सयपत्री फूलको प्रयोग नेपालि समाजमा आदिकाल देखि विभिन्न प्रयोजनकोलागी हुदैँ आएको छ । चाडपर्व बिशेष गरेर,तिहारमा सयपत्रीको माला निकै नै महत्वको छ । त्यस्तै विभिन्न समारोहमा अतिथिको स्वागतको लागि,विभिन्न राजनैतिक र सामाजिक सम्मेलनको लागि र घर अफिस आदिको सोभा बढाउनको लागि पनि यसको प्रयोग उत्तिनै हुन्छ | घर देखि मन्दिरको पूजाआजा देखि विवाह ब्रतबन्ध तथा हरेक सामाजिक कार्यमा सयपत्रीको प्रयोग गरिन्छ ।अमेरिकाको रैथाने यस फूलको जात ,जुनसुकै हावापानी तथा माटोमा सजिलै खेति गर्न सकिने,बर्सैभरी उत्पादन लिन सकिने र आकर्षक हुने भएको कारण नेपालमा प्रचलित छ । नेपालमा सयपत्रीको विशेषगरी दुई जातहरुः अफ्रिकन र फ्रेन्च जातको खेती गर्ने चलन छ । अफ्रिकन जातमा पहेंलो, सुनौलो तथा सुन्तला रंगका जातहरु प्रख्यात छन् भने फ्रेन्च प्रजातिको सयपत्री होचो र घना झाडीदार हुन्छ । यो एक वा बहुरंग पनि पाइन्छ र लामो समयसम्म फुल फूल्ने गर्छ । यी दुई प्रजाती बाहेक बाह्रै महिना फूल्ने वर्णशंकर प्रजाति (Hybridized varieties) का सयपत्रीको खेती गर्ने चलन पनि नेपालमा बढ्दो छ ।
हावापानी
सयपत्री नेपालको तराई भू–भागदेखि पहाडी र हिमाली भू–भागसम्म फुलाउन सकिन्छ । ८ डिग्री देखि ४० डिग्रीसम्मको तापक्रममा फुलाउन सकिने यो फुललाई सामान्य अवस्थामा खुल्ला जमिनमा र चिसो हावापानी भएको ठाँउमा टनेल घरमा खेती गर्न सकिन्छ ।
माटो
सयपत्रीको जुनसुकै माटोमा पनि लगाउँन सकिन्छ तर व्यवसायिक खेतीकालागी भने दोमट माटो बढी उपयुक्त हुन्छ । दोमट माटोमा जराको फैलावट राम्रो हुने र पानीको निकास राम्रो हुने भएकाले जरा राम्रोसँग फैलन पाउँनुकासाथै जरा कुहिँने र बोट पहेँलो हुने समस्या कम देखाँ पर्छ । फूल रोप्नुभन्दा अगाडी जग्गाको चारै तर्फ ३० से.मी चौडाइ गरी कुलेसो बनाई निकासको प्रबन्ध मिलाउनुपर्छ जसले गर्दा पानी जम्न पाउँदैन र विरुवा स्वस्थ रहन्छ । खासगरी पि एच ७ देखि ७.५ सम्म भएको प्रांङ्गारिक पदार्थ प्रशस्त भएको दोमट माटो यसको खेतीकोलागी बढी उपउयुक्त हुन्छ ।
बीउ
सयपत्री फूललाई सजीलै संग वीउबाट प्रसारण गर्न सकिन्छ । सयपत्रीको विउ १८ देखी ३० डिग्री सेल्सीयसको तापक्रम भएको अवस्थामा राम्रो हुन्छ । यदि बर्खाको समयमा नर्सरी व्याड बनाउने हो भने नर्सरीलाई १५ से.मी. उचाई गरेर बनाउनु पर्दछ जस्ले गर्दा धेरै भएको पानी तर्कीएर जान सकोस । वीउ रोप्दा धेरै बाक्लो गरेर लगाउनु हुदैँन जस्ले विरुवामा बेर्ना कुहिने रोग लाग्न सक्दछ ।वीउ रोपेको २५ देखि ३० दिनमा बेर्ना सार्नको लागि उपयुक्त हुने भएकाले मुख्य जमिनको तयारी त्यहि अनुसार गर्नु पर्दछ ।
जमिन तथा ब्याड तयारी
