Home कृषि ब्यवसाय तरकाली फलफुल निउरो : वनस्पतिय औषधि

निउरो : वनस्पतिय औषधि

टेरिडोफाइट अन्तर्गत फुल नफुल्ने चिसो तथा ओसीलो ठाउँमा फल्ने उन्युको इतिहास पृथ्वीको उत्पतिसँगसगैँ जोडिएको छ । सबैभन्दा पुरानो स्थलिय वनस्पति मानिने उन्युकोसगँ मानवको सामाजिकरण र सभ्यता पनि जोडिएको छ । बहुमूल्य र औषधी गुणयुक्त निउरोको सेवन परापुर्वककाल देखिनै तरकारीको रुपमा प्रयोग हुदैँ आइरहेतापनि यसको सेवनबाट हुने फाइदाका भने खासै कतै चर्चा भएको पाइन्न । नेपालको ग्रामिण परिवेशमा वर्खाको समयमा निउरोलाई तरकारीको रुपमा निकै नै सेवन गरिन्छ भने आजकाल शहर बजारमा पनि यसको विक्रि वितरण अरु तरकारी सरह नै हुदैँआएको छ । तरकारी र पौष्टिक गुणले भरिपूर्ण यो वनस्पतिको नेपालमा व्यवसायिक खेती अहिलेसम्म नगरिएको भएतापनि प्राकृतिक रुपमै वन जङ्गलमा फल्ने यो वनस्पतिको माग र सेवन नेपालमा दिनानुदिन बढ्दै छ ।
करिब ५८० प्रजातीका निउरो नेपालमा पाइने भएता पनि सबै प्रजाती मानव सेवनकोलागी भने उपयुक्त छैनन् । तराईदेखि पहाडसम्म पाइने यस वनस्पतिका सिमित प्रजातिलाई मात्र तरकारी र औषधिको रूपमा प्रयोग गर्न सकिन्छ भने कुनै प्रजाती विषालु हुने र सेवन गर्दा ज्याननै जान सक्ने भएकाले वनस्पतिको राम्रो ज्ञान राखेर मात्र सेवन गर्नु पर्दछ । नेपालमा पाइने खानयोग्य निउरोहरु यस प्रकार छन्ः
१ ) काली निउरो (Deparia boriyana)
२ ) मसिनो निउरोरपानी निउरो (Diplanozium esculentum)
३ ) डन्ठे निउरो (Dryopteris cochleata)
४ ) चिप्ले निउरो(Diplazium maximum)
५ ) कुथुर्के निउरो (Pteris biaurita)
६ ) साउने निउरो

एन्टि भाइरल ,एन्टि अक्सिडेन्ट,एन्टि इन्फ्लामेटोरी ,डाइयुरेटिक्स,पेनकिल्लर जस्ता औसधिय विषेशता हुन्छन ्। निउरो भिटामिन ए,भिटामिन सि,भिटामिन बि क्यरोटिनी ,ओमेगा–६ जस्ता तत्वहरुले भरिपूर्ण हुने भएकाले क्यन्सरका बिरामी,रुगा ,खोकी , पेटको समस्या ,कब्जियत आदिका बिरामीहरुका लागि निउरो निकै फाइदाजनक हन्छ ।
नेपालमा काली निउरोको औसधिय गुण परापुर्वकालदेखिनै प्रख्यात छ । यसको जरालाइ कुटेर जन्डिस,रगतमासी,घाँटी दुख्ने ,कब्जियत,अनियमित महिनावारी आदिका बिरामीहरुलाइ सेवन गर्ने चलन नेपालको ग्रामिण परिवेशमा निकै प्रचलित छ । निउरोको फाइदालाई बुदाँगत रुपमा भन्नुपर्दा यस प्रकारको छ ;

१ निउरोको नियमित सेवनले आखाँ तेजिलो हुन्छ भने र शरीरमा स्वस्थ प्रतिरक्षा प्रणाली बनाउन मद्धत गर्छ ।
२ भिटामिन ए, भिटामिन बि, भिटामिन सी को राम्रो स्रोत ।
३ यसमा फसफरसको मात्रा अधिक हुने भएकाले यसको सेवनले हड्डी स्वस्थ हुन्छ ।
४  मधुमेय तथा मुटु रोगीकालागी यो अत्तिनै हितकारी वनस्पति हो ।
५ निउरोको नियमित सेवनले अपच तथा कब्जियत निको हुन्छ ।
६ निउरोको प्रयोग छालाजन्य रोग र  घाउ निवारणमा निउरोको प्रयोग गरिन्छ ।
७  निउरोले गर्भनिरोध गर्न सहयोग गर्छ ।
८ खोकीकोलागी यो उत्तम औषधि हो ।
९ यसमा प्रयाप्त आइरन र क्यालसियम तत्व हुन्छ ।
१० ) निउरोको झोल सर्पदंश तथा माउरीले टोकेको अवस्थामा प्राथमिक उपचारको रुपमा लागि प्रयोग गर्न सकिन्छ ।
-अल्का ढकाल

Must Read

लसुन खेती प्रविधि

परिचय लसुन एक प्रकारको मसला तथा नगदे बाली हो । यसमा Allicin भन्ने तत्व हुन्छ ।Allinase enzyme  ले Allicin बनाउँदछ जुन मानिस तथा जनावरकालागि परापुर्वककालबाटै...

गोब्रे च्याउ खेति प्रविधि

नेपालमा च्याउको खेती गर्ने अधिकाशं किसानको रोजाइमा  सजिलै खेती गर्न सकिने , बजार पु¥याउँदा उपभोक्ताले सजिलै किन्न सक्ने र खासै धेरै लगानी र हेरचाह...

Prospects of Organic Agriculture in Nepal

-Anupa Gaire IAAS,Lamjung According to IFOAM, “Organic Agriculture is a production system that sustains the health of soils, ecosystems, and people. It relies on ecological processes,...

Resilience against Shrinked Economy: Retention of Agri-experts.

  "As the Covid-19 have dreadfully struck the country’s economy, talks have been on the surge to restore the sinking economy afloat through intervention of...

उपभोक्ता र अर्गानीक कृषि

-समिक्षा गौतम मानिसको जीवन चक्रमा उसले सबैभन्दा बढी उपभोग गर्ने खानाको न व्याख्या गरेर कहिले सकिन्छ न यसका परिकारहरुको नाम भनेर नै कहिले सकिन्छ ।...