Home कृषि ब्यवसाय पशुपालन युरिया र खुदोबाट पराल उपचार

युरिया र खुदोबाट पराल उपचार

कृषि क्षेत्र नेपाली अर्थतन्त्रको महत्वपूर्ण  प्रमुख आधार हो भने पशुपालन ब्यवसाय नेपाली कृषि अर्थतन्त्रको मेरुदण्ड हो । नेपालको कुल कृषि ग्राहस्थ उत्पादनमा पशुपालन क्षेत्रको मात्रै करिव २.७५ योगदान रहेको छ ।नेपालमा विषेशगरि पसुपंछीपालन क्षेत्रमा गाई,भैसी,बाख्रा,भेडा,बंगुर,कुखुरा,हाँस,टर्की,खरायो पाल्ने गरिन्छ । नेपालमा गाइभैसी पालन मुख्यतया दुध उत्पादनको लागि पालिने गरिन्छ । नेपालमा आ.ब २०७४/०७५का तथ्यांक अनुसार गाई र भैँसी को संख्या क्रमश ७३,७६,३८६ र ५२,७७,८१९ रहेको छ भने यसमा दुध दिने गाईको संख्या १०,३९,५३८ र भैँसीको संख्या १५,३५,९४८ रहेको छ । यसलाई आधार मानि हेर्दा दुध दिने गाई र भैसीको कूल संख्या जम्मा २५,७३,४८६ हुन आउँछ भने तिबाट उत्पादित दुधको परिमाण प्रति वर्ष २१,४१,३९७ मेट्रिक टन मात्र रहेको छ । दुग्ध क्षेत्रमा प्रति वर्ष ७.५ का दरले वृद्धीको सम्भावना रहे पनि अहिलेको वृद्धी दर जम्मा ३.५ रहेको छ । गाइभैसीको उत्पादकत्व क्षमता र संख्यालाई कूल दुध उत्पादनसँग दाजीँ हेर्ने हो भने दुध उत्पादन निकै न्यून रहेको देखिन्छ फलस्वरुप किसानले आफ्नो लगानी अनुरुप भाउ पाउँन सकिरहेका छैनन । नेपालमा गाईभैसी बाट राम्रो दुध उत्पादन नहुनुका कारणहरु धेरै भएतापनि मुख्य चार तत्वहरु ;आहारा व्यवस्थापन , नश्ल छनौट तथा प्रजनन्, गोठ व्यवस्थापन तथा पशुको स्वास्थ्य व्यवस्थापन महत्वपूर्ण कारक तत्व हुन् ।

पछिल्लो समय नेपालमा दुध तथा आम्दानि बढाँउने अभिप्रार्यले स्थानीय गाइभँैसीको जातहरु भन्दा पनि उन्नत बिदेशी जातहरु पाल्ने चलन बढेको छ । उन्नत गाईका जातहरु विशेषगरि जर्सी, होलिस्टन र भँैसीमा मुर्रा पाल्ने चलन बढ्दै गइरहेता पनि उत्पादन भने सोचे अनुसार राम्रो भएको छैन । यसको बिभिन्न कारणमध्य एक प्रमुख कारण आहारा व्यवस्थापन नै हो । नेपालमा गाइभैँसीपालनमा प्रयोग हुने प्रमुख आहारामा पराल, मकैको डाँठ/ढोड ,नल ,घाँसको स्याउला तथा अन्नका दानाहरु प्रगोग गरिन्छ । बर्षायाममा पानी बडी पर्ने र तापक्रम बडी हुने हुनाले हरियो घाँसको वृद्धि विकास राम्रो हुने तर हिउँदमा पानी कम पर्ने तथा तापक्रम पनि कम हुने भएकाले हरियो घाँसको उपलब्धतामा कमि हुने भएकोले कृषक दाजुभाई दिदीबहिनीहरुले पराल,डाँठ,ढोड,नल आदि सुकेको घाँस लाई प्रमुख आहाराको रुपमा प्रयोग गरेको हुनाले उत्पादन अति न्यून रहेको छ । सुकेको घाँस अथवा परालले सामान्यतया पशुको पेट भर्ने मात्र काम गर्दछ त्यसैले हिउँदको समयमा आहारा व्यवस्थापन चुनौतीपूर्ण हुने गर्दछ । यस्ता सुकेको घाँसहरुमा मुख्यतया परालमा पोषणतत्व न्यून हुने भएकाले हिउँदको समयमा पशुले उचित मात्रामा दुध उत्पादन गर्न सक्दैन । परालमा कच्चा प्रोटिन को मात्रा ३.४५ र कुल पाच्या पदार्थ (TDN) ३.५-४.५५ हुन्छ त्यसमापनि पाचनसिल प्रोटिन सुन्य बराबर जस्तै हुने भएकाले बरु परालको बिकल्पमा मकैको डाँठ/ढोड प्रयोग गर्नु पौष्टितत्वको हिसाबले केहि फाईदजनक हुन्छ ।

नेपालमा पशुपालन व्यावसायबाट राम्रो र दिगोरुपमा उत्पादन लिनको लागी हरियो घाँसमा आधारित पशुपालन व्यवसाय गर्नु उपयक्त हुन्छ । बर्षायाममा उत्पादन भएको घाँसलाई घाँस संरक्षणका विभिन्न प्रविधिहरु प्रयोग गरि हिउँद समयकालागी साइलेज, हे बनाएर प्रयोग गर्न सकिन्छ भने सुख्खा पराललाई खुवाउनु भन्दा खुदो/सख्खरले उपचार गरेर खुवाउदा बढि प्रभावकारी हुन्छ । विभिन्न प्रकारका पराल ,नल, डाँठ आदिलाई यूरिया तथा खुदोबाट उपचार गरेर खुवाउँदा पोषणतत्वमा सुदार भई पशुले उचित पौष्टिक पाउँछन । यसरी खुदो र युरीयाको प्रयोग गरी सुख्खा घाँस वा परालको उपचार गर्ने पद्धतिलाई यूरीया मोलासेस स्ट्र भनिन्छ भने मेशिनको प्रयोग गरी ईटाको ब्लकको आकारमा बनाई प्लास्टिकले बेरी महिनै सम्म संञ्चित गरेर राख्न सकिने ब्लकलाई भने यूरीया मोलासेस ब्लक भनिन्छ ।

तयार गर्ने विधि

पराल (केजी )

पानी (लिटर) खुदो (केजी) यूरिया (केजी)

२५

१५ २.५
५० ३०

१०० ६० १०

 

१. यसलाई बिभिन्न तरिकामा बनाउँन सकिन्छ जस्तै प्लास्टिक थैलों, काठको बाकस अथवा खाल्डो मा तयार गर्न सकिन्छ     तापनी प्लास्टिकको थैलों मा तयार गर्न सजिलो ,कम खर्च लग्ने र भण्डारण गर्न सजिलो हुने भएकोले प्लास्टिक थैलोंमा गर्ने चलन बडी प्रख्यात छ ।
२. प्लास्टिक थैलोमा तयार गर्दा सफा तथा प्वाल नभएको हुनु पर्दछ ।
३. पराललाई मसिनो गरि ३ देखि ५ सेमी टुक्रा बनाई राम्रो संग काट्नु पदर्छ ।
४. यूरिया तौली पानीमा मिसाउने र राम्रो सँग घोल्ने ।
५. खुदोलाई उक्त यूरिया पानीको घोलमा मिसाउँने र राम्रोसँग चलाउने ताकि राम्रो सँग घुलोस ।
६. त्यसपछि उक्त तयार मिश्रणलाई टुक्रा पारेको परालमा सबै तीर एकनासले पर्ने गरि छर्कने ।
७. त्यसपछि उक्त पराललाई प्लास्टिक थैलोंमा राख्दै खाँद्दै वा मेशिनले च्यापदै जाने र अन्तिमा प्लास्टिकको थैलोंको मुख राम्रोसँग बन्द गर्ने ।
८. थैलों लाई प्रतक्ष घाम नलाग्ने तर हावा छिर्ने कोठामा सुरक्षीत भण्डारण गर्ने ।
९ .भण्डारण गरेको २१ दिन पछी मोलासेस ब्लक खुवाउँन सकिन्छ । थैलों बाट निकाल्दा घाम नलाग्ने तर हावा छिर्ने     कोठामा १ घण्टा फिजाई त्यसपछि खुवाउँदा बढि प्रभावकारी हुन्छ ।
१०. २०० देखि ३०० केजी तौल भएको गाईभँैसीलाइ खुवाउँदा बिहान र बेलुका आधा आधा गरेर दिनमा ४ देखि ६ केजी खुवाउँदा राम्रो हुन्छ तर अरु आहार पनि सँगसँगै खुवाएको हुनुपर्दछ । यो खुवाउँदा दाना भने ५० देखि ६० प्रतिशत कटौती गर्न सकिन्छ ।
११. यसरि उपचार गरिएको पराल ६ महिना भन्दा कम उमेरका पशुबस्तुलाई खुवाऊनु हुदैँन ।
१२. यसरि उपचार गरिएको पराल नउग्राउने पशुहरुलाई भने खुवाउनु हुदैँन ।

 

 

लेखक ;कपूर भुसाल                                        

राष्ट्रीय गाई अनुसन्धान कार्यक्रम, रामपुर ,चितवन

Must Read

भिजेका धान उद्दारमा नेपाल फूड

दसैं सकिएसँगै धान भित्र्याउन खेतमा पसेका किसान बेमौसमी वर्षाले समस्यामा परेका छन् । पहाडी जिल्लाका सिँचाइ हुने खेत र तराईका फाँटमा धान पाक्न सुरु...

लसुन खेती प्रविधि

परिचय लसुन एक प्रकारको मसला तथा नगदे बाली हो । यसमा Allicin भन्ने तत्व हुन्छ ।Allinase enzyme  ले Allicin बनाउँदछ जुन मानिस तथा जनावरकालागि परापुर्वककालबाटै...

गोब्रे च्याउ खेति प्रविधि

नेपालमा च्याउको खेती गर्ने अधिकाशं किसानको रोजाइमा  सजिलै खेती गर्न सकिने , बजार पु¥याउँदा उपभोक्ताले सजिलै किन्न सक्ने र खासै धेरै लगानी र हेरचाह...

Prospects of Organic Agriculture in Nepal

-Anupa Gaire IAAS,Lamjung According to IFOAM, “Organic Agriculture is a production system that sustains the health of soils, ecosystems, and people. It relies on ecological processes,...

Resilience against Shrinked Economy: Retention of Agri-experts.

  "As the Covid-19 have dreadfully struck the country’s economy, talks have been on the surge to restore the sinking economy afloat through intervention of...