गुलाफको फूलको इतिहास बाइबल भन्दा निकै पुरानो रहेको र यसको खेती प्यालेस्टाइनमा यशुको जन्म हुनुभन्दा निकै अगाडिबाट भएको कुरा धेरै ग्रन्थहरुमा समावेश भएको पाइन्छ । प्राकृतिक रुपमा आफै वंसवृद्धि सगँसगैँ संकरित (Hybridization) हुदैँ आएका गुलाफका अहिले करिब विश्वभर १२० भन्दाबढि जातहरु छन् जसमा ८ देखि १० वटा जातहरुलाईमात्र व्यवसायिकरुपमा खेती गरीदैँ आएको छ ।
हावापानी तथा वितरण
प्राचिनकाल देखिनै फ्रान्स , साईप्रस, ग्रिस , भारत ,इरान,मोरोक्को , अमेराका तथा बुलगेरीयामा पर्रफ्युम उत्पादकालागी खेती गरीदै आएकोमा अहिले यो फूलको प्रयोग पर्रफ्युममा मात्र सिमित नभइ सजावट,उपहार,साबुन,क्रिम तथा वास्नदार तरल पदार्थ बनाउँन विश्वको विभिन्न ठाउँमा व्यवसायिक खेती हुन थालेको छ । यसको खेती समुद« सतहबाट १०० देखि २८०० मिटर उचाइसम्म गर्न सकिन्छ तर २००० मिटर भन्दा बढी उचाइमा खेती गर्दा चिसोको कारण फूल फूल्न ढिलो हुने भएकाले प्लास्टिक टनेल भित्र खेती गर्दा उपयुक्त हुन्छ ।
माटो
गुलाफ जुनसुकै माटोमा पनि लगाउँन सकिन्छ तर व्यवसायिक खेतीकालागी भने दोमट माटो बढी उपयुक्त हुन्छ । दोमट माटोमा जराको फैलावट राम्रो हुने र पानीको निकास राम्रो हुने भएकाले जरा राम्रोसँग फैलन पाउँनुकासाथै जरा कुहिँने र बोट पहेँलो हुने समस्या कम देखाँ पर्छ । फूल रोप्नुभन्दा अगाडी जग्गाको चारै तर्फ ३० से.मी चौडाइ गरी कुलेसो बनाई निकासको प्रबन्ध मिलाउनुपर्छ जसले गर्दा पानी जम्न पाउँदैन र विरुवा स्वस्थ रहन्छ । गुलाफ खेतीकोलागी विषेशगरी ५.५ देखि ६.५ अम्लियपन भएको माटो उपयुक्त हुन्छ ।
नेपालमा खेती गरीने जात
लियोन्सा, भोडो,इन्जेलिया, लब अनलिमिटेड,सुप्टिनिक,कुल वाटर ,सिपिङ्ग ब्यूटि,एक्वा,फमूर्ला वान,डच.एच.टि आदि हुन् भने किसानले डच.एच.टि जातको बढि खेती गर्ने पाइएको छ ।
जमिन तथा ब्याड तयारी
गुलाफ रोप्नुभन्दा अगाडी जमिनलाई २–३ पटक खनजोत गरी झारपात,ढुङ्गा आदि मिल्काउने र जमिन सम्याई पाकेको गोबर या अन्य प्राङ्गारिक मल छर्नु पर्दछ । प्रति बोट प्राङ्गारिक मल ८ देखि १० के.जी चाहिनेँहुदाँ जमिनको क्षेत्रफल र बोटको संख्या हेरी मल व्यवस्था गर्नु पर्दछ भने रसायानिक मल प्रयोग गर्ने हो भने १५ः१०ः१० के.जी प्रति रोपनी क्रमशः नाइट्रोजन,फस्फोरस र पोटास प्रयोग गर्न सकिन्छ ।
खनजोत र मल हाल्ने कार्य सकिएपछि करीब करिब ३० से.मि उचाई,१ मिटर चौडाइ र जमिनको आकार वा उपलब्धता हेरी आवश्यकता अनुुसारको लम्बाइ भएको ढ्याङ्ग बनाउँनु पदर्छ । नेपालमा गुलाफ रोप्ने उपयुक्त समय भनेको भदौ/असोज भएको हुदाँ खनजोत र मलखाद राख्ने समयलाई रोप्नुभन्दा १५ देखि २० अगाडि निधारर्ण गर्न सकिन्छ ।
प्रसारण(Propagation)
गुलाफलाई बिउ,कटिङ्ग,ग्राफ्टिङ्ग तथा बडिङ्ग प्रद्धतिबाट सार्न सकिन्छ ।
१) बिउबाटः राम्रोसँग छिप्पेको बिउलाई गिब्बरेलिक एसिड–३ नामक हर्मोनमा उपचार गरी रोप्न सकिन्छ तर यो पद्धति खासै अपनाइदैन ।
२) कटिङ्ग ः गुलाफको प्रसारण गर्दा छिप्पेको हाँगाको कटिङ्गबाट गर्दा उपयुक्त हुन्छ । यो पद्धति सजिलो र धेरैनै प्रचलित प्रसारण विधि हो ।
३) वडिङ्ग र ग्राफ्टिङ्ग ः यस विधिको प्रयोगबाट एउटै बोटमा धेरै रङ्गका फूल फूलाउन सकिन्छ ।
कटिङ्ग रोप्ने तरीका
कटिङ्गको तल्लो भाग छड्के र माथिको भाग सिधा गरी काट्नु पर्छ । यसरी काटिएको
भाग तल्लो आँख्ला मुनी र माथिको आँख्ला माथि परेको हुनुपर्छ । कटिङ्ग रोप्दा छड्के गरी रोप्नुपर्दछ र उत्तरतिर फर्काएर रोपेमा सूर्यको चर्को प्रकाशबाट जोगाउँन सकिन्छ । छड्के काट्दा जरा आउने संम्भावना बढि हुन्छ र टुप्पो सिधा काट्दा सुक्ने सम्भावना कम हुन्छ ।
कटिङ्गमा चाडैँ जरा पलाउँन निम्न लिखित हर्मोनको प्रयोग गर्न सकिन्छ ः
इन्डोल ब्युटेरिक एसिड (I.B.A)
न्यापथालिन एसिटिक एसिड (NAA)
इन्ड्रोल एसिटिक एसिड (IEA)
सेराठिक्स बी –२
रुटेक्स
रोप्ने तरिका
गुलाफको कटिङ्ग रोप्दा १ वर्ग मिटरमा ६ वटा सम्म विरुवा अट्नेगरी विरुवा बिचको दुरी ३० से.मी र दुई पङ्तीे बिचको दुरी ४० से.मी राखी रोप्दा उपयुक्त हुन्छ ।
एक वर्षको कलमी विरुवा रोप्दा जरा र अरु भाग ८ देखि १० से.मी जति माटो भित्र पर्ने गरी सारी माटोले विस्तारै थिन्नुपदर्छ । बोटको ६–८ से.मी नजिक बासँको लठ्ठी गाडी सुतली डोरीको प्रयोग गरी बोटलाई बाँध्दा बोट बाङ्गो हुदैँन र चाडैँ सर्छ ।
सिचाँई
गुलाफको विरुवालाई आवश्यकता हेरी समय – समयमा सिचाँइ गनुपर्छ । विशेष गरी सुख्खा समयमा र विरुवा सारेको पहिलो हप्तामा सिचाँई दिनहुँनै गर्नु पदर्छ भने हुर्केका विरुवालाई गर्मीमा ५–७ दिनको फरकमा र जाडोको मौसममा ७ देखि १० दिनको फरकमा सिचाँई गर्नुपर्छ ।
गोडमेल
गुलाफको फूलबारी सकेसम्म झारपात रहित हुनुपर्छ । झारपातले फूलका बोटले पाउँनु पर्ने तत्व सोच्ने र रोग किरा भित्राउँन पनि उत्तिकै सक्रिय भुमिका खेल्ने भएकाले सकेसम्म फूलबारीलाई झारमुक्त गर्नुपदर्छ भने समय समयमा गोडमेल गर्दा विरुवाको जरा वरिपरिको माटो खुकुलो हुन्छ र जरा राम्रोसँग फैलन पाउँछ र माटोबाट खाद्य तत्वपनि सजिलै लिन सक्छ ।
काँटछाँट