सयपत्री रोप्नुभन्दा अगाडी जमिनलाई २–३ पटक खनजोत गरी झारपात,ढुङ्गा आदि मिल्काउने र जमिन सम्याई पाकेको गोबर या अन्य प्राङ्गारिक मल छर्नु पर्दछ । प्रति रोपनी प्राङ्गारिक मल ५ देखि १० टनचाहिनेँहुदाँ जमिनको क्षेत्रफल र बोटको संख्या हेरी मल व्यवस्था गर्नु पर्दछ भने रसायानिक मल प्रयोग गर्दा भने ५–१०–५ अनुपातमा नाइट्रोजन,फस्फोरस र पोटास प्रयोग गर्न सकिन्छ । सयपत्रीमा मल हाल्दा ध्यान दिनुपर्ने कुरा के हो भने यसलाई नाइट्रोजन कम, फस्फोरस बढी जरुरत पर्छ । बढी नाइट्रोजन भयो भने पातहरु चाहिँ मज्जाले हराभर भएर त आउँछ तर फूल कम लाग्छ । त्यसैले सयपत्रीमा फूल बढी फुलाउनको लागि नाइट्रोजनको मात्रा कम, फस्फोरस बढी भएको मल हाल्दा राम्रो हुन्छ ।
खनजोत र मल हाल्ने कार्य सकिएपछि करीब करिब ३० से.मि उचाई,१ मिटर चौडाइ र जमिनको आकार वा उपलब्धता हेरी आवश्यकता अनुुसारको लम्बाइ भएको ढ्याङ्ग बनाउँनु पदर्छ । नेपालमा सयपत्रीको उत्पादन वर्षैभरी गर्न सकिने भएतापनि यो फूलको माग विशेष गरी तिहारमा बढी हुने भएकोले सोलाई लक्षित गरी कम्तिमा ६५ देखि ७० दिन अगाडी बिरुवा रोप्नु पर्दछ ।
मौसम |
बीउ रोप्ने समय |
बर्षा |
असार -श्रावण |
हिउँदे |
भाद्र -आश्विन |
गर्मी |
प्लाष्टिक घरभित्र पौषको दोस्रो साता |
प्रसारण विधि
सयपत्रीलाई दुई तरिका :वीउ र कटिङ्गबाट प्रसारण गर्न सकिन्छ ।
१.बीउबाट
सयपत्री फूललाई सजीलैसंग वीउ बाट प्रसारण गर्न सकिन्छ । एउटै थुङ्गाबाट सयौँ वीउ सजिलै निकाल्न सकिने भएकाले यो विधि संसारभर निकै प्रचलित छ । सयपत्रीको वीउ १८ देखी ३० डिग्री सेल्सीयसको तापक्रम भएको अवस्थामा राम्रोसँग उम्रने भएकाले अनुकुल समय हेरी रोप्दा राम्रो उत्पादन लिन सकिन्छ । यदि बर्खाको समयमा नर्सरी व्याड बनाउने हो भने नर्सरीलाई १५ से.मी. उचाई गरेर बनाउनु पर्दछ । वीउ रोपेको २५ देखि ३० दिनमा बेर्ना सार्नको लागि उपयुक्त हुन्छ ।
२.कटिङ्ग
सयपत्रीमा कटिङ धेरै प्रकारले गर्न सकिन्छ, जस्तै ः हाँगाको कटिङ्ग, कमलो डाँठको, मध्यम डाँठको कटिङ्ग लिन सकिन्छ । विरुवा रोपेको ३० देखि ४५ दिनका कटिङ्ग गर्न सकिन्छ । कटिङ्ग गरेका कटिङ्गसलाई रुटेक्स वा कुनै ग्रोथ हर्मोनमा डुबाइ रोप्न सकिन्छ । कटिङ्गहरुलाई रोप्दा नसर्री ट्रेमा जरा राम्रोसँग फैलिएपछि सार्दा उपयुक्त हुन्छ ।
रोप्ने दुरी
४० से.मी लाइनदेखि लाइन र ३० से.मी बोटदेखि बोटको दुरीमा रोप्नुपर्छ भने जात अनुसार ३० *४५ वा ६०* ६० को दुरीमा पनि रोप्न सकिन्छ ।
सिचाँई
सयपत्रीको विरुवालाई आवश्यकता हेरी समय – समयमा सिचाँइ गनुपर्छ । विशेष गरी सुख्खा समयमा र विरुवा सारेको पहिलो हप्तामा सिचाँई दिनहुँनै गर्नु पदर्छ भने हुर्केका विरुवालाई ५–७ दिनको फरकमा सिचाँई गर्नुपर्छ ।
फूल टिप्ने
फूलको टिप्ने समय जात तथा सिजनमा भर पर्दछ । बिरुवा रोपेको ६०/७० दिनपछि फूल फुल्न थाल्दछ । फूल बिहान वा बेलुकापख टिप्नुपर्दछ । टिप्नुभन्दा पहिले सिंचाइ गरेमा फूललाई लामो समयसम्म राख्न सकिन्छ । माला बनाउनको लागि अलि राम्रोसँग नफुलेको र अन्य प्रयोजनको लािग राम्रोसँग फुलेको फूल टिप्नुपर्दछ ।
रोगहरु :
