नेपालमा हिउँदको समयमा निकै नै खपत हुने र अधिकाशं उपभोक्ताको रोजाइमा पर्ने काउलीको माग स्वदेशी उत्पादनले नधान्ने हुदाँ वर्षेनी करडौको काउली भारतबाट भित्रिने गदर्छ । भिटामिन ए, भिटामिन सी,फोस्फरस, पोटासियम, क्यालसियम, सोडियम ,फलाम आदि जस्ता खनिज तत्वले भरिपूर्ण काउली तरकारीको रुपमा मात्र प्रयोग नभइ सलाद , अचार ,पकौडा तथा सुकुटीको रुपमा पनि प्रयोग हुदैँ आएको छ भने यसका पातलाई पशु आहाराको रुपमा पनि प्रयोग गर्न सकिन्छ । बजारमा काउलीको माग सधै जसो नै भइराख्ने भएकाले यसको बेमौसम खेती गर्ने हो भने राम्रो आम्दानि लिन सकिन्छ तर बेमौसम उत्पादन गर्दा उत्पादन खर्चका साथसाथै प्रविधिक जटिलता दुवै हुने भएकाले खेती प्रविधिको राम्रो ज्ञान राखी उत्पादनमा लाग्नुपर्ने देखिन्छ ।
हावापानी
काउली हिउँदे वाली भएपनि यसको उत्पादन वर्षभरीनै गर्न सकिन्छ जसमा जात अनुसार अगौटे ,मध्यम तथा पछौटे जातहरु आवश्यकता अनुसार खेती गर्न सकिन्छ । अगौटे जातलाई केहि गर्मी , मध्यम जातलाई मध्य गर्मी मौसम भएको समयमा र पछौटे जातलाई चिसो हावापानी आवश्यकता पर्ने भएकाले आफ्नो ठाउँको हावापानीलाई सुहाउँदो जातको बारेमा राम्रो ज्ञान राखी खेती गर्दा उपयुक्त हुन्छ ।
अगौटे जातको वृद्धि विकासकोलागी तातो तापक्रम (२०–२७ डि.से) चाहिने हुदाँ जाडो महिना अगावै यसको खेती गर्नु पर्छ भने मध्यम मौसमी जातलाई १६–१९ डि.से तापक्रम र पछौटेलाई १०–१६ डि.से तापक्रम चाहिने हुदाँ मौसम हेरी उपयुक्त जात लगाउँदा फाइदाजनक हुन्छ । पछौटे जातलाई जाडो मौसममा लगाउँदा तपक्रम बढ्दै जादाँ फूल लाग्ने समय हुने गर्छ जसले गर्दा उत्पादित काउली बजारमा बेमौसमे हुन जान्छ र राम्रो भाउमा विक्रि गर्न सकिन्छ ।
माटो
काउली खेती प्राय सबै प्रकारको माटोमा गर्न सकिने भए पनि राम्रो उत्पादन लिनको लागि भने मलिलो बलौटे दोमट किसिमको माटो उपयुक्त हुन्छ । प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको माटो र पानीको निकासको राम्रो व्यवस्था भएको हुनुपर्दछ । छनौट गरिएको जग्गालाई ३–४ पटकसम्म राम्रोसँग खनजोत गरि जमिनलाई झार मुक्त बनाउँनु पर्दछ । साधरणतय जग्गाको पि.एच.५–५ देखि ६.५ को विच हुन जरुरी हुन्छ त्यसैले माटो धेरै अम्लिय भएमा कृषि चुनको प्रयोग गरी माटो सुधार गर्नु पदर्छ ।
मलखाद
काउली खेतीलाई प्रशस्तमात्रामा मलखाद चाहिन्छ । जमिनको तयारी गर्दाकम्पोष्ट मल २५–३० मेट्रिक टन र रसायनिक मल १२०ः८०ः६० किलो नाईट्रोजन, फस्फोरस र पोटास प्रति हेक्टरको दरले प्रयोग गर्नु पर्दछ । यसको अलावा २० किलो बोरेक्स र १–१.५ किलो सोडियम् मोलिब्डेट प्रति हेक्टरका दरले माटोमा प्रयोग गर्दा उपयुक्त । बेर्ना रोपेको एक महिनामा बिरुवामा पहिलो टपड्रेस गर्नुपर्दछ भने ४५–५० दिनमा दोस्रो टपड्रेसगरि माटोले उकेरा पर्दछ ,यसो गर्नाले बोटहरुलाई ढल्नबाट बचाउन सकिन्छ ।
जमिनको तयारी
काउली खेतीको लागी जग्गामा पानीको निकास राम्रो हुनुको साथै सिचाईको राम्रो प्रबन्ध भएको हुनुपर्छ ।काउलीको बिउ स–साना हुने भएकाले मुख्य बारीमा सार्नु भन्दा अगाडी नर्सरीमा वा कोकोपिटमा बेर्ना उमारी सार्नु पर्दछ । बेर्ना सार्दा अगौटे जातलाई ३–४ पातको भए पछि ,पछौटे जातलाई ५–६ पातको भएपछि र वर्णशंकर जातलाई भने बिउ रोपेको २०–२२ दिनमा सार्दा उपयुक्त हुन्छ ।
मुख्य जमिन बनाउँदा खनजोत र मल हाल्ने कार्य सकिएपछि करीब करिब ३० से.मि उचाई,१ मिटर चौडाइ र जमिनको आकार वा उपलब्धता हेरी आवश्यकता अनुुसारको लम्बाइ भएको ढ्याङ्ग बनाउँनु पदर्छ । तयार भएको ढ्याङ्गलाई मल्चिङ्ग गरी वा खुल्ला रुपमै बेर्ना सार्न सकिन्छ ।
बिरुवा लगाउने दुरी
अगौटे जातको काउली खेतीका लागी ४५ *४५ से.मि. र मध्यम तथा पछौटे जातका लागी ६०* ४५ से.मि. को दुरीमा रोप्नुपर्दछ ।

क्र.स प्रकार जात बेर्ना सार्ने समय मलखाद के.जि प्रति रोपनि बीउदर /बेर्ना संख्या
उच्च पहाड मध्य पहाड तराई रबेसी कम्पोष्ट यूरीया डि.ए.पी म्यूरेट अफ पोटास
अगौटे सर्लाही, दिपाली चैत- असार चैत- बैशाख (    जेठ- असार) असार- श्रावण (भदौ- असोज) १५०० १० ३०–४० ग्राम २५०० बेर्ना
मध्य काठमाण्डै लोकल ,खुमल ज्यापु माघ- श्रावण साउन- भदौ भदौ- असोज १५०० १० ३० ग्राम

१८०० बेर्ना

पछौटे डोल्पा , स्नोबल १६ माघ-बैशाख असोज- मंसिर असोज- मंसिर १५०० १० ३० ग्राम

१८०० बेर्ना

 

हाईब्रिड

( अगौटे )

सिल्भर कप ६० ,ह्वाइट फल्स, ह्वाइट कप जेठ -भदै अन्तिम २००० १० १५ ग्राम
हाईब्रिड

(मध्य मौसमी जात)

ह्वाइट टप, रेमि,देवी १ ,स्नो ड्रम,मिल्क वे

 

मध्य श्रावण- भदौ २००० १० १५ ग्राम
हाईब्रिड

( पछौटे )

स्नो मिस्टिक ,मेघा ,एन.एस ९०,,एन.एस १०६ ,स्नो डोम ,नेपा ह्वाइट असोज- फाल्गुन २००० १० १० ग्राम

 

