—वशिष्ठ आचार्य (प्राविधिक अधिकृत)
—लक्ष्मण भण्डारी (प्राविधिक सहायक)
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा बाँके
परिचयः
च्याउ एक प्रकारको ढुसी हो र यो सेतो धागो जस्तो प्रकारबाट विकसित हुदैँ उपयुक्त वातावरण पाएपछि ढुसीको पुर्ण रुप भई च्याउको आकार लिन्छ । यो एक प्रकारको वनस्पती भएतापनि यसमा हरितकण नहुने भएकाले यसले अरु विरुवाले झै आफ्नो खाना आफै वनाउँन भने सक्दैन र सडेगलेका वस्तुहरुमा भएका पौष्टिक पदार्थ खाएर हुर्किन्छ । नेपालमा वनमा र खेति गरिदै आएका समेत गरी ७२० प्रजातिका च्याउहरु पहिचान भएतापनि करिव ११० प्रकारका खान योग्य च्याउहरु रहेका छन् । नेपालमा हाल खेती गरीदै आएका मुख्य च्याउका प्रजातीहरुमा कन्ये च्याउ, गोव्रे च्याउ, पराले च्याउ, मृगे च्याउ पर्दछन् । यसको खेतिवाट वेरोजगारीलाई रोजगारी, कुपोषितलाई पोषण, गरीवलाई धन प्राप्त हुनुका साथै खेर जाने श्रोतको समेत उचित सदुपयोग हुन जान्छ । च्याउ खानेहरुको संख्या दिनानुदिन वढ्दै जानुले पनि यसको माग वढ्दो छ । कन्ये च्याउको खेती प्रविधि तुलनात्मक रुपमा सहज हुने हुदा अधिकाशं कृषकहरु कन्ये च्याउ उत्पादनमा संलग्न भएको पाईन्छ । तराईमा गर्मी समयमा कन्ये च्याउको उत्पादन गर्न कठिन हुने भएकाले कृषकहरु वाह्रै महिना च्याउ खेतीमा आवद्ध हुन नसक्ने हुदाँ एकातिर निर्मीत संरचनाको पनि समुचित प्रयोग नहुनुका साथै च्याउ उत्पादक कृषकहरु गर्मीमा अन्य विकल्पको खोजीमा भौतारीनु पर्ने र अर्को तिर च्याउ उपभोग गर्नेहरुले पनि ताजा च्याउै वर्षैभरी खान नपाउने अवस्थामा यसको उपयुक्त विकल्पको रुपमा दुधे च्याउ ( milky mushroom ) आएको छ । बढि तापक्रम(३०–३५ डि.से.) मा राम्रो उत्पादन लिन सकिने यो च्याउ विशेष गरी तराई क्षेत्रमा कन्ये च्याउ उत्पादन गर्न नसकिने समयमा वेमौसमी च्याउखेतिको रुपमा सहजै उत्पादन गर्न सकिने हुदाँ यसको व्यावसायिक सम्भावना प्रचुर मात्रामा रहेको र यसवाट उत्पादक कृषकहरुले उचित आम्दानी लिन सकिने देखिन्छ भने अर्को तर्फ च्याउ उपभोक्ताले पनि वषैभरी च्याउ खान पाउने देखिन्छ । यसको खेति गर्ने तरिका सजिलो, उत्पादन क्षमता वढि र भण्डारण क्षमता अलि धेरै भएकाले पनि यसको लोकप्रियता बढ्दै गइरहेको छ भने खेति विस्तार तराई तथा वेसीमा तिव्र गतिमा हुदैँ आएको छ ।सर्वप्रथम भारतमा सन् १९७४ मा पक्ता लागेको यो च्याउ दुध जस्तो सेतो हुने भएकाले यसको नाम दुधे च्याउ भनिएको हो । यसको अंग्रेजी नाम milky mushroom हो भने वैज्ञानिक नाम Calocybe indica हो । यस च्याउको खेति कन्ये र गोव्रे च्याउको खेति प्रविधिको समिश्रणबाट गर्ने गरीन्छ;वीउ छर्ने देखी प्लाष्टिक हटाउनु अगाडी अर्थात माईसिलिएमको विकास सम्म कन्ये च्याउको खेति प्रविधि जसरी नै गरिन्छ भने च्याउ फल्नेवेला अर्थात माईसिलियमको विकास भईसक्यो भने गोव्रे च्याउ जस्तै केसिङ्ग गर्नु पर्दछ ।
नेपालमा दुधे च्याउ खेतिका अवसर तथा चुनौतीहरुः
वढि तापक्रममा उत्पादन हुने भएकाले यसलाई तराईको गर्मी समयमा वेमौसमी रुपमा उत्पादन गर्न सकिन्छ । वेमौसममा उत्पादन गर्न सकिने भएकाले वजार मुल्य राम्रो पाउनुका साथै उपभोक्ताले वेमौसममा पनि ताजा च्याउ उपभोग गर्न पाउने भएकाले यो च्याउ खेती गर्न चाहानेकालागी सुनौलो अवसर हुन सक्छ । यसको खेति एवं उपभोगवाट जनस्वास्थ्यमा सुधार, रोजगारी र आर्थिक विकास गर्न सकिने ,वेरोजगारीलाई रोजगार र विदेश पलायनमा कमी आउन सहयोग गर्ने, थोरै जमिन र पँुजीवाट पनि संचालन गर्न सकिने , च्याउको स्वदेशी माग आपुर्तिका साथै निर्यात प्रवर्धन र आयात प्रतिस्थापन गर्न सकिन्छ । वातावरण र लैंगिक मैत्रीहुनुका साथै जुन उमेर समुहकाले पनि सहजै खेति गर्न सकिने र यसको उत्पादनोप्रान्त जिवन अवधि अन्य च्याउ भन्दा बढि (सात दिन सम्म) भएकोले पनि उत्पादनोप्रान्त क्षति कम हुने भएकाले पनि यो च्याउको खेति विस्तारको प्रवल सम्भावनाहरु छन् । यो च्याउ खेतीमा अनगिन्ती सम्भावनाहरु भएतापनि यो च्याउ खेति प्रविधिको अध्ययन अनुुसन्धान कम हुनुका साथै यसको खेती प्रविधि सम्वन्धि प्राविधिक जनशक्तिको कमी, गुणस्तरीय वीउ उत्पादकको कमी, शिक्षित वेरोजगार व्यक्तिहरुको आर्कषणमा कमी, उपभोग सम्वन्धि यथेष्ट मात्रामा उपभोक्तामा जानकारीको कमी, च्याउ टिपे उप्रान्तका प्रविधिहरुको विकास र विस्तारमा कमी, रोग किरा व्यवस्थापनको जानकारीमा कमी भएकाले चुनौतीहरु पनि उक्तिकै छन् ।
दुधे च्याउको खेती निम्नानुसारको प्रविधि अपनाई गर्न सकिन्छः
१. माध्यमको छनौटः
यस च्याउ खेति धानको पराल,गहुँको छ्वालि,मकैको ढोड, तोरिको गटट्े आदिमा गर्न सकिन्छ । तर उपयुक्त भने धानको पराल नै देखिएको छ ।यसको लागि माध्यमको अम्लीय र क्षरियपना (एज्) ६.५—७.५ राम्रो मानिन्छ ।
२. स्थानको छनौटः
यस च्याउको खेती गर्न काठमाडौं उपत्यकामा जेष्ठ महिना देखि भाद्र महिना सम्म र तराई र भित्रि मधेशमा जाडो महिना बाहेक अन्य समयमा उपयुक्त मानिएको छ । पहाडमा यो च्याउ त्यति सफल नहुने भएतापनि गर्मी समयमा यसको खेती गर्न सकिन्छ ।
३. उपयुक्त तापक्रमः
यस च्याउ खेति गर्दा ठाँउ वासस्थानको तापक्रम थाहा पाएर मात्रखेति गर्नेे निर्णय गर्नु पर्दछ । त्यसैले यो च्याउ खेति गर्दा ढुसी फैलाउन २०—३० डिग्री सेल्सियस र च्याउ फलाउन २८ डि. से. देखि ३५ डि. से. को तापक्रम र आद्र्रता ८०—८५ प्रतिशत आवश्यक हुने हुदाँ स्थान र वातवरण अनुरुपको लगाउने समय निर्धारण गर्नु पर्दछ ।
४. च्याउको विउः
यसको प्रसारण लैङ्गिक (स्पोर) र वानस्पतिक दुवै तरिकावाट हुन्छ । यसको आधाभन्दा वढि सफलता विजनको गुणस्तर र सफाईमा भर पर्दछ । विउ वनाउनँे माध्ययम राम्रो संग निर्मलीकरण भएन भने विउ गुणस्तरीय हुदैँन र विभिन्न रोगजन्य समस्याहरु आएर च्याउ व्यवसाय नै असफल हुन जान्छ । विशेष प्रकारको प्रयोगशालामा दक्ष जनशक्ति द्घारा वनाईएको गुणस्तरीय विजन मात्र प्रयोग गर्नु पर्दछ ।
५. दुधे च्याउको खेति गर्दा चाहिने आवश्यक सामाग्रीहरुः
- सुकेको पराल वा अन्य माध्ययम
- पराल काट्ने कैंची, हँसिया वा मेसिन,
- पराल भिजाउने ड्रम वा वाटा
- पराल वफ्याउने ड्रम
- असल च्याउको बिउ
- प्लाष्टिक ब्याग (१८’’ * २२’’)
- दाउरा वा इन्धन
- स्टोभ वा चुलो
- सुतली
- खेति गर्ने कोठा
- पानी छम्कने स्प्रे
- खेति नगरिएको ठाँउको माटो आदि
६. दुधे च्याउ खेति गर्ने तरिकाः
यसको खेती प्रविधि कन्ये र गोव्रे च्याउको मिश्रण रहेको छ । दुधे च्याउको खेतिको सुरुको अवस्था (ढुसी फैलदा सम्म) कन्ये च्याउ संग मिल्दो रहेको छ भने पछिल्लो अवस्थामा (ढुसी फैलि सकेर फल्ने वेला) गोव्रे च्याउ संग मिल्दोजुल्दो छ । पराल नयाँ र राम्रो सँग सुकेको र नकुहिएको हुनुपर्दछ । हरियो परालमा दुधे च्याउ फल्दैन । यसको खेती निम्नानुसारका प्रविधिहरु अपनाई गर्न सकिन्छ ः
१. सर्वप्रथम पराललाई १—१.५ इन्च सम्मको टुक्रामा काट्ने र बीउको मात्रा मिलाउने पराल जोख्ने ५ कि. ग्रा. सुख्खा पराललाई २५० ग्राम च्याउको बीउ आवश्यक पर्दछ ।
२. आधा घण्टा देखि १ घण्टासम्म सफा चिसो पानीमा काटेको पराल भिजाउने (१०–१५ घण्टासम्म पनि भिजाउन सकिन्छ) ।
३. ५—६ घण्टा वा एकरात छाँयामा राखी पानी तर्काउने ( भिजेको पराललाई हातले निचोर्दा चिसो मात्रा हातमा टाँसिने तर पानी नबग्ने भएमा उपयुक्त मानिन्छ )
४. चिस्यान ठिक भएमा पराललाई ड्रममा राखी करीव १ देखी दूई घन्टा सम्म (परालको परिमाण र सफाईको अवस्था अनुरुप) बफाएर (तापक्रम ९०—१०० डि.से.) निर्मलिकरण गर्ने । पराल (माध्यम) लाई वफाएर वा रासायनिक पदार्थको प्रयोग गरेर पनि निर्मलिकरण गर्न सकिन्छ । यसरी निर्मलिकरण गर्दा वेभिष्टिन र फर्मालिनको झोलमा डुवाएर विसंक्रमण गर्न सकिन्छ ।
५.परालको तातो सेलाएर चिसो भएपछि हातमा स्प्रिट दलेर च्याउको वीउको पोकालाई प्लास्टिकमा भए हातले वाहिरवाट चलाएर वा वोतलमा भए सफा सुईरो स्प्रिटमा दलेर वीउको वोतलको ढिका परेको वीउ फुटाउनु पर्छ ।
६. तयार भएका प्लास्टिक ब्यागमा (१८’’ * २२’’, १८’’*२४’’) पराल भर्दै (२–३ अंगुल वाक्लो वनाएर) थिच्दै तह मिलाई ४ देखि ५ तह सम्म बीउ रोपेर डोरीले टन्न कसिने गरी थैलाको मुख बाँध्नु पर्दछ ।
७. विउ राखेको तहको विचमा मसिनो सुईरोले स–साना प्वालहरु पार्नु पर्दछ । वीउ रोप्दा थैलामा पराल भरेपछि छेउछाउमा पर्ने गरी प्रत्येक तहमा करिव १ ÷१ चम्चा जति च्याउको वीउ छर्नुपर्छ ।
८. हावाको आदान प्रदानको लागि डल्लोमा २०—२५ वटा वरपर सुइरोले प्वाल पार्ने ।
९.कोठाको तापक्रम २०—३० डि. से. हुने गरि मिलाई डल्लो (Ball)लाई भुँईमा वा डोरिको सहायताले झुण्ड्याएर राख्नु पर्दछ ।
१०.यसरी च्याउ राख्नको लागि करिव १५ ह ३० ८.५ क्युविक फिट को टहरा उपयुक्त मानिन्छ । यसको ४ लाईनमा ४/४ वटा वासँका खम्वा वनाई गाड्नुपर्दछ त्यसमा १ /१ वटा गरी जम्मा ४ वटा डल्लो राख्नु पर्दछ ।
११. तीन हप्ता देखि एक महिनामा परालमा सेतो ढुसीले ढाक्छ ।
१२. ढुसी ढाकेपछि उपचार गरेको माटोले १—१ १/२ इन्च बाक्लो गरि छोपि दिने यसलाई केसिङ्ग (casing) भनिन्छ । केसिङ्ग गर्दाको समयमा तापक्रम २८—३७ डि. से. आवश्यक पर्दछ ।
१३.केसिङ्गगरेको करीब १० दिन भित्रमा केसिङ्ग सामाग्री माथी ढुसी पुरै फैलिन्छ र यसको एक हप्तामा च्याउ टिप्न तयार हुन्छ ।
१४. एक पटक लगाएको डल्लोमा २—३ पटक सम्म च्याउ फल्दछ ।
७. केसिङ्ग गर्ने (माटोले छोप्ने) :
च्याउको वीउ रोपेका थैलाहरु ढुसी ढाकेपछि उपचार गरेको माटोले १—१ १÷२ इन्च बाक्लो गरि छोप्ने प्रकृयालाई केसिङ्ग भनिन्छ । वीउ रोपेको २०–२५ दिन पछि मलमा ढुसी फैलिएपछि ७५५माटो र २५५वालुवा मिसाएर वनाएको मिश्रणले २—३ से.मी वाक्लो हुने गरी ढाक्नु पर्दछ । केसिङ्ग मिश्रणको पि.एच. कम भए चकको धुलो वा कृषि चुन मिसाएर ७.८ पु¥याउनु पर्दछ । केसिङ्ग मिश्रण अटोक्लेभमा १५ प्रति वर्गइन्चमा १ घण्टा सम्म राखेर पनि विसंक्रमण गर्न सकिन्छ ।
८. च्याउ टिप्ने तरिकाः
केसिङ्ग गरेको करीव १० दिन पछि माटोमा सेतो ढुसी फैलिएको देखिन्छ । यतिवेला च्याउ रोपेको ठाउँमा स्वच्छ हावा खेल्न दिनुपर्छ र ३ देखी ५ दिनमा मसिना फलहरु देखिन्छन् । अरु च्याउमा जस्तै सुख्खा मौसममा दिनको २ पटक र ओसिलो मौसममा एकपटक आवश्यकता अनुसार पानी दिनुपर्छ ।धेरै छिप्पिएको च्याउ राम्रो र मिठो हुदैँन त्यसैले च्याउ टिप्ने उचित समयमै टिपेर कोल्ड स्टोर या बजार पु¥याउँनु पर्दछ । च्याउ टिप्ने दिनभन्दा अघिल्लो दिनदेखी पानी हाल्नु हुदँैन अन्यथा छिटो विग्रन जान्छ भने च्याउ टिपेको सतहमा खाल्टो पर्न गएमा केसिङ्ग गर्ने माटोले पुर्नपर्दछ । च्याउ टिपेपछि आवश्यकता अनुसार हलुका संग पानी हाल्ने र टिपेको च्याउलाई हलुकासँग सफा पानीले धोएर पानी तर्काइ धेरै नथिचेर हावा खेल्ने गरी १०–१५ कि.ग्रा. अटाउने प्लास्टिकका क्रेट वा झोलामा राखेर विक्रिका लागि घर, पसल वा वजारमा पु¥याउर्न सकिन्छ । हावा खेल्न पाएन भने च्याउ छिटो विग्रन्छ । टिप्न तयार भएको च्याउको डाँठको फेदमा समाई एक पटक दायाँ र एक पटक वायाँ मर्काई हल्का तरिकाले टिप्न पर्दछ, वल प्रयोग गरेर डल्लालाई असर पार्दा फेरी च्याउ पलाउने प्रकिृया कमजोर हुन्छ । यसो गर्दा डाँठ बाँकी रहँदैन र नोक्सान पनि हुदैँन,पछि उम्रने च्याउलाई असर पनि पर्दैन । च्याउ टिप्दा तरीका मिलेन भने फेदको केहि भाग भाँचिएर छोडिन जान्छ र त्यो फेरी पलाउदैन वरु कुहिएर झिँगा वा भुसुना लाग्ने र अरु रोगहरु फैलन सक्छ त्यसैले च्याउ टिप्दा सावधानी अपनाउँनु पर्छ । च्याउ टिपेपछि डल्ला र भँइमा पानी भने दिई रहनुपर्दछ ।
९.दुधे च्याउ उत्पादन गर्दा ध्यान दिनु पर्ने मुख्य कुराहरुः
- च्याउको उत्पादन, भण्डारण, प्याकिङ्गका साथै बजारीकरण गर्दा मानिसको स्वास्थ्यलाई नकारात्मक प्रभाव पार्ने
- खालका वस्तुहरु रोगकिरा व्यवस्थापन लगाएतका समस्या समाधानमा प्रयोग गर्नु हुदैँन ।
- च्याउ खेतीका अधिकाशं समस्या सरसफाईको कमीले हुने हुदाँ सरसफाईमा उचित ध्यान दिनु पर्छ जस्तैः स्वस्थ र सफा कच्चा पर्दाथ, सफा औजार, सफा स्थल, आदिको प्रयोग गर्ने र च्याउ उत्पादन भैसकेको वा संक्रमीत डल्लालाई स्वस्थ विरुवा भन्दा अली टाडै व्यवस्थापन गर्ने ।
- च्याउ खेति गर्ने कोठा वा टहरालाई खेति गर्नु पुर्व निर्मलीकरण गर्नु पर्दछ ।
- च्याउ हुर्काउने माध्यम, केसिङ्ग गर्ने वस्तु पुर्णरुपमा निर्मलीकरण भएको हुनु पर्दछ ।
- भरपर्दो ठाउँवाट खरिद गरिएको गुणस्तरीय वीउ मात्र प्रयोग गर्ने ।
- च्याउ खेती गर्ने टहरा वा घरको ढोकामा चुन राख्ने, झ्याल ढोकामा जाली राख्ने, मुसाको पासो, मोहिनी पासो राख्ने, मुसा उक्लीन नदिन टहराको चारैतिर वाहीरी भिक्तामा एक फिट अग्लो सादा जस्तापाता टाँस्न सकिन्छ ।
- च्याउ फलाउन तयार पारिएका डल्लाहरु सुख्खा हुन दिनु हुदैँन, सुख्खा देखिएमा भित्ता भुईमा पानी छर्कनु पर्दछ ।