Home Others माटो जाँचका लागि माटोको नमुना लिने तरिका

माटो जाँचका लागि माटोको नमुना लिने तरिका

माटोको स्वास्थ परिसूचक जस्तै पी.एच, प्रांङगारिक तत्वको अवस्था र खेत बारीमा कुन किसिमका र कति खाद्यतत्व बिद्यमान छन् र माटोमा कुन तत्व कमी छ थाहा पाउन गरिने एक परीक्षणलाई माटो जाँच भनिन्छ । माटोको परीक्षण गर्नाले कुन मल कति मात्रामा हाल्नुपर्छ र माटोमा खाद्यतत्वको सन्तुलन कायम गर्न र उर्वरतालाई दिगो रुपमा कायम राखि उत्पादनमा बृद्धि ल्याउन के गर्न पर्छ भन्ने कुराको पनि ज्ञान हुन्छ ।
माटोको नमुना भनेको सम्पूर्ण खेत बारीलाइ प्रतिनिधित्वो गर्ने एक एकाई हो । यस बाट आएको नतिजाले सम्पूर्ण खेत बारीको खाद्य तत्वको स्थिती मापन हुने भएकाले नमुना सधै सहि तरिका , सही ठाउँ र सही समयमा लिनु पर्दछ ।
नमुना लिदा ध्यान दिन पर्ने कुराहरु

  • एक बाली कटानी पश्चात र अर्को बाली लगाउनु अघि नमुना लिनुपर्दछ ।
  • माटोको नमुना पानी परेको बेला वा पानी परेर माटो भिजेको बेला पनि लिनु हुन्न । पानी परेको खण्डमा कम्तिमा २(३ दिन पछी मात्र नमुना लिनु पर्दछ ।
  • माटोको नमुना पानीकोे वा मलको श्रोतको नजिक पर्नु हुन्न ।
  • जग्गाको क्षेत्रफल, खेतबारीको अग्लो वा होचोपना, बाली प्रणाली,माटोको बनोट, माटोको रङ, भूक्षयको स्थिथि, माटोमा मलखाद वा चुना प्रयोग भए नभएको, पानी परेको वा नपरेको अवस्था, कुन खेतीको लागि नमुना लिन लागेको हो आदि ध्यानमा राखी नमुना लिन पर्दछ ।
  • रासायनिक वा प्रांगारिक मल वा चुनाको प्रयोग गरेको छ भने तत्कालै नमुना लिनु हुन्न ।
  • माटोको नमुना लिदा खेत बारीको डील,कान्ला, र ड्याङ्गबाट लिनु हुन्न ।

१. अन्न तथा तरकारी बालीको लागि माटोका नमुना संकलन गर्ने तरिका

  • एकै प्रकारको माटोको रंग, बनोट, आकार, उचाई भएको क्षेत्र एकिन गरी सम्पूर्ण जग्गालाई प्रत्येक १-२ रोपनीको क्षेत्रमा विभाजन गर्ने ।
  • प्रत्येक क्षेत्र बाट ७-८ वोटा उपनमुना संकलन गर्नुपर्छ ।

उपनमुना संकलन गर्ने बिधि

  • उपनमुना लिदा कुटो वा कोदालीले पहिला माटोको सतहमा रहेको घाँस पतिङ्गर हल्का हटाउने, तर माटो भने फ्याक्नु हुन्न ।
  • अब कोदाली प्रयोग गरी अंग्रेजी V आकारको खाडल बनाउँने ।
  • खाडल बनाउँदा खाडलको गहिराई १ फिटको बनाउँने ।

 

  • खाडलको कुनै एक भित्ताबाट उही मोटाइ र उही चौडाई भएको माथि देखि तल सम्मको माटो काटेर निकाल्ने र एउटा सफा भाडामा राख्ने ।
  • उपनमुना संकलन गर्दा प्रत्येक क्षेत्र बाट ७-८ नमुना संकलन गर्नुुपर्छ ।
  • नमुना संकलन गर्दा अंग्रेजी Z वा W वा नागबेली तरिकामा लिनुपर्छ ।
  • एक क्षेत्रको उपनमुना लिने बिन्दुहरु सोहि क्षेत्रभरि छरिएको हुनुपर्दछ ।

२. फलफुल वा चिरकाल बोट बिरुवाकोे लागि माटोका नमुना संकलन गर्ने तरिका

फलफुल वा चिरकालीन बोट बिरुवाका लागि माटोको नमुना संकलन गर्ने विधि तरकारी बालीमा जस्तै हुने तर नमुना लीदा खाल्डोको गहीराइ भने फरक पर्छ ।

प्रक्रिया

  • अन्न बालि जस्तै माटो अनुसार क्षेत्र बर्गिकरण गर्ने ।
  • प्रत्येक क्षेत्र बाट ७-८ उप–नमुना संकलन गर्ने ।
  • यसको निम्ति ३ फिट (१ मीटर) जतिको खाडल खन्न पर्छ ।

  • पहिलो १ फिटबाट उही मोटाइ र उही चौडाईको माटो लिने र सफा भाडामा वा प्लाष्टिकमा राख्ने ।
  • एउटै खाल्डोको १ देखि २ फिट र २(३ फिटबाट भिन्नै नमुना लिई र छुट्टाछुट्टै भाडामा राख्ने ।
  • यसरी नै सबै उपनमुनाको बिन्दुबाट नमुना लिएर उही गहिराईको र उही क्षेत्रका मात्र माटो मिसाउने
    भिन्नै गहिराइको र भिन्न क्षेत्रको माटोलाइ मिसाउनु हुन्न ।
  • लागि एक क्षेत्रबाट ३ वटा नमुना आँउछ भने तरकारी बालीको एक क्षेत्र बाट एउटा मात्र नमुना लिनुपर्दछ ।

 

मूल नमुना बनाउने तरिका

  • संकलित माटोलाई एक सफा भाडामा राख्ने ।
  • भिन्न क्षेत्रको माटोलाइ नमिसाइ सहि क्षेत्रको उपनमुनाका नमुना मात्र मिसाउनु पर्दछ ।
  • संकलित माटोलाई गोलाकार बनाउने र तल चित्रमा देखाइएको जस्तै ४ भागमा विभाजन गर्ने ।

  • कुनै विपरित २ भागलाई राख्ने र बाँकी भागलाई फ्याक्ने ।
  • यसै गरी माटोलाई घटाउदँै लैजाने र आधा किलो जति भएसी माटोको नमुना तयार हुने भएकाले तयारी नमुनालाई माटो संकलन गरेको क्षेत्र ,जि पि एस ,ल्याब नंम्बर लगायतका विवरण नझुक्किनेगरी लेख्नु पर्दछ ।

माटो जाँच गर्न नमुना पठाउने तरिका

  • नमुना संकलन भएसी एउटा सफा प्लास्टिकमा राख्ने ।
  • प्लास्टिकको बाहिर वा कुनै कागजमा आफ्नो नाम, ठेगाना, नमुना स्थान, मिति, बालि प्रणाली, नमुना संकलनको कारण, आदि जस्ता कुराहरु लेख्ने ।
  • उक्त नमुनालाइ बन्द गरेर माटो जाँचको लागि पठाउने ।

 

सन्तोष श्रेष्ठ
एग्रिकल्चरल टेक्नोलोजी सेन्टर

Must Read

लसुन खेती प्रविधि

परिचय लसुन एक प्रकारको मसला तथा नगदे बाली हो । यसमा Allicin भन्ने तत्व हुन्छ ।Allinase enzyme  ले Allicin बनाउँदछ जुन मानिस तथा जनावरकालागि परापुर्वककालबाटै...

गोब्रे च्याउ खेति प्रविधि

नेपालमा च्याउको खेती गर्ने अधिकाशं किसानको रोजाइमा  सजिलै खेती गर्न सकिने , बजार पु¥याउँदा उपभोक्ताले सजिलै किन्न सक्ने र खासै धेरै लगानी र हेरचाह...

Prospects of Organic Agriculture in Nepal

-Anupa Gaire IAAS,Lamjung According to IFOAM, “Organic Agriculture is a production system that sustains the health of soils, ecosystems, and people. It relies on ecological processes,...

Resilience against Shrinked Economy: Retention of Agri-experts.

  "As the Covid-19 have dreadfully struck the country’s economy, talks have been on the surge to restore the sinking economy afloat through intervention of...

उपभोक्ता र अर्गानीक कृषि

-समिक्षा गौतम मानिसको जीवन चक्रमा उसले सबैभन्दा बढी उपभोग गर्ने खानाको न व्याख्या गरेर कहिले सकिन्छ न यसका परिकारहरुको नाम भनेर नै कहिले सकिन्छ ।...