Home Others आँप उत्पादन प्रविधि: व्यवस्थापन अभ्यासको क्यालेन्डर

आँप उत्पादन प्रविधि: व्यवस्थापन अभ्यासको क्यालेन्डर

आँप उष्ण प्रदेशको सबैभन्दा बढी रुचाइने फल हो। हेर्दा आकर्षक, मिठो स्वाद र बास्नादार भएका कारण यसलाई फलहरुको राजा भनेर पनि चिनिन्छ। आँपलाइ हाल विश्वभरका ८७ वोटा देशहरुमा व्यवसायिक रुपमा उत्पादन गरिन्छ। नेपालमा यसको उत्पादन तराईका लगभग सबै जिल्लाहरुमा गरिन्छ। नेपालमा हाल ४६४७० हेक्टरमा आँप लगाइएको छ भने त्यसबाट करीब २,७०,००० मेट्रिक टन आँप उत्पादन हुन्छ।
आँपलाइ फलको रुपमा मात्र नभइ अचार, जुस, डाले घाँस इत्यादीको रुपमा पनि प्रयोग गर्न सकिन्छ। प्रशस्त मात्रामा भिटामिन ए र भिटामिन सीकासाथै प्रोटिन र अन्य खनिज पद्धार्थले आँप भरिपुर्ण हुन्छ। नेपाली कृषिमा एकदमै महत्वपुर्ण रहेको कृषिवनमा आँपको महत्वपुर्ण भूमिका रहेको छ। वातावरण सन्तुलनका साथै कृषकलाई घाँस, दाउरा, काठ आदि पनि प्रदान गर्दछ।

उद्गम:
आँपको उद्गम स्थल दक्षिण पूर्वी एसियाको इन्डो-बर्मा भएको मानिन्छ।
हाल यसको खेति दक्षिण एसियाली मुलुक, अस्ट्रेलिया आदिका गर्मि भूभागमा गरिन्छ।

नेपालमा खेती गरीने आँपका प्रमुख जातहरु:
तराइ तथा भित्रि मधेस: बम्बे ग्रिन, बम्बे एल्लो, माल्दह, जर्दा, अम्रपाली, दशहरि, कृष्णभोग, कल्कत्तिया आदि।
पहाड: माल्दह, काली, लंगडा आदि।

नेपालमा आँप खेति हुने स्थानहरु :
तराई, भित्रि तराई,अनि पहाडका केहि भूभागमा यसको बढी उत्पादन गरिने भएतापनि उष्ण र उतोष्ण हावापानी भएका जुनसुकै क्षेत्रहरुमा यसको खेती गर्न सकिन्छ । नेपालमा मुख्यतः मोरंग, झापा ,सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, पर्सा, चितवन, बारा, रौतहट, नवलपुर, परासी आदि जिल्लाहरुमा यसको व्यवसायीक खेती भएको पाइन्छ ।

खेति प्रविधि:

बगैंचाका लागि ठाउँ छनौट:

१) हावापानी:
आँप समुन्द्री सतहदेखि ६०० मिटर उचाइसम्म खेति गर्न सकिन्छ।
जाडोमा १० डिग्री र गर्मिमा ४२ डिग्री से तापमान आँप उत्पादनकोलागी उपयुक्त हुन्छ।
बार्षिक २५ देखि २५० सेमी वर्षा उपयुक्त मानिन्छ।
फुल्ने समयमा अति सुक्खा, वर्षा ,तुसारो, आदिले उत्पादनमा हानी पुर्याउछ|


२) माटो:
आँप खेतीका लागि २ मि सम्म चट्टान नरहेको दोमट माटो उपयुक्त हुन्छ।
माटोको अम्लीय नियन्त्रित हुनुपर्छ। ५.५ भन्दा तल पी एच छ भने चुनाको प्रयोग गर्नुपर्छ।
पानीको मात्रा १८० सेमी रहे उत्पादन राम्रो हुन्छ ।

३) सिंचाई :
खासगरी फल विकासहुने समयमा आँप व्यवस्थित सिंचाई दिनुपर्दछ भने धेरै समय सम्म खुख्खा राखी एकैचोटि सिंचाईगर्दा फल फुट्ने र झर्ने समस्या आउने भएकाले आवश्यकता अनुसार सिंचाईको प्रबन्ध मिलाउनुपर्दछ ।