सिंचाई तथा गोडमेल
बेर्ना राम्ररी नसरुन्जेलसम्म प्रत्येक दिने हल्का सिँचाई गर्नु पर्दछ बिरुवा सरिसकेपछि भने आवश्यकताका आधारमा माटोको चिस्यान हेरि १०–१५ दिनको फरकमा बिरुवालाई सिंचाई दिनुपर्दछ । बेर्ना सारेको पहिलो र दोस्रो महिनामा गोडमेल गर्दा २ के.जी प्रती रोपनी युरिया मलले टपड्रेस गरी माटोले राम्रोसँग उकेरा दिँदा बढि उपयुक्त हुन्छ ।
बाल्चिङ्ग
Blanching Cauliflower - Does Cauliflower Have To Be Blanchedकाउलीमा फुल फूल्दै जादाँ घामको प्रकाश सिधै फुलमा पर्दा फुल पहेंलीने,खैरो हुने र फुलको स्वाद तितो हुने समस्या हुन सक्छ ।यो समस्या नआवोस भनेर काउलीको पातलेनै फुलको वरिपरी प्रकाश नछिर्ने तरीकाले बेरीन्छ जसले गर्दा फूलको गुणस्तर ,सेतो रङ्ग र तौलमा वृद्धि आउँछ । यसरी फुललाई पातले वा अन्य केहि प्रकाश नछिर्ने अपारदर्शी वस्तुले छोप्ने प्रविधिलाई बाल्चिङ्ग भनिन्छ । सामान्यतया कतीपय जातमा प्राकृतिक रुपमै भित्री कलीलो पातले फूललाई प्रकाशबाट सुरक्षीत राखेको हुन्छ भने कुनै जातमा भित्री कलीलो पात फूलको बाहिरी सतहमा फैलने हुन्छन् जसमा बाल्चिङ्ग प्रविधि अपनाएमा फुलको गुणस्थर बढाउँन सकिन्छ ।

उत्पादन
काउली टिप्दा भरसक साँंझपख घाम अस्ताउने बेलामा टिप्नु पर्दछ । बिहानको समयमा टिप्नु परेमा शीत ओभाइसके पछि मात्र टिप्नु पर्दछ । टिपिसके पछि काउली बालीलाई कम्तीमा २/४ घण्टा जति प्रत्यक्ष घामको प्रकाश नपर्ने ठाउँमा राखी क्युरिङ्ग गर्नु पर्दछ भने काउलीको फूल ठिक्क, परिपक्व तथा आकर्षक अवस्थामा देखिए पछि काटनु वा टिप्नु पर्दछ । काउली टिप्दा वा काट्दा ३–४ वटा कलिलो पात राखी काट्नु पर्दछ । जात, ठाउँ तथा लगाउने समय अनुसार काउलीको उत्पादनमा फरक पर्न भएतापनि सरदर एक हेक्टरमा २० देखि ५० टन सम्म उत्पादन लिन सकिन्छ ।

सूक्ष्म खाद्यतत्वको कमीबाट हुने समस्या

बोरनको कमी(खैरो काउली )
Cauliflower | Diseases and Pests, Description, Uses, Propagationबोरनको कमीले (खैरो सडन) फुलको केन्द्र भागमा पानीले भिजेको जस्तो खैरो धब्बा देखिन्छन् । यसको कमीको लक्षण बढ्दै गएमा बोटको डाँठ भित्र खोक्रो हुने समस्या देखापर्छ जसलाई अङग्रेजीमा ब्राउनिङ्ग भनिन्छ । बोरनको कमी देखिएमा बोरेक्स १ के.जी. प्रति रोपनीका दरले जग्गा तयारी गर्दा माटोमा मिलाउने वा प्रत्येक खाल्डोमा अन्य खाद्यतत्वसँंग बोरेक्स पाउडर आधा ग्राम माटोमा मिलाउनु पर्दछ । पातमा छर्नका लागि बोरेक्स २ ग्राम प्रतिलिटर पानीमा मिसाएर बिरुवामा छर्नु पर्दछ ।