१) पातको थोप्ले र डढुवा रोग


२) स्वस्थ बीउको प्रयोग, बीउ उपचार गर्ने ।
३) रोग निरोधक जात लगाउने ।
४) खेतको सरसफाईमा ध्यान पु¥याउने ।
५) ढुसीनासक विषादी हेक्जाकोजोल वा क्लोरोथालोनिल प्रयोग गर्ने ।
२) सेतो ढुसी/पाउडरी मिल्ड्यु :


१)खेतवारीको सरसफाईमा ध्यान दिने ।
२)मरेका र सुकेका हांगाविंगा, पातहरु बोट र खेती वरपरबाट हटाउने ।
३)प्रोपिनेवयुक्त ढुसीनासक विषादी प्रयोग गर्ने ।
४) लिफ कर्ल भाईरस
कीराहरुको नियन्त्रण गर्नुपर्छ । कीराहरुको नियन्त्रणको लागि दैनिक विषादी
प्रयोग गर्ने ।
२) रोग लागिसकेको बोट उखेलेर नष्ट गर्ने ।
३) झारपात नियन्त्रण गर्ने ।
४) रोग सहनसक्ने जात लगाउने ।
किराहरु :
१) पातमा सुरुुङ्ग बनाउने कीरा
यो सयपत्रीको एक मुख्य हानिकारक कीरा हो । वयस्क अवस्थाको पोथी कीरा झींगाहरुले पातमा छिद्र/प्वाल पारी रस चुस्दछ साथै फुल पनि पार्दछ । ती फुलहरुबाट मसिना औसा (Maggots) निस्की पातको माथिल्लो भागमा नागवेली सुरुङ्गहरु बनाउँदछ । यो किराले पुरानो पातहरुमा पहिले आक्रमण गर्दछ । झींगा लागेको पातहरु रोगाउदछन र क्षती बढी भएमा सम्पूर्ण विरुवानै रोगाएर मर्दछ ।
व्यवस्थापन :
१) स्वस्थ विरुवा हुर्काउने ।
२) उचित सिंचाई व्यवस्थापन गर्ने ।
३) क्षति भएका पातहरु टिपेर हटाउने ।
४) कीराको क्षति सहनसक्ने जात लगाउने ।
५) कीटनाशक विषादीहरु /ट्रायजोफस वा कार्टप हाईड्रोक्लोराईड छर्ने ।
२) थ्रिप्स
थ्रिप्सले सयपत्रीको कलिला पातहरु चुस्दछन् । सयपत्रीको फूलले थ्रिप्सलाई आर्कषण गर्दछ । थ्रिप्सले फूलको पत्रदलहरुमा कोर्तदछन् र रस चुसी धर्का, दागहरु वा खैरो धब्वा बनाउदछ । फूलको कोपिला तथा फूल विर्गादछ । थ्रिप्सले आक्रमण गरेको फूल राम्रो संग खुल्न सक्दैन । पातमा आक्रमण भएमा विरुवाका पातहरु खुम्चन्छन वा बटारिन्छन । यसका प्रकोपका कारण विरुवा बढ्न सक्दैन ।
व्यवस्थापन ः
१) थ्रिप्स कीराको क्षति सहन सक्ने स्वस्थ विरुवा हुर्काउने ।
२) एकीकृत शत्रुजीव व्यवस्थापन गर्ने ।
३) वरपरका झारपात हटाउने ।
४) सरसफाईमा ध्यान दिने ।
५) निममा आधारित कीटनाशक पदार्थहरु प्रयोग गर्ने ।
६)यसको नियन्त्रणको लागि ईमिडाक्लोरोपिड वा एसिफेट +ईमिडाक्लोरोपिड वा थायामे थोक्साम प्रयोग गर्ने ।
नेपालमा सयपत्रीको प्रयोग :
सयपत्री फूलका बिभिद गुणलाई हामीले यदि सहि प्रयोग गर्ने हो भने,कृषि क्षेत्रमा किराहरुको समस्यालाई निर्मुलिकरण साथसाथै प्राकृतिक डाईको समेत सम्भावना रहेको छ । नेपालमा भने सयपत्री फूललाई बिसेष गरेर सजावट र चाडपर्वको लागि मात्र प्रयोग गरिएको छ्र । फूल र फूलको माला मात्र प्रयोग भैरहेको समयमा केहि प्रगतिशील कृषकले यसलाई पासोबालिको रुपमा पनि प्रयोग गर्न थालेका छन् । सयपत्रीको फूलको खेतीले वालीनालीमा लाग्ने रुट नट निमाटोड् तथा खुम्रे किराको समस्यालाई पनि रोकथाम गर्ने गर्छ ।
लेखक
पुनम भट्ट
वि.एस.सी.एजी, हिकाष्ट