आँप बगैंचाको योजना:

  • बगैंचालाई वोरिपरीबाट काठ अथवा काँडेतारले घेर्नुपर्छ।
  • हुरीवतासबाट जोगाउन हावा चल्ने दिशा तिर वायु(निरोधक लगाउनुपर्छ।
  • जग्गाको ढलान, पानिको स्रोत आदि हेरी सिंचाई तथा निकासको निर्माण गर्नुपर्छ।
  • एकै समयमा पाक्ने जातका फलहरुलाइ एकै खण्डमा लगाउनु पर्छ।
  • परागशेचन गर्ने किसिमको जात पनि लागाउनु पर्दछ।
बगैंचा रेखाङ्कन:
जग्गाको किसिम, आँपको जात, आदि हेरी बगैंचालाइ बर्गाकार, आयातकार, पन्चब्रिक्षी , गह्रा तरिका आदि तरिकाले रेखाङ्कनगरी आँपका बोटहरु लगाउन सकिन्छ।
• तराईमा गह्रा तरिका बाहेक अरु सबै तरिकाको प्रयोग भएको पाइन्छ। गह्रा तरिकाले पहाडी क्षेत्रतिर लगाइन्छ।

 बोट-बोट को दुरी: १०-१२*१०-१२ (अग्ला जातहरु)
         :८*८ (होचा जातहरु)

रोपण:
खेतलाइ राम्रो संग जोतेर सम्याउने गरिन्छ।
रोप्नु भन्दा दुइ महिना अघि १*१*१ आयामको खाडल बनाइन्छ।
कम्पोस्ट र मलले उक्त खाडल भरिन्छ।
गोबरमल: ३०-४० केजी
पिना: २ केजी
खरानी: ५ केजी

मलखाद:
आँपलाइ हावापानीको स्थिति, माटोको प्रकार आदिका आधारमा आवश्यक मल दिनुपर्छ।
• वार्षिक प्रति वयष्क बोटमा ५० केजी प्रांगारिक मल, ९३१.३ ग्राम डी..पी., १४३३.८४ ग्राम युरिया, ११३३.३३ म्युरेट     अफ  पोटास मल हालिन्छ।
मल हाल्दा फेदको ६० सेमी वरिपरि १५ सेमी गहिराइमा हाल्नुपर्छ।
हरेक वर्ष यो दुरी २० सेमीले बढाउँनुपर्दछ ।

काँटछाँट :
नेपालमा लगाइने धेरै जसो आँपका जातहरुमा काटछाँटको आवश्यकता पर्दैन।
तेइपनि सुकेका, रोगि, धेरै लामा हाँगाहरुको काटछाँट गर्नुपर्छ।
स्टकबाट आएका हाँगाहरुलाई बढ्नु दिनुहुदैँन ।

गोडमेल र अन्तरवाली :
किरा तथा अन्य रोगको घर नबनोस भनि बगैंचालाई झारमुक्त बनाउने  ।
• बगैंचाको लाइनको बिचको खालि भागमा खुर्सानी, काउली, केराउ जस्ता छोटो अवधिका बालिहरुलाई लगाउन सकिन्छ ।
कोसेवाली लगाई माटोमा नाइट्रोजनको मात्रा बढ़ाउन सकिन्छ ।

प्रजननका प्रक्रियाहरु:

ग्रफ्टिंग:

• दुईवटा छुट्टै बोटका भागलाई जोडी एउटा नयाँ बोटको निर्माण गर्ने प्रक्रियालाई ग्रफ्टिंग भनिन्छ।
दुइमध्ये एकको (stock) जरा प्रणाली राम्रो हुन्छ भने अर्कोको (scion) हाँगा र फलको विशेषता राम्रो हुन्छ।
ग्रफ्टिंगका तरिकाहरु:
Grafting 101: An Introduction to Grafting - UC Botanical Garden१) इनार्चिंग वा अप्प्रोच ग्रफ्टिंग:

रुटस्टकलाइ नकाटिएको सयोंनको हाँगासंग जोडिने गरिन्छ।
नेपालमा यो प्रचलित तरिका हो।

 

२)साइड ग्रफ्टिंग:


साइड ग्रफ्टिंगमा सायनलाई रुटस्टकको कुनै एउटा साइडमा ल्याएर कलमी गरिन्छ । साइड ग्रफ्टिंगलाई उत्कृष्ट विधि मानिन्छ। साइड ग्रफ्टिंगमा प्रमुख डाठँमा  जमिनबाट २०-३०सेमी माथि साइडबाट करिब ४ सेमी लामो छड्के आकारमा काटिन्छ। यसै गरि सायनको तल्लो भागमा लामो छड्के काटी प्लास्टिकले बाधिन्छ।

३) भिनियर ग्रफ्टिंग

  • यो तरिकामा ८-१० महिनाको बिजु बिरुवालाई स्टकको रुपमा प्रयोग गरिन्छ।
  • माटोको गोल सहित रुटस्टकलाई नर्सरी ब्याडबाट उखेलेर प्लास्टिक थैलोमा सारिन्छ।
  • सारिएको बेर्नालाइ रुखको ओतमा राखी हार्ड़ेनिंग गरिन्छ।

४) स्टोन ग्राफ्टिंग:

  • यस तरिकामा ७ देखि १० दिन सम्मका बिजु बिरुवालाई रुटस्टकको रुपमा प्रयोग गरिन्छ।
  • उक्त कोया सहित रहेको बिजु बोटको उपल्लो भागबाट ८-१० सेमी पुरै भाग काटिन्छ।
  • अब उस्तै मोटाइ भएको टुप्पो सहितको हाँगालाइ जोडिन्छ र प्लास्टिकले बेरिन्छ।

आँप टिप्ने समय र तरिका:


आँपको टिप्ने समय आँपको जात अनुसार फरक फरक हुन्छ।
आँपको घनत्व १.०१ देखि १.०२ ग्राम प्रति सेमी हुनुपर्छ।
घोलनसिल ठोस (टि.एस.एस ) १२ देखि १५ ब्रिक्स हुनु पर्दछ।
धेरैजसो आँपका जातहरुको रंग बदलिएपछि टिप्न तयार हुन्छ।

आँपको भण्डारण, प्याकेजिंग र वितरण:


आँपको भण्डारण १० देखि १२ डीग्री सेल्सिअस र ९० % आद्रतामा ४-५ हप्ता सम्म राख्न सकिन्छ।
लामो समयका लागि भण्डारण गर्दा कोल्ड स्टोर, हाइपोब्यारिक भण्डारण, सी .ए भण्डारण आदिमा गर्न सकिन्छ।
आँपको फललाई विभिन्न साईजका काठको क्रेट, बाकस ,कागज, पराल अथवा टुक्रा पारिएको पत्रिकाको पेटी बनाइ प्याक गर्न सकिन्छ ।
फल प्याक गर्दा एकै क्रेटमा अथवा एकै थैलोमा नकोचिने तरिकाले राख्नुपर्दछ। क्रेटमा प्याक गर्दा तहतह मिलाई गरे फललाइ हानि पुग्दैन।
• प्रत्येक बक्समा आँपको तौल , जात, ग्रेड, पोशाण तत्वको विवरण राम्रोसंग उल्लेख गर्नुपर्छ।
फललाइ सुरक्षित तरिकाले ट्रक तथा अन्य साधनमा ढुवानी गर्नुपर्छ।

आँपको व्यवस्थापन अभ्यासको क्यालेन्डर

बैशाख:

  • यस समयमा फुलबाट फलहरु बनिसकेको हुन्छ। यो समयमा Fruit Drop अथवा फल झर्ने समस्या आइपर्न सन्ने भएकाले  फल मटर/केराउको दाना जत्रो भएपछी Napthalene Acetic Acid (NAA) (२० ppm अथवा १०० लिटर पानीमा २ ग्राम) हाल्न सकिन्छ।
  • १० देखि १५ दिनको अन्तरालमा दुइ देखि तिन पटक सुक्ष्म खाद्य तत्व (micronutruients) हाल्न सकिन्छ।
  • Mango Malformation अथवा पात र फल झुप्पा पर्ने प्रबृत्तिले ग्रस्त भएको भागलाइ काटेर जमिनमा गाढ्नुपर्दछ।
  • धमिराहरुको समस्याकालागी कोर्लोपाइरीपस् @ ०.२ % (१०० लिटर पानीमा १०० मि.लि) छर्न सकिन्छ।