मोलिब्डेनम (ह्विीपटेल) 
भारत की मृदा व फसलों में बोरोन तथा मोलिब्डेनम की कमी और उर्वरकों के प्रयोग  सेे उनमे - Krishisewaमोलिब्डेनमको कमीले काउलीका पातको आकार कचौरा वा डाडु जस्तो हुने र फुल फूल्दै नफूल्ने वा फूले पनि निकै सानो फूल्ने समस्या देखा पर्दछ । कमीको अवस्था बढ्दै गएमा बोटहरु ओइलाउँछ र अन्तमा मर्दछ । मोलिब्डेनमको कमी देखिएमा बेर्ना रोप्नु अघि ५०० ग्राम मोलिब्डेनम प्रतिरोपनी माटोमा मिसाउनु पर्दछ र बिरुवा ठूलो भएमा मल्टिप्लेक्स २ मिलिलिटर प्रतिलिटर पानीमा मिलाई छर्कनु पर्दछ ।

रोगहरु

बेर्ना कुहिने रोग (ड्याम्पिङ्ग अफ)
Cauliflower - BharatAgriढुसीबाट लाग्ने यो रोग जमिनको सतहमाथि बिउ छरेपछि उम्रदै गरेको विरुवाको बेर्नाको फेदमा पानीले भिजेजस्तो दाग लाग्दछ र बेर्ना ओइलाएर ढली मर्दछ । बीउबाट निस्केको टुसा माटोभित्रै कुहेर मर्न पनि सक्दछ । यसका जीवाणु बीउ, माटो वा दुवैबाट सर्न सक्ने भएकाले बिउ रोप्नु १०–१५ दिन अगाडी १ भाग फर्मलडिहाइडमा ५० भाग पानी मिसाई ब्याडको उपचार गर्नु पदर्छ भने बिउ रोपेपछि १ः५ बोर्डेक्स मिक्सरले ८–१० दिनको फरकमा ब्याडमा छर्नाले यो समस्या निराकार हुन्छ ।

गाँठे जरा रोग 
Nematodes on vegetablesयो माटोमा बस्ने नेमाटोडबाट लाग्ने गाँठे रोग हो । यस रोग लाग्दा ढुसीका कणहरु जराभित्र पसेर जरामा गाँठो वा गीख्रा बनाउँदछ ।यो रोग लागेका रोगी जराले राम्रो काम गर्न सक्दैन,बोट कमजोर हुन्छ ,माटोबाट पानी र तत्वहरु सोच्न सक्दैन र अन्तत बाली उत्पादन हुदैँन । यो रोग बढि अम्लीय माटोमा लाग्दछ र यो रोग बिशेषतःकोपी वर्गमा (ब्रासिका) बढि लाग्दछ । यसको जमिन माथिको लक्षण भनेको घाम लागेको बेला विरुवा ओइलाउने तर बिहानीपख चाँही स्वास्थ देखिनु ,विरुवाको वृद्धि विकास कम हुने , फल नलाग्ने लागे नी निकै सानो लाग्ने हो । जमिन सतह नजिकको जरा सामान्य देखिने भएता पनि जमिन मुनी भने जराको आकार निकै ठूलो र गीख्रैगीख्राले ढाकेको हुँन्छ । यो रोग लागेको खण्डमा ३–४ वर्ष घुन्तीबाली प्रणाली अपनाउँनु पर्छ । यसको जिवाणु १५ वर्ष भन्दा बढी माटोमा माटोमा रहिरहन सक्ने भएकाले यो रोग एकपटक लागेपछि नियन्त्रण गर्न गाह्रो हुन्छ तर सावधानीको रुपमा बेर्ना रोप्दा मक्र्युरिक क्लोराइड १ भागमा १५०० भाग पानी मिसाएको झोलमा बेर्ना डुबाएर सार्न सकिन्छ भने माटो धेरैनै अम्लिय भएको खण्डमा कृषि चुनको प्रयोगले माटो सुधार गर्नुृ पर्छ ।

डाँठ कुहिने रोग 
Diseases of vegetable brassicas | Agriculture and Foodडाँठ कुहिने रोग एक ढुसीजनक रोग हो । यो रोग लाग्दा जमिनको सतह नजिकको काउलीको डाँठमा ढुसीले आक्रमण गर्दछ र आक्रमण गरेको डाँठको भाग कुहिन्छ ,कुहेको ठाउँमा सेतो ढुसी साथै कालो धब्बाहरु प्रशस्त देखिन्छ । यो रोग लागेका डाँठका पात ओइलाएर बोट मर्दछन् । यो रोगको नियन्त्रणकालागी धानबालीसँग घुम्तीबाली प्रणाली अपनाउन सकिन्छ भने बेभिस्टिन वा बेनलेट एक ग्राम प्रति लिटर पानीमा मिसाई १५ दिनको अन्तरमा छर्कन सकिन्छ । यो रोगको सावधानीको रुपमा ५९ पी.पी.यम. अडरिओफङ्गीन (Aureofungin) र ५० पी.पी.एम. स्टे«प्टोसाइक्लिन (Streptocycline) को झोलमा डुबाएर ३० मिनट बीउको उपचार गर्ने र सुकेपछि बीउ रोप्नु सकिन्छ साथै बेर्नाहरू ०.२५ % बेनलेटको झोलमा ५–८ मिनेट उपचार गरेर पनि रोप्न सकिन्छ ।

कालो कुहिने रोग
Black Rot of Crucifers – Wisconsin Horticultureयो रोग ब्याक्टेरियाको कारण लाग्ने रोग हो जसमा पातको छेउबाट शुरु भई अङ्ग्रेजी अक्षर भि “v” आकारको पहँेलो लक्षण देखा पर्दै जान्छ र पछि नसाहरू कालो भई बोट कुहिन्छ । यस्ता लक्षण भएका पातलाई उज्यालोमा राखेर हेरेमा कालो भएका नसा तथा उपनशाहरु प्रस्टसंङ्ग देखिन्छ । यो रोग पातबाट फैलदै गइ पछि डाँठमा पनि लाग्दै जान्छ र अन्तत डाँठनै कुहिएर विरुवा नै मर्दछ । यसको रोकथामकालागी एग्रोमाइसिन ,स्ट्रेप्टोमाइसिनको ०.०१ % झोलले बिउ उपचार गर्न सकिन्छ भने बेर्ना सार्ने र फल लाग्ने समयमा पनि स्ट्रेप्टोमाइसिनलाई निरन्तरता दिन सकिन्छ ।

अल्टरनेरिया (पात थोप्ले रोग)
Alternaria Leaf Spot of Cauliflower | Ohio Veggie Disease Newsयो रोग लाग्दा सुरुमा काला रङ्गका थोप्लाहरु देखा पर्छन् र थोप्ले रोग विस्तारै विकास हुदैँ जाँदा बिरुवाको पातहरुमा कालो चक्र आकारका थोप्लाहरू देखिन्छन् भने बन्दाको डल्लाहरुमा थोप्लाहरूको संख्या बढेर कालै हुन्छ । रोगको प्रकोप बढ्दै गएमा काउलीको खाने भागमा समेत लक्षण देखा पर्दछ र अन्त्यमा सम्पूर्ण सेतो भाग/फुलनै कालो हुन्छ । यो रोग रोगी बिउबाट सर्ने भएकाले रोप्नु अघि क्यापटान २.५ ग्राम प्रति किलो बिउको दरले बिउ उपचार गर्न अत्यन्त जरुरी हुन्छ । रोग लागेको खण्डमा डाइथेन एम ४५ दुई ग्राम प्रतिलिटर पानीमा मिसाइ ७ देखि १० दिनको फरकमा २/३ पटकसम्म प्रयोग गर्नु पर्दछ भने रोगी पात र अन्य झारपात बटुलेर जलाउनु पर्दछ ।

