Home Others बालीमा मलखाद तथा खाद्य तत्वको भूमिका तथा तीनका कमीको लक्षणहरु

बालीमा मलखाद तथा खाद्य तत्वको भूमिका तथा तीनका कमीको लक्षणहरु

विरुवालाई आफ्नो वृद्धि विकासकोलागी मुख्यत १६ तत्वहरुको आवश्यकता पर्दछ जसमध्य कुनै एक कमी भएमा विरुवाले आफ्नो जीवनचक्र सामान्य रुपमा पुरा गर्न सक्दैन । कार्बन ,हाइड्रोजन र अक्सीजन विरुवाले प्राकृतिक रुपमा पूर्ती गर्ने र बाकीँ १३ तत्व प्राकृतिक रुपमै पाइने भए पनि विरुवालाई ती अपुग हुनसक्ने भएकाले बेला बखत वालीको अवस्था हेरी मलखादको रुपमा यी तत्व माटोमा थप्नु पर्ने हुन्छ । १३ तत्वमध्य पनि विरुवालाई सबै भन्दा बढी चाहिने मुख्य तत्वको रुपमा नाइट्रोजन , फस्फोरस र पोटासलाई लिइन्छ भने बाकीँ रहेका ९ तत्वलाई सुक्ष्म वा सहायक तत्वको रुपमा लिइन्छ ।यो लेख यही १३ तत्वको विरुवाको वृद्धि विकासमा हुने भूमिका र कमीका लक्षणको बारेमा हुनेछ । यो लेख कौसी खेती ,करेसा बारीमा खेती गर्ने लगायत व्यवसायिक किसानसम्मलाई उपयोगी हुने आशा राखेको छु ।
१) नाइट्रोजन
बोट विरुवाको वृद्धि विकास ,हरितकण बढाउँने ,दानामा प्रोटिनको मात्रा बढाउँन मद्दत गर्ने नाइट्रोजन हरेक बालीलाई चाहिने १७ तत्व मध्यको प्रमुख तत्व हो । पानीले सजिलै बगाउने र घाम परेमा बाफीएर उड्ने भएकाले बालीको अवस्था हेरेर बेलाबखत टप ड्रेसिङ्ग गर्नु पदर्छ ।
कमिका लक्षण
पुराना पात पहेँलो हुने र झर्ने ,सागपात पहेँलो हुने र जराहरु नफैलने समस्या देखिन्छ ।
नाइट्रोजन बढभएका लक्षण
विरुवाहरु ओइलाउने , पात र डाँठ बढि हुने तर फल नलाग्ने ।

२) फस्फोरस
फस्फोरसले जराको वृद्धि विकास, फूल फूल्न र समयमै बाली पकाउँन सहयोग गर्नुका साथै हाँगा विगाको संख्या बढाउँन मद्धत गर्दछ ।
कमिका लक्षण
पातको दुई कुना बैजनी रङ्गको हुने ,बाली ढिलो पाक्ने ,विरुवा झिनो मसिनो हुने ,अम्बाको बोट जाडोमा ओइलाउँने (जाडोमा फस्फोरसको घुलनसिलता कम हुन्छ ) , पातमा गाढा हरियो रङ्गमा रातो रङ्ग मिसिएको जस्तो देखिन्छ भने जराको विकास रोकिने,बाली ढिलो बढ्ने र फल र दानाको विकासमा कमी आउँछ ।

३) पोटास
विरुवालाई रोग किरा लाग्नबाट बचाउँने, विउ र फलको गुणस्तर एकनाश कायाम राख्न तथा विरुवालाई खडेरीको असरबाट बचाउँन पोटासको मुख्य भुमिका हुन्छ ।
कमिका लक्षणहरु
बोट विरुवामा रोग किराले सताउने ।
दानाहरु चउरी पर्ने ।
पातको किनारा तथा टुप्पा जल्दै जाने र बिस्तारै भित्री भागनी जल्दै जान्छ ।
विरुवाले खडेरी सहन नसक्ने ,तुसारो लाग्ने समयमा रोगको प्रकोप बढ्ने ।
गोलभेडाको फल चम्किलो नहुने ।
डाँठ तथा काण्डहरु कम्जोर हुन्छन् ।
विरुवा ढल्ने ,बढ्न नसक्ने, दाना चाउरी पर्ने ,रोग किराको आक्रमण बढ्ने ।