 

     

    चित्र: पाक्नु अघि नै झरेका फलहरु                                    चित्र: फुल झुप्पा पर्ने प्रवृत्ति

  • फल विकासकालागी यो समय एकदमै महत्वपुर्ण हुने गर्दछ। यो समयमा माटोमा पानीको मात्रा प्रशस्त हुन जरुरी भएकाले हरेक १०-१५ दिनको अन्तराल पछि सिंचाई गर्नुपर्दछ।
  •  फड्के किराको प्रकोप देखिएमा कोर्लोपाइरीपस् (१०० लि पानीमा १०० मि.लि।) अथवा डाइमिथोएट (१०० लि.पानीमा ५० मि.लि.) छर्न सकिन्छ।
  • फल कुहाउँने औसाको प्रकोप यस समय चरम हुने भएका यसको नियन्त्रण फुल लाग्ने बेलैमा गर्नुपर्दछ। यसका लागि मोहिनी पासो,मिथाइल इयुगिनल ०.१ % +मालाथोइन ०.१ %  प्रयोग गर्नुपर्दछ।
  • आँपमा  फलको टुप्पो कुहिने (Black Tip)  समस्या इट्टाभट्ट भएको स्थान तिर हुने गर्दछ। यसका लागि बोर्डेक्स १ % अथवा १  केजी/१00 लिटर पानीमा बैसाखको बिच तिर प्रयोग गर्न सकिन्छ।
  • कोत्रे रोगकालागी (Bacterial canker) स्ट्रेपटोमाइसिन २०० पि.पि.एम अथवा २० ग्राम /१०० लिटर पानीमा प्रयोग गर्न सकिन्छ।

चित्र: धमिराले ग्रस्त भएको आँपको बोट

जेष्ठ

  • फल कुहाउँने औसाको प्रकोपको व्यवास्थापनलाई निरन्तरता  दिनुपर्दछ । (मोहिनी पासो,मिथाइल इयुगिनल ०.१ % +मालाथोइन ०.१ % )
  • हरेक ७-१० दिनमा सिंचाई गर्नुपर्दछ।
  • टुप्पो कुहिने र फल कुहिने (Black tip internal necrosis)  रोगकोलागी १% बोरेक्स पनि निरन्तर रुपमा हाल्नुपर्दछ।

असार

  • असारको बिचमा केहि आँपका प्रजातिहरूको फल टिप्ने समय हुने गर्दछ। फल टिप्दा फल संगसंगै १० मि.मि(
    नङ्गको लम्बाइ ) भेट्नो सहित टिप्नु पर्दछ।
  • दिउँसोको चर्को घाममा फल टिप्नु उचित हुदैन। बिहान अथवा बेलुकी समयमा फल टिप्नु पर्दछ।
  • भिन्न जातका आँपहरु टिप्दा एकै ठाउमा राख्नु हुदैन। आँपको फल छाट्ने, साना, कुहिएका र फुटेका फल हटाउनु पर्दछ । 
  • टिपेपछि आँपलाइ ओभानो ओत परेको ठाउँमा राख्नुपर्दछ, फलको तापक्रम घटाई फलको आयु बढाउँन सकिन्छ
  • आँपमा रहेको चोप र अन्य फोहोरहरुलाइ सफा गर्नुपर्दछ। सफा गरिसकेपछि आँपलाइ सफा प्लास्टिकको क्रेटमा प्याक गर्नुपर्दछ।
  • समान रुपमा पाकेको आँपको बजारिकरण सजिलो हुने गर्दछ। तसर्थ मनतातो पानी (५२° से)मा इथ्रेलको झोल मिसाइ त्यसमा आँपलाई डुबाउनु पर्दछ।
  • आँपलाई ढुसिबाट बचाउँन एक लिटर पानीमा ०.५ ग्राम कार्बेेडजिन मिसाइ आँपलाई डुबाउन सकिन्छ।

श्रावण

  • अन्य ढिलो पाक्ने जातका फलहरुलाई पनि माथी उल्लेख गरिए जसरीनै टिप्ने र ब्यबस्थापन गर्ने गरिन्छ।
  • आँप टिपिसके पछि आँपको बोटमा ठुलो मात्रामा बोटको आन्तरिक खनिज तथा अन्य पद्धार्थहरुमा ह्रासं आउने गर्दछ त्यसैले हामिले आँप बगानमा मल छर्नुपर्दछ।
  • हरेक बोटमा ५०० ग्राम नाइट्रोजन, २५० ग्राम फोस्फोरस र ५०० ग्राम पोटस हाल्नुपर्दछ।
  • मल छर्नु अघि बगानमा रहेका झारपातहरु हटाइएको हुनुपर्दछ।
  • Shoot gall maker को नियन्त्रणका निम्ति Dimethoate (०.०६%) छर्न सकिन्छ।
  • माकुराका जालोहरु देखा परेका खण्डमा त्यसलाइ हटाउनु पर्दछ।

• कोत्रे रोग(Anthracnose ) र Red Rust नियन्त्रण गर्नका लागि निलो तुथो वा कपरअक्जीक्लोराइर्ड (०.३%) प्रयोग गर्न सकिन्छ।

भाद्र

  • आँपको अवस्था हेरि श्रावण महिनामा गरिएका कार्यहरुलाई निरन्तरता दिनुपर्दछ।

अन्य रोग तथा किराहरुको प्रकोप रोक्नका निम्ति नियमित अनुगमन गर्नुपर्दछ।

असोज 

  • नियमित वगान अनुगमन तथा देखा परेका समस्याको निवारण गर्नुपर्दछ।
  • पुन: ५०० ग्राम नाइट्रोजन, २५० ग्राम फोस्फोरस, ५०० ग्राम पोटासियम र ५० केजी भकारे /गोठे मल हाल्नुपर्दछ।
  • आश्विन र कार्तिक महिनामा mango malformation (पात र फल झुप्पा पर्ने रोग) को रोकथामका निम्ति २०० ppm NAA हाल्नुपर्दछ।
  • फलको हाङ्गो तथा डाठ सुक्ने (Die Back) रोग यो समयमा देखा पर्ने भएकाले सुकेका भाचिएका हाङ्गाहरुलाई हटाउनु पर्दछ। नियमित रुपमा कपर अक्जीक्लोराइर्ड हालेमा उक्त समस्याको रोकथाम गर्न सकिन्छ|
  • रुखको डाँठबाट चोप निस्कने समस्या ( Gummosis) देखा परेमा कपर सल्फेटका  प्रति बोट २००-४०० ग्राम हाल्न सकिन्छ।

कार्तिक

  • डाँठ सुक्ने (Die back )समस्याबाट  बच्न नियमित रुपमा कपर अक्जीक्लोराइर्डको प्रयोग गर्न सकिन्छ।
  • रुखको डाँठबाट चोप निस्कने समस्या (Gummosis ) देखा परेमा डाँठलाई सफा गरि बोर्डो (Bordeaux mixture) को लेप लगाउनु पर्दछ ।
  • आँपको बागान झारपात रहित राख्न खनजोत गर्नुपर्दछ।

मरेका भाचिएका हाङ्गाहरुको काटछाँट गर्नुपर्दछ।

 

मङ्सिर

  • नियमित अनुगमनगरि बगानको सरसफाइ गर्नुपर्दछ।
  • Mealy bug बाट बच्न च्यापच्यापे पासोहरु रुखको फेदमा बेर्नुपर्दछ  या ४०० गजको २५-३० सेमि फराकिलो alkathene sheet डाठको वरिपरी बाध्नुपर्दछ। त्यसपछी टासिने पद्धार्थ (grease) दल्नुपर्दछ।

यसको अलवा कार्बो सल्फार्न (.१% अथवा १०० लि पानीमा १०० मिलि) को प्रयोग गरेर पनि मिलि बगको नियन्त्रण गर्न सकिन्छ।

पौष

  • यो समयमा बोटको डाँठ र बोक्रामा लाग्ने किराहरुको प्रकोप बढी हुने गर्दछ।

काण्डमा लाग्ने गवारो(Mango Stem Borer )को नियन्त्रण गर्ने बिधि:

१. प्वालहरु टाल्ने ।

२. प्वालमा पेट्रोल अथवा मत्तितेल हाली प्वाललाइ बन्द गर्ने ।

३. डिक्लोभर्स (०.०५%) जस्ता किटनाशक हाली प्वाल टाल्ने ।

माघ

  • समय भन्दा अघि फुलेका फुलहरुलाई हटाएमा पात र फुल झुप्पा पर्ने समस्यामा कमि आउने गर्दछ।
  • Mealy bug का निम्ति राखिएका पासोलाई सफा गरि पुनः नयाँ राख्नुपर्दछ।
  • नयाँ बिरुवाहरुलाई चिसोबाट बचाउने जरुरी हुन्छ। यसका लागि सिंचाइ गर्न सकिन्छ। पराल वा पोलिथिनले ढाक्न सकिन्छ।
  • माघ र फाल्गुनको समयमा फड्के किराको प्रकोप धेरै हुने गर्दछ। मधुवा लाग्नु यो किरा को प्रकोपको लक्षण हो। डाइमिथोएट १ लि पानीमा ०.५ मि.लि वा थायोक्जाम  ( १ लि पानीमा ०.४ मिलि) जस्ता किटनाशकको प्रयोग गर्न सकिन्छ।
  • पुर्णरुपमा फुल लाग्ने समयमा कुनै किसिमको किट्नाशक हाल्नु उचित हैन। किट्नाशकको कारणले मित्र जीवको जनसंख्यामा र्हास आउने गर्दछ।
  • फुल फुल्ने समयमा सेतो खरानी ढुसी रोग (powdery mildew) को प्रकोप धेरै मात्रामा हुने गर्दछ। यसको नियन्त्रणका निम्ति पहिलो चरणमा प्रती लि. पानीमा २ ग्रामका दरले सल्फर छर्नु पर्दछ। दोस्रो चरणमा प्रती लि. पानीमा १ ग्रामका दरले डिनोकार्प अथवा कारात्थेन छर्न सकिन्छ।

 

फाल्गुन

  • खराने रोगबाट बच्नन निरन्तर डिनोकार्प या कारात्थेनको प्रयोग गर्नुपर्दछ।
  • Mealy bug नियन्त्रणका लागि राखिएका पासोलाई नियमित रुपमा व्यवस्थापन गर्नुपर्दछ।
  • झुप्पा परेका पात र फुलहरु देखिएमा तुरुन्त हटाउनुपर्दछ।
  • बगानको नियमित सरसफाइ गर्नुपर्दछ।

चैत्र

  • बिषादिको प्रयोग फुल फुलेको समयमा सकेसम्म गर्नुहुदैन।
  • फल झर्ने सम्स्याबाट वच्न १० देखि १५ दिनको अन्तरालमा २-३ पटक सुक्ष्म खाद्य तत्व छर्नुपर्छ।
  • झुप्पा परेका फुल र पातहरु हटाइनु पर्दछ।

 

 

लेखक:

सरोज श्रेष्ठ 

कृषि तथा वन विज्ञान विश्वविधालय

रामपुर, चितवन 

Must Read

लसुन खेती प्रविधि

परिचय लसुन एक प्रकारको मसला तथा नगदे बाली हो । यसमा Allicin भन्ने तत्व हुन्छ ।Allinase enzyme  ले Allicin बनाउँदछ जुन मानिस तथा जनावरकालागि परापुर्वककालबाटै...

गोब्रे च्याउ खेति प्रविधि

नेपालमा च्याउको खेती गर्ने अधिकाशं किसानको रोजाइमा  सजिलै खेती गर्न सकिने , बजार पु¥याउँदा उपभोक्ताले सजिलै किन्न सक्ने र खासै धेरै लगानी र हेरचाह...

Prospects of Organic Agriculture in Nepal

-Anupa Gaire IAAS,Lamjung According to IFOAM, “Organic Agriculture is a production system that sustains the health of soils, ecosystems, and people. It relies on ecological processes,...

Resilience against Shrinked Economy: Retention of Agri-experts.

  "As the Covid-19 have dreadfully struck the country’s economy, talks have been on the surge to restore the sinking economy afloat through intervention of...

उपभोक्ता र अर्गानीक कृषि

-समिक्षा गौतम मानिसको जीवन चक्रमा उसले सबैभन्दा बढी उपभोग गर्ने खानाको न व्याख्या गरेर कहिले सकिन्छ न यसका परिकारहरुको नाम भनेर नै कहिले सकिन्छ ।...