 

डाउनी मिल्डयु
Cole Crop Downy Mildew Info: Recognizing Downy Mildew On Cole Cropsयो रोग लाग्दा पातको माथिल्लोसतहमा पहेंला दागहरू देखा पर्दछन् र तल्लो सतहमा ढुसीका जीवहरू कपासजस्तै फैलिएको देखिन्छ । काउलीको फुलका केही भागमा पनि खैरा दाग देखिन्छन् । यो रोग नियन्त्रणकालागी क्याप्टन वा थिरम २ ग्राम प्रतिके.जी. बीउका दरले उपचार गर्नुपर्दछ भने रोग देखा परेमा डाइथेन एम –४५ ०.३ % को झोल वा रोडोमिल एम जेड–७२ को ०.२५ % को झोल १०–१५ दिनको अन्तरमा बालीमा छर्कनु पर्दछ ।

किरा
इँटबुट्टे पुतलीः
Insect pests of vegetable brassicas in Western Australia | Agriculture and  Foodइँटबुट्टे पुतली एक मसिनो पुतली हो । यसको अघिल्लो पखेटामा त्रिकोणात्मक चिन्ह हुन्छ । यो पुतलीले पखेटा जोडेर बस्दा ढाडमा ३ वटा ईटा आकार बन्छ । यसले पातको हरियो भाग खान्छ र पात झिल्ली जस्तो देखिन्छ । लार्भा हरियो रङ्गको हुन्छ र एक्लै हुन्छ । गोलभेंँडा र काउली बाली एकैपटक लगाउँदा गोलभँेडाको गन्धले यसको पुतलीले फुल पार्न रुचाउँदैन । इँटबुट्टे पुतली नियन्त्रणका लागिः वि.टि. १ ग्राम प्रतिलिटर पानीमा मिसाएर ३ पटक ७ दिनको फरकमा छर्न सकिन्छ भने नीममा आधारित विषादीहरू निमारिन, मार्गेराम आदि ३ मि.लि. प्रतिलिटर पानीमा मिसाएर ७ दिनको फरकमा ३ पटक छर्दा उपयुक्त हुन्छ ।

खुम्रे किरा
White Grubs - Soybean Pest - Soybean Research & Information Networkखुम्रे किरालाई सामान्य रुपमा चिन्नु पर्दा यी किराहरुको शरीर अङग्रेजी ‘c’ आकारको हुन्छ । शरीर क्रिमी सेतो रङ्गको हुन्छ भने यसको टाउको खैरो रङ्गको हुन्छ । विशेषगरी रातको समयमा सक्रिय हुने यो किरा खपटे किराको लार्भा हुन । एकपटकमा पोथी खपटेले ५०–६० अण्डा पार्ने,लार्भाले मात्र नभइ वयस्क खपटे दुवै माटोमा बसी जरा खाइदिने र एउटै किराको जीवन चक्र ३ वर्ष लामो हुने भएकाले यो किराले दिर्घकालीन रुपमा निकैनै धेरै आर्थिक क्षती पु¥याउँछ । रातको समयमा सक्रिय भइ आक्रमण गर्ने र दिउँसको समयमा माटोमा लुकेर बस्ने भएकाले अधिकाशं समयमा बालीमा देखिएको क्षती खुम्रेकै कारण भएको हो कि अरुनै कारणले हो यकिन गर्न गाह्रो हुने देखिन्छ । खुम्रेले जरा काटेका बिरुवाहरु ओइलाउने , लथरो हुने ,र क्रमश पहेँले हुदैँ जाने गर्दछ र पहेँले भएका बिरुवालाई तान्दा सजिलै निस्कने गर्दछ ।
नियन्त्रण/रोकथाम
बाली लगाउँनु अघि गहिरोगरी जोत्ने र जोतेको केही दिन केही नरोप्ने ।
जोत्दा निस्केका किरालाई तुरुन्तै मार्ने ।
काँचो गोबरमल प्ररोग नगर्ने ।
तितेपाती,असुरो,पिना आदिले माटोको उपचार गर्ने ।
वयस्कलाई नियन्त्रण गर्न रातको समयमा उज्यालो पासो प्रयोग गर्ने ।
बालीका बिचमा सयपत्री फूल लगाउदाँ यसको नियन्त्रणमा सहयोग पुग्छ भने फूल टिपी सकेपछि सयपत्रीको बोटलाई माटोमा गाढ्दा यसको नियन्त्रणमा थप सहयोग मिल्ने देखिन्छ ।
खुम्रेलाई जैविक तरोवरले नियन्त्रण गर्न मेटाराइजियम तथा ब्ररुभेरीया प्रयोग गर्न सकिन्छ । प्रती १ –१ केजी मेटाराइजियम र ब्ररुभेरीयालाई २५ केजी जैविक मलमा मिसाइ ८ देखी १० दिन छहारीमा राखी माटोमा छर्दा बढी प्रभावकारी हुने देखिन्छ ।
बढीनै प्रभावीत भएको खण्डमा बाली लगाउँनु अघि १ केजी क्लोरोपायरियोफोस प्रती रोपनी प्रयोग गर्न सकिन्छ ।

