Home Others गड्यौला मल उत्पादन प्रविधि

गड्यौला मल उत्पादन प्रविधि

कृषिजन्य तथा घरेलु जैविक फोहोर (कुहिने वस्तु) बाट गड्यौलाको सहायताले प्राङ्गारिक मल बनाउने प्रविधि नै  vermicomposting हो । यसरी गड्यौलाको सहायताले बनाएको मललाई  vermicompost भनिन्छ । अन्य कम्पोष्ट मलभन्दा पोषक तत्व तथा प्राङ्गारिक पदार्थ बढी हुने र मलमा हुने सुक्ष्म जीवहरु (soil microorganisms)  ले माटोको उर्बरा शक्ति/मलिलोपना र अन्य गुणहरु पनि वृद्धि गर्ने भएकाले भर्मिकम्पोष्टलाई एक उत्कृष्ट प्राङ्गारिक मल मानिन्छ ।

पछिल्लो समय खेतीमा अनधिकृत रुपमा प्रयोग भइरहेको रसायनिक मल तथा विषादीका कारण माटोमा पाउने सुक्ष्म जीव को संख्यामा कमी आइ माटोको उर्वरा शक्तिमा ह्रास आइरहेको छ । माटोको पाकृतिक गुण कायम राख्नुका साथसाथै माटोको मलिलोपना  बढाउन भर्मिकम्पोष्टएकदमै उपयोगी हुन्छ । रसायनिक मल तथा विषादीका कारण मानव स्वास्थ्यमा देखिइरहेका अनेकन् समस्याका कारण प्राङ्गारिक उत्पादन तर्फ आर्कषण बढिरहेका बेला प्राङ्गारिक खेती गर्न खोज्ने किसानका लागि भने यो सबैभन्दा उत्तम र सजिलो विकल्प हो । यसका अतिरिक्त घर तथा खेतबारीबाट उत्पादन हुने जैविक फोहोर व्यवस्थापनका लागि पनि अत्यन्तै उपयोगी Vermicomposting प्रविधि हो ।

 

विश्वभरिमा गड्यौलाका विभिन्न प्रजाति भएपनि  भर्मिकम्पोष्ट  बनाउनका लागि केही विशेष प्रजातिहरु (species) मात्र प्रयोग गरिन्छन् । यस्ता प्रजातिलाई  (Epigeic species) भनिन्छ । भर्मिकम्पोष्टमा प्रयोग हुने प्रमुख प्रजातिहरु यस प्रकार छन् ।

  1. Eisena foetida ( Red worm/ Red wriggler )
  2. Eudrilus eiginiae (African Night Crawler )
  3. Perinonyxecavatus(European Night Crawler )

 

नेपालमा खेतबारी तथा माटोमा सजिलै भेटिने गड्यौला Pheretima Posthuma एक  endogeic प्रजातिको गड्यौला हो ।  endogeic प्रजातिका गड्यौलाहरु माटोको तल्लो भागमा बस्न रुचाउने र जैविक पदार्थ  (organic matter) कम र माटो बढी खाने हुनाले यस्तो प्रजातिहरु भर्मिकम्पोष्टमा प्रयोग गरिदैनन् ।

Epigeic प्रजातिका गड्यौलाहरु जस्तै Eisenia foetida ले जैविक रुपमा कुहिने पर्दाथलाई खाएर सजिलै मलमा परिणत गर्न सक्ने भएकाले यस्तो species लाई  vermicomposting को लागि प्रयोग गरिन्छन् ।

 

माथि उल्लेखित तीनै प्रकारका Epigeic species भर्मिकम्पोष्टमा प्रयोग गरिने भए पनि सबैभन्दा बढी Eisenia foetida नै प्रयोग भएको पाइन्छ । नेपालमा पनि व्यावसायिक गड्यौला खेतीमा यही प्रजाति प्रयोग भएको पाइन्छ ।

गड्यौला मल लागि घर, गोठ तथा खेतबारीबाट निस्कने जैविक फोहरहरु जस्तै तरकारी तथा फलफुलका बोक्रा, खेर गएको खाना, कागज, गोबर, गाइवस्तुका लागि प्रयोग हुने स्याउला, सोतर तथा खेतबारीमा बाट निस्कने पराल, नल, पातपतिङ्गर, झार आदि सबै किसिमका जैविक फोहोर प्रयोग गर्न सकिन्छ । तर अमिलो मिसिएको खाद्यपदार्थ र मासु भने गड्यौलाले मन पराउँदैन ।

