बहुउपयोगी झारः दुधि झार

0
957
नेपालको तराईदेखी उच्च पहाडी भेगसम्म पाइने दुधे झार हामी मध्य धेरैले देखेपनि यसको मह्त्वभने धेरैले बुझ्न सकेका छैनौ । बारीका कान्ला,भीर पाखा ,खोल्सा खाल्सीहरुमा सामान्य रुपमा पाइने यो झार ग्रामीण समुदायमा गाईवस्तुलाई घासँको रुपमा खुवाइन्छ भने मानव शरिरमा कुनै चोटपटक लागेमा यसको चोप निचोरेर लगाँउने चलन प्रचलित भएको देखिन्छ तर यसको उपयोगीता यी दुईमा मात्र सिमित नभई दम,अलसर तथा बाझोपन र्निमूलीकरणमा प्रयोग हुने औषधीशुद्ध बनाइने हुनाले यो झार नेपालकोलागी अर्को माल पाएर चाल नपाएको मह्त्वपूर्ण जडिबुटी हुनसक्छ । Euphorbiaceae परीवारमा पर्ने यो झ।रको वैज्ञानिक नाम Euphorbia hirta हो । यो झारलाई भारत तथा नेपालकोे रैथाने झारको रुपमा पनि चिनिन्छ भने दम रोगको औषधिको रुपमा प्रयोग हुने भएकाले यसलाई अंग्रजीमा asthma-plant पनि भनिन्छ ।
उपयोगीता-
 दम पूर्णरुपले निको नहुने रोग भएतापनि यो झार शुद्ध महसगँ चोपेर खाँदा अत्तिनै हितकारी हुने देखीन्छ ।
 अल्सर,जन्डिस तथा झाडापखला जस्ता रोगहरु लाग्दा यो झार चपाएर खाँदा यी रोगहरु नीमूर्लीकरणमा फाइदा पुग्ने देखिन्छ ।
 गोनोरीया,सीफिल्स जस्ता यौनजन्य रोगहरु लागेको खण्डमा यो झार पिनेर लगाएमा यी रोगहरु नाश हुने देखिन्छ ।
 यो झार पिनेर अनुहारमा लगाएमा डण्डिफोर लगायत सौन्दर्य रोगहरु नियन्त्रण हुने देखिन्छ ।
 यो सेवनले शरिरमा हुने अनावश्यक अनियन्त्रीत रक्तवहावलाई नियन्त्रण गर्छ ।
 शुक्रकिटको मात्रा बढाउँन र बाझोपनको औषधीको रुपमा पनि यसको प्रयोग गरिन्छ ।