बन्दाको पुतली 
Cabbage White caterpillars emerging from eggs time lapse - YouTubeयो पुतलीका लाभ्राहरु सुरुमा(सानो छदाँ) एकै ठाँउमा जम्मा भएर र पछि बढ्दै गएपछि अलग अलग भएर विरुवाको पात,डाँठ र फुल खाएर निकै क्षति पु¥याउँछ । यो कीराको लार्भाले सुरुमा पातको किनाराबाट खाई भित्रपट्टि बढ्दछ र पुरै पातनै सखाप पादर्छ भने काउलीको फूलकोपीमा लाभ्रेले प्वाल पारी खाई विस्टाएको प्रस्ट देखिन्छ । यो किराले पहाड र तराई दुवै क्षेत्रमा क्षति पु¥याउँदछ । यसका पुतलीका पखेटाहरू पहेंलिएका सेता रंगका हुन्छन भन लाभ्रेको शरीर नीलो हरियो रंगको ,शरीरभरि काला थोप्ला र स–साना झुस र ढाडमा तीनवटा पहेंला धर्सा भएका हुन्छन् । यसको रोकथामकालनगी सुरुको अवस्थामा लाभ्रेले हातले टिपेर मट्टितेलमा डुबाइ मानै सकिन्छ र क्षती बढ्दै गएमा नुभान ७५ इ. सी ६.७ मि.लि. १० लिटर पानीमा मिसाई छर्कन सकिन्छ भने फेन्फेन २० इ.सी. ५ मि.लि. १० लिटर पानीमा मिसाई छर्कन सकिन्छ साथै साड्थायन ५० इ.सी. १० मि.लि.१० लिटर पानीमा मिसाई पनि छर्कन सकिन्छ ।

लाही किरा
Vegetable: Aphid, Cabbage | UMass Center for Agriculture, Food and the  Environmentकाउलीको बोटमा लाग्ने लाही किराले पातको भित्री भाग र डाँठलाई आक्रमण गर्दछ जसले गर्दा पुरै पात र डाँठ किराले ढाकेको हुन्छ ।यसले पात र डाँठमा असर गर्ने भएकाले फूलको संख्या र गुणस्तर दुवैमा ह्रास आउँछ । यसको रोकथामकालागी रातो खपटे किराको प्रयोग गर्न सकिन्छ भने निममा आधारित विषदि वा सुर्तीको झोल,खरानी, मट्रितेल वा साबुन पानिको प्रयोग गर्न सकिन्छ । किराको प्रकोप बढि भएको खण्डमा मेटासिस्टक्स अथवा रोगर २ मि.ली १ लिटर पानीमा मिसाइ छर्न सकिन्छ ।