 

 

गड्यौला पालन गर्ने तरिका

आफ्नो आवश्यकता र प्रयोजन अनुसार गड्यौला पालन विभिन्न तरिकाले गर्न सकिन्छ । सानो स्केल वा घरेलु प्रयोजनका लागि गर्ने भए कम्पोष्ट विन, फेदमा पानी छिर्ने प्वाल भएको प्लाष्टिकको वा काठको बाटा अथवा सिमेन्ट रिङमा पनि गर्न सकिन्छ । व्यावसायिक तवरले गरिने गड्यौला मल उत्पादनमा भने विभिन्न प्रकारका बेड बनाएर गर्ने गरेको पाइन्छ । जुनसुकै तरिकाले गरे पनि मुलभूत कुराहरु भने उस्तै नै हुन्छन् ।

१. १ मिटर चौडाइ र ६० सेमि उचाइ र ५ मिटर लम्बाइ भएको (लम्वाइ आफ्नो आवश्यकता अनुसार बढी पनि राख्न सकिन्छ) पीट तयार गर्ने । भुँइ ढलान गरेर एक ठाउँतिर हल्का भिराले बनाउने र सानो पाइप राख्ने ।

२. सबैभन्दा तल बेडिङ्गको रुपमा पराल, सुकेको घाँस, काठको धुलो आदिको एक तह राख्ने । यसलाई  यसले पानी सोस्ने काम गरेर चिस्यान  (moisture) कायम राख्ने काम गर्छ र गड्यौला कमलो हुने भएकाले जोगाइ राख्ने काम पनि गर्दछ । त्यसपछि १५–२० दिन जति खात लगाएर राखेको सेलाएको गोबरको तह राख्नुपर्छ । काँचो गोबर राख्दा धेरै तातो भएर गड्यौला भाग्न वा मर्न सक्छ । गड्यौलाले गोबर लाई अत्यन्तै मन पराउने भएकाले यसलाई केक  (cake) को रुपमा प्रयोग गरिन्छ । गोबर मात्रै प्रयोग गरेर पनि मल उत्पादन गर्न सकिन्छ । यसका अतिरिक्त अरु कुराहरु राख्ने भए गोबर पछिको तहमा खाने अन्य खानेकुरा राख्नुपर्छ ।

गड्यौलालाई गोबरसँगसँगै अथवा खाने कुरा राखिसकेपछि एक छेउ  बाट छोड्न सकिन्छ । गड्यौलाले खाने कुराको खोजी आफै गर्दछ ।

गड्यौलाको खाने कुराको रुपमा गल्ने, कुहिने सबै कुरा राख्न सकिन्छ तर लसुन,प्याज, माछामासु र अमिलो खानेकुरा (टमाटर, सुन्तला जातका फलफुलकन बोक्रा आदि )भने यसले मन पराउँदैन । गड्यौलाले केराको थाम, केरा र अन्य फलफूलको बोक्रा (अमिलो बाहेक) धेरै नै मन पराएको पाइन्छ ।

३. यति गरिसकेपछि माथिबाट जुटको बोराले छोप्ने र हल्का सिँचाइ गर्ने । गड्यौला चिस्यान रुचाउने जीव हो । तर्सथ गड्यौलाको बेडमा ६०–६५% चिस्यान हुन आवश्यक हुन्छ । यसका लागि नियमित निरीक्षण गरेर आवश्यकता अनुसार पानी दिइ राख्नुपर्छ ( माथि राखिएको जुटको बोरालाई चिसो बनाइ राख्नुपर्छ । ) हातले छामेर वा बन्दै गरेको मल मुठ्ठीमा च्याँपेर चिस्यान भए नभएको थाहा पाउन सकिन्छ । घामपानीबाट जोगाउन गड्यौला राख्ने पीट खरले छाएको छानो मुनि बनाउन उपयुक्त हुन्छ ।

पीटमा जम्मा भएको पानी पाइप मार्फत बाहिर निस्किन्छ । यसलाई ख्भचmष्धबकजरख्भचmष्ष्त्रिगयच भनिन्छ । त्यसलाई भाँडोमा जम्मा गर्ने र पातलो हुँदासम्म चिस्यान कायम गर्न पानीको सट्टा प्रयोग गर्ने र बाक्लो वा गाढा भएपछि ड्रममा जम्मा गर्ने ।। यो अत्यन्तै राम्रो मल हो ।

५. १० डीग्री सेल्सियस भन्दा कम र ३५ डीग्री भन्दा बढी तापक्रममा गड्यौला फस्टाउन सक्दैनन् र क्पासुल बनाएर गुडुँल्किन्छन् । गर्मी समयमा बोरालाई चिसो बनाइ राख्नु पर्दछ ।

६. गड्यौलाले तल फर्केर खान्छ र काष्टिङ्ग माथि सतहमा विर्सजन गर्छ । त्यसैले माथिल्लो सतहमा एक बित्ता जति मल थुप्रिएपछि अथवा ३० दिन जतिमा मल पल्टाइ दिनुपर्छ । यसो गर्दा गर्दा बेडमा हावा खेल्न पाउँछ र कोकुन कोरलिन पनि पाउँछ ।

७. गड्यौला मल ६०–९० दिनमा तयार हुन्छ । तयार भइसकेपछि गड्यौला र मल छुट्याउनु पर्दछ । यसका लागि एक कुनातिर खानेकुरा राखिदिनुपर्छ जसले गदौ गड्यौला खानेकुरातिर जान्छ र मल छुट्याउन सकिन्छ अथवा अर्को विधिमा गड्यौला सहितको मललाई उज्यालोमा लगेर प्लाष्टिकमा राख्ने । गड्यौलाले प्रकाश मन नपराउने भएकाले गड्यौला तल जान्छ र मल छुटिन्छ ।

८.हल्का सुकेपछि फर्र परेको चियापत्तिको दाना र कालो रङ्गको मल बन्दछ । भर्मिकम्पोष्टलाई द्यबिअप न्यमि भनेर पनि चिनिन्छ ।

भर्मिकम्पोष्टमा निम्न अनुसारको खाद्यतत्व पाइन्छ । तर खाद्यतत्वको मात्रा मल बनाउँदा प्रयोग हुने जैविक पदार्थले धेरै हदसम्म निर्धारण गर्दछ । गोबर मात्र प्रयोग गरी बनाएको मल भन्दा गोबर सँगै अन्य चिज पनि मिसाएर बनाएको मलमा धेरै मात्रामा खाद्यतत्व पाइन्छ ।

 

Organic carbon : 9.5 – 17.98%
Nitrogen : 0.5 – 3%
Phosphorous : 0. 25 – 4%
Potassium : 0.15 – 0.56%
Sodium : 0. 5%
Calcium and Magnesium : 22.67 to 47.60 meq/100g
Copper : 2 – 9.50 mg kg-1
Iron : 2 – 9.30 mg kg-1
Zinc : 5.70 – 11.50 mg kg-1
Sulphur : 128 – 548 mg kg-1

 

गड्यौला मल उत्पादन गर्दा खानेकुरा, चिस्यान र तापक्रममा विशेष ध्यान दिनुपर्छ । यसैगरी यसलाई रातो कमिलाबाट पनि जोगाउनु पर्दछ ।

  • सन्देश सुबेदी

 

Must Read

लसुन खेती प्रविधि

परिचय लसुन एक प्रकारको मसला तथा नगदे बाली हो । यसमा Allicin भन्ने तत्व हुन्छ ।Allinase enzyme  ले Allicin बनाउँदछ जुन मानिस तथा जनावरकालागि परापुर्वककालबाटै...

गोब्रे च्याउ खेति प्रविधि

नेपालमा च्याउको खेती गर्ने अधिकाशं किसानको रोजाइमा  सजिलै खेती गर्न सकिने , बजार पु¥याउँदा उपभोक्ताले सजिलै किन्न सक्ने र खासै धेरै लगानी र हेरचाह...

Prospects of Organic Agriculture in Nepal

-Anupa Gaire IAAS,Lamjung According to IFOAM, “Organic Agriculture is a production system that sustains the health of soils, ecosystems, and people. It relies on ecological processes,...

Resilience against Shrinked Economy: Retention of Agri-experts.

  "As the Covid-19 have dreadfully struck the country’s economy, talks have been on the surge to restore the sinking economy afloat through intervention of...

उपभोक्ता र अर्गानीक कृषि

-समिक्षा गौतम मानिसको जीवन चक्रमा उसले सबैभन्दा बढी उपभोग गर्ने खानाको न व्याख्या गरेर कहिले सकिन्छ न यसका परिकारहरुको नाम भनेर नै कहिले सकिन्छ ।...