो कोहीलाई पनि यो सुनौलो अवसर हुन सक्छ ।
३. अर्गानिक कृषिको राम्रो अनुभव:
पहाड र हिमाली क्षेत्रमा अर्गानिक कृषि प्रणालीकालागि आवश्यक पर्ने उत्पादन सामग्री किसानले सजिलै स्थानीयस्तरमा बनाउन सक्ने हुँदा र बनाई रहेको हुँदा र प्ररम्भिक ज्ञान पनि निकै राम्रो भएकाले राम्रो अनुभव भएको कारण नेपाललाई अर्गानिक कृषि तर्फ लाग्न सजिलो हुन सक्ने देखिन्छ ।
अन्य सम्भावनाहरू:
सस्तो जनशक्तिको सुलभता र अर्गानिक वस्तुको गुदस्तरिय मूल्य, अर्गानिक वस्तुको प्राथमिकता, भौतिक पूर्वाधारको विकास, अर्गानिक कृषि संघ सम्बन्धित संग संस्थाको विकास, आदि।
अर्गानिक कृषिका फाइदाहरु:
- दीर्घकालसम्म माटोको उत्पादकत्व कायम राख्न ।
- कृषि प्रविधिका कारण हुनसक्ने सबै प्रकारका प्रदूषण रोक्न ।
- पर्याप्त मात्रामा उच्च पोषण र गुणस्तरयुक्त खाद्य पदार्थहरू उत्पादन गर्न ।
- कृषि अभ्यासमा कोइला, पेट्रोलियम र प्राकृतिक ग्यासजस्ता जीवाणु अवशेषयुक्त फोसिल ऊर्जाको प्रयोग कम गर्न ।
- वातावरण र जैविक विविधताको संरक्षण गर्न र आम्दानीका श्रोतहरू निकाल्न पनि अर्गानिक कृषि प्रणाली निकै नै महत्त्वपूर्ण रहेको देखिन्छ।
- दिर्घकालीन रुपमा सुरक्षीत खाद्य सामग्री उत्पादन गर्न ।
- वातवरणमैत्री भूगोल अनुरुप खाद्य उत्पादनलाई प्रहेत्सान गर्न ।
- स्थानिय रैथाने जात र खेती प्रविधिको विस्तार
आनन्तः यसरी अर्गानिक कृषि प्रणालीका महत्त्व र सम्भावनाहरू बुझी अर्गानिक कृषि प्रणालीलाई सरकारी तथा व्यक्तिगत स्थरमा कार्यान्वयन गर्न सके अर्गानिक कृषि प्रणाली नेपालको विकासमा कोसेढुङ्गो साबित हुने पक्का छ।