गुलाफको व्यवसायिक खेती गर्दा काटँछाटँ गर्न निकैनै आवश्यक हुन्छ । विषेशगरी हिउँदको समयमा गरिने काटँछाटँ गर्दा एक वर्षको भएका कलमी गरिएका विरुवाको कलमी गरेको १५ देखि २० से.मि माथि मुख्य टुप्पो काट्नुपर्छ । दोस्रो वर्ष हागाँ पलाएपछि चारवटा मात्र हागाँ राखी अरु फ्यालदिनु पर्छ । यसरी आएका हागाँहरुमा १० देखि १५ से.मी डाठँ राखेर अरु काट्नु पर्दछ ।
काटँछाटँ नगरी विरुवा हुकाउर्ने हो भने विरुवा रोपेको करीब ३ हप्तापछि पलाउँने कोपिलालाई चुडेर फ्यालनु पदर्छ र ७ देखि ८ हप्तामा अन्य हागाँमा पलाएका कोपिलाई पनि चुड्नु पदर्छ भने मुख्य डाठँलाई पनि ९० डिग्रीमा भाच्नु पदर्छ तर यसलाई विरुवाबाट छुट्टिन दिनु हुन्न । यस पद्धती अपनाउँदा केहि सावधानी भने अपनाउँनु पर्ने भएपनी यस पद्धतीबाट १३–१४ हप्तामै उच्च कोटिका कटफ्लावरहरु उत्पादन गर्न सकिन्छ ।
फूल टिपाई तथा ढुवानी
गुलाफको फूल टिप्ने समय जात ,ढुवानीगर्नु पर्ने स्थान अनुसार फरक हुन सक्छ । रातो गुलाफलाई फूलका दुई पेटल खुलेपछि टिप्दा हुन्छ भने पहेंलो गुलाफलाई पछि टिप्दा पनि हुन्छ । गुलाफलाई कटफ्लावर वा सजावटि फूलको रुपमा मात्र प्रयोग नगरी निम्नलिखित प्रयोजनका लागी पनि प्रयोग गर्न सकिन्छः
१) साबुन,क्रिम तथा पर्रफियूमःगुलाफबाट बनेका मनमोहक बास्नादार क्रिम,साबुन तथा पर्रफियूमहरु विश्व बजारमा निकै रुचाइँन्छन् । कटफ्लावरमा प्रयोग नभएका फूलहरुलाई छायाँपर्ने ठाउँमा सुकाएर प्याक गरी साबुन,क्रिम तथा पर्रफियूम उद्योगमा पु¥याउँन सकिन्छ ।
२) गुलाफ जलः गुलाफ जललाई पर्रफियूम,औषधि तथा मिष्ठान् परिकारमा प्रयोग गरिन्छ । गुलाफ जलले शरिरको तापक्रम घटाउँन मद्दत गर्छ भने आखाँकालागी लोसन तथा औषधि बनाउँन पनि यसको प्रयोग गर्न सकिन्छ ।
३)गुलाफको तेल
गुलाफ प्रशोधनको महत्वपूर्ण पदार्थको रुपमा गुलाफका फूलबाट निकालिने तेललाई एकदमै महत्वका साथ हेरिन्छ । गुलाफको तेल साबुन,पर्रफ्यूम,तथा मिष्ठान्न परिकारमा मात्र प्रयोग नभइ विभिन्न औषधिहरु बनाउँन पनि प्रयोग हुन्छ भने आयुर्वेदमा गुलाफको तेलको प्रयोगलाई निकै महत्वकासाथ हेरिन्छ ।
४)गुलकण्ड
गुलाफका फूललाई विभिन्न खानामा डिजर्ट (मिठाई)को रुपमा पनि प्रयोग गरिन्छ । फूलका पत्र(पेटल) लाई चिनिको चास्नीमा डुबाइ सेवन गरिने गुलकण्ड निकै पोषिलो हुने गर्छ ।
गुलाफमा रोग किरा
१) धुले ढुसी रोग (पाउडरी मिल्डयू)
गुलाफको प्रमुख रोग नै धुले ढुसी रोग हो । यो रोग लाग्दा बोटको सबै भागमा सेतो पाउडर जस्तो देखिन्छ जसले गर्दा पछि पातहरु चाउरीने,बोटको आकार बिग्रने तथा फूलको गुणस्तरमा ह्रास आउँछ । यो रोग बढि ओस र आद«ता भएको समयमा लाग्ने भएकाले विरुवा रोप्ने समय भन्दा एक दुई महिना अगाडि रोप्दा केहि हदसम्म यो रोग नियन्त्रण हुन्छ ।रोग प्रकोप धेरैनै भएको खण्डमा सल्फेक्स वा कारात्थेन नामक ढुसीनाशक २ ग्राम प्रति लिटर पानिमा मिसाएर छर्न सकिन्छ ।
२) पातको कालो थोप्ले रोग
यो रोग लाग्दा सुरुमा पातहरुमा सानो–सानो छरिएको कालो थोप्लाहरु देखाँ पर्छन जुन पछि गएर पुरै पातभरी फैलन्छ र अन्तत पातनै सुकि झदर्छ ।यो रोग लागेमा फूल फूल्ननै कमी हुने भएकाले प्रारम्भिक अवस्थामै यसको रोगथामको काम गर्नु पदर्छ । यस रोगको रोकथामकालागी ट्राइफोरिन,इन्डोफिल, युथान वा पालीराम नामक विषादी छर्न सकिन्छ ।
३) फूल कुहिने रोग
ढुसीले गर्दा लाग्ने यो रोग लाग्दा फूलको पुष्पदलहरुमा (पेटल) खैरो धब्बाहरु देखिन्छन र यो सम्पूर्ण फूलमा फैलन गइ अन्तमा फूलनै नष्ट हुन्छ । उच्च आद«ता भएको समयमा यो रोगको प्रकोप धेरै हुन्छ । यसको रोकथामकालागी सरसफाईमा ध्यान दिनु पर्छ भने मरेका सुकेका पात वा हाँगालाई बोटबाट हटाउँनु पर्छ । यस्तै डाइथेन एम–४५ प्रति लिटर पानीमा २–३ ग्राम मिसाई छर्न सकिन्छ ।
किराहरु
१) लाही
गुलाफको बोटमा लाग्ने लाही किराले पातको भित्री भाग र डाँठलाई आक्रमण गर्दछ जसले गर्दा पुरै पात र डाँठ किराले ढाकेको हुन्छ ।यसले पात र डाँठमा असर गर्ने भएकाले फूलको संख्या र गुणस्तर दुवैमा ह्रास आउँछ । यसको रोकथामकालागी रातो खपटे किराको प्रयोग गर्न सकिन्छ भने निममा आधारित विषदि वा सुर्तीको झोल,खरानी, मट्रितेल वा साबुन पानिको प्रयोग गर्न सकिन्छ । किराको प्रकोप बढि भएको खण्डमा मेटासिस्टक्स अथवा रोगर २ मि.ली १ लिटर पानीमा मिसाइ छर्न सकिन्छ ।
२)सुलसुले
नेपालमा सुलसुले गुलाफलाई धेरै आर्थिक नोक्सानी पु¥याउँने किरा हो । यसले पातलाई सेतो वा खुजुमुजु र सुख्खा बनाई झारीदिन्छ । यिनीहरु धेरै साना हुने भएकोल हाते लेन्सले मात्र देख्न सकिन्छ । यो शुरुमा पातको पछाडीपट्टी देखिने भएतापनि विरुवाको मध्य र माथिल्लो भागमा असर गर्दछ । सुख्खा र धुले अवस्थामा यसको संख्या छिट्टै बृद्धि हुन्छ । काठमाण्डौमा यो चैत्र देखि जेठ र भदौदेखि कात्तिकसम्म बढी सक्रिय हुन्छ । यसको नियन्त्रणकालागी थायोडेन १ मि.लि प्रति लिटर पानिमा मिसाई छर्नुपदर्छ ।
३) थ्रिप्स
थ्रिप्सले गुलाफको फूललाई सुख्खा महिनामा आक्रमण गर्दछ । कालो वा पहेंलो साना थ्रिप्सहरु फूलमा देखिन्छन् जसले फूलको आकार प्रकार विगार्ने वा खैरो रंगको धर्का धर्का पारी फूलको बनौट बिगारी दिन्छ । यसको रोकथामका लागी मालाथायोन वा थायोडेन १ मि.लि प्रति लिटर पानिमा मिसाई छनुपर्दछ ।