४)क्यालसियम
क्यालसियमले मुख्यत नयाँ कोषको विकासमा मद्दत गर्छ भने माटोमा अम्लिय पन नियन्त्रण गर्न पनि सक्रिय भूमिका खेल्दछ ।
कमिका लक्षणहरु
विरुवाको कोपिला मर्ने, पातका किनारा च्यातिने, बदाम खोक्रो फल्ने ,गाजँरको भित्री भागमा खाली धब्बाहरु देखिने ,मकैका पातहरु एक आपसमा टाँसिएर बढ्न नसक्ने , नयाँ पालुवा निस्कन कठिन हुने , नयाँ पालुवा निस्कदानै बटारीएको वा चाउरीएको जस्तो देखिने ,बन्दा तथा काउलीमा पातको चारैतिरको किनाराबाट हल्का खैरो रङ्ग पैदाहुने र पछि खैरो रङ्गमा परीणत भई अन्तिमा कालो रङ्गको धब्बा देखिन्छ भने गोलभेडामा फलको टुप्पोतिर गोलाकार कालो र कडा खालको दाग देखिन्छ जसलाई अङग्रजीमा ब्लुजम इड रट भनिने गरीन्छ ।

५) म्यागनेसियम
म्यागनेसियमले प्रकाश संश्लेषण प्रकृयामा महत्वपूर्ण भूमिका खेल्नुका साथै फलमा चिनीको मात्रा बढाउँन , वंसाणुगत गुण सादै लानमा पनि उत्तिकै सक्रिय भूमिका खेल्दछ । म्यागनेसियमले तोरी,बदाम लगायतका तेल उत्पादन गर्ने बालीमा तेलको मात्रा बढाउँन मद्धत पु¥याउँछ ।
कमिका लक्षणहरु
पातको नशाको बिच भाग पहेँलो हुदैँ जाने ।
म्यागनेसियम कम भएको घाँस खाएमा पशुलाई ग्रास टिटानी रोग लाग्दछ ।

६) सलफर
सलफरले प्रोटिन बनाउँन ,हरितकण वृद्धिमा र तोरी तथा तेल उत्पादन गर्ने बालीहरुमा तेलको मात्रा र राग बढाउँन मद्दत गर्दछ ।
कमिका लक्षणहरु
माथिल्ला पातहरु पहेँलो हुदैँ जान्छ र पातका टुप्पाहरु क्रमश ढड्दै जान्छ । बेर्नाहरु मर्ने संख्या बढ्दै जान्छ ।

७) बोरोन
बोरोनले परागसेचनमा महत्वपूर्ण भूमिका खेल्छ भने यसले चिनी तथा अन्य खाद्यतत्वहरु हाँगाहरुमा पु¥याउने काम गदर्छ ।
कमिका लक्षणहरु
सुन्तलाजातका फलफूलमा बोक्रा बाक्लो र पातलो भइ फल बिग्रने गदर्छ ।
आलुको भित्री भागमा कालो खालको दाग देखा पदर्छ ।
बिरुवाहरु लथरो भइ लत्रने गदर्छ ।
गहुँमा नपुङ्सक्ता बढ्छ जसले गर्दा उचितरुपमा दाना लाग्दैन ।
बिरुवाको पात गुजुमुजु हुन्छ ।
काउलीको फल खौरो–खौरो हुने , डाठँको भित्री भाग खोक्रो हुने (black heart disease) ,मुला तथा गाँजर फुट्ने समस्या देखिन्छ ।
काक्रोको टुप्पा सुक्ने वा फल बाङ्गोटिङ्गो फल्ने समस्या देखिन्छ ।

८) फलाम
फलामले विरुवामा हरितकण तथा प्रोटिन निमार्णमा सहयोग गर्छ ।
कमिका लक्षणहरु
मकैको बोट पुड्को हुने,पात सेतो भएपनि पातका नशाहरु हरियो नै रहने तथा धानको बोट सेतो हुने समस्या देखिन्छ ।

९) म्यानग्यानिज
म्यानग्यानिजले बिउ उम्रनमा मद्दत गर्छ ।
कमिका लक्षणहरु
कलीलो पातमा पहेँलो धब्बा वा थोप्लाहरु देखिन्छ भने कोसे बालीको कोसामा खैरो दाग देखिन्छ ।

१०) तामा
सुन्तला,जुनार तथा सुन्तला परिवारका फलफूलमा चिनीको मात्र बढाउँछ ।
स्याउ,गाजँर आदिमा राम्रो रङ्ग प्रदान गर्दछ ।
कमिका लक्षण
तामाको कमी भएमा अनावश्यक हाँगाहरु पलाउँछ ।

११) जिङ्क (जस्ता)
जिङ्कले विरुवामा जमिनबाट सोस्न सक्ने शक्ति बढाउँनुको साथै नाइट्रोजनको उपयोगीता तथा हर्मोनको गतिविधी बढाउँन मद्दत पु¥याउँछ ।
कमिका लक्षण
नरीवलको पातहरु पहेँलो हुने गर्छ ।
जिङ्कको कमिले पहेँलोपना भएको क्षेत्रमा मृत कोष देखा पदर्छ, काण्ड र डाँठमा अन्तरगाँठ भाग छोटो हुने ,क्षुपिय पातहरुको झुप्प भएर बस्ने तथा पातहरु चाडैँ झर्ने समस्या देखा पