Home जैबिक कृषि ट्राइकोडर्मा

ट्राइकोडर्मा

ट्राइकोडर्मा प्राकृतिक रुपमै माटोमा पाइने र प्रयोगशालामा माटोबाट सजिलै अलग गरी वंश विस्तार गर्न सकिने एक फाइदाजनक ढुसी हो । ट्राइकोडर्मा प्रजातिहरू प्राय सबै प्रकारका माटोमा पाइने भएतापनि विशेषतः वन वा निरन्तर कृषि गरीरहेको माटोबाट यसलाई अलग गरिन्छ । यसको प्रयोगले हानिकारक ब्याक्टेरिया ,ढुसी, निमाटोड तथा भाइरसको संक्रमण रोक्न सकिन्छ । ट्राइकोडर्माले रोगका कणलाई निस्क्रिय पार्नमात्र नभइ विरुवाको वृद्धि विकासमा शुद्ध टेवा पु¥याउँछ । आफ्नो कोषको बाहिरी भागमा बिषालु पदार्थ बनाइ हानिकारक ढुसी तथा अन्य रोगका कणहरुमाथी आक्रमणगरी ती हानिकारक कणहरुलाई पूर्ण रुपमा निस्क्रिय पार्ने/मार्ने काम यसले गर्ने भएकाले जैविक तथा दिगो कृषि अपनाउँने किसानहरु यसको प्रयोगमा उत्साहित हुदैँ गइरहेका छन् ।
ट्राइकोडर्माको फाइदाहरु :
१)रोग नियन्त्रण :यसको प्रयोगले विशेषत माटोबाट उत्पन्न हुने ढुसीजन्य रोगहरु (फूजारीएम विल्ट,फाइटोपथोरा,स्केलेरोटियाः कोत्रे रोग) निमूर्लीकरणका मद्दत पु¥याउँछ ।
२) विरुवाको वृद्धि विकासमा मद्दत पु¥याउँछ : यसले माटोमा फसफरस तथा सुक्ष्म तत्वको घुलनशिलता बढाई दिन्छ भने जरालाई माटोको भित्री सतहसम्म फैलन मद्दत पु¥याइ विरुवालाई खडेरीबाट बचाउँछ ।
३) यसको प्रयोगले विरुवामा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि आउँछ ।
४)माटोमा जैव उपचार : निरन्तर रुपमा रसायानीक मल तथा विषादि प्रयोग भएका माटोमा जैव उपचारकालागी यसको प्रयोग गर्न सकिन्छ । यसले रसायानीक कणमा हुने कार्बोनेट ,अर्गानोफसपेट तथा अर्गानोक्लोरीनलाई सजिलै निराकरण गर्दछ ।
५) ट्राइकोडर्मा बिउ उपचार गर्न पनि प्रयोग गर्न सकिन्छ ।

कुन–कुन रोगकालागी प्रयोग गर्न सकिन्छ ?
बेर्ना कुहिने रोग , गाठेँ जरा रोग , गहुँमा ध्वासे रोग , डाँठ तथा फेद कुहिने रोग ,डडुवा रोग , आरुमा सिल्भरी लिर्फ, फलमा लाग्ने खैरो ढुसी (ग्रे मोल्ड), धान तथा मकैमा लाग्ने ध्वासे रोग (कर्नेल बन्र्ट) आदि ।
बाली छनौट :
ट्राइकोडर्मा जुन सुकै बाली वा रुख लगाएको ठाउँमा प्रयोग गर्न सकिन्छ तर ट्राइकोडर्मा छरेको ५ देखि ७ दिन सम्म कुनै प्रकारको विषादि छर्नु हुदैँन भने सुख्खा माटोमा छरी सिचाँइ गरेमा बढि प्रभावकारी हुन्छ । उपचार गरीएका बिउ वा मललाई घाम र चिसोबाट बचाँउनु पर्छ ।
प्रयोग बिधि :
१० ग्राम ट्राइकोडर्मा प्रति के जी बिउमा मोलेर बिउ उपचार गर्न सकिन्छ भने १ के जी ट्राइकोडर्मा लाई १०० केजी कुहिएको मलसँग मिलाई ३–४ दिन छायाँमा वा घाम सिधै नपर्ने ठाउँमा राखेर खेतमा छर्न सकिन्छ ।

Must Read

लसुन खेती प्रविधि

परिचय लसुन एक प्रकारको मसला तथा नगदे बाली हो । यसमा Allicin भन्ने तत्व हुन्छ ।Allinase enzyme  ले Allicin बनाउँदछ जुन मानिस तथा जनावरकालागि परापुर्वककालबाटै...

गोब्रे च्याउ खेति प्रविधि

नेपालमा च्याउको खेती गर्ने अधिकाशं किसानको रोजाइमा  सजिलै खेती गर्न सकिने , बजार पु¥याउँदा उपभोक्ताले सजिलै किन्न सक्ने र खासै धेरै लगानी र हेरचाह...

Prospects of Organic Agriculture in Nepal

-Anupa Gaire IAAS,Lamjung According to IFOAM, “Organic Agriculture is a production system that sustains the health of soils, ecosystems, and people. It relies on ecological processes,...

Resilience against Shrinked Economy: Retention of Agri-experts.

  "As the Covid-19 have dreadfully struck the country’s economy, talks have been on the surge to restore the sinking economy afloat through intervention of...

उपभोक्ता र अर्गानीक कृषि

-समिक्षा गौतम मानिसको जीवन चक्रमा उसले सबैभन्दा बढी उपभोग गर्ने खानाको न व्याख्या गरेर कहिले सकिन्छ न यसका परिकारहरुको नाम भनेर नै कहिले सकिन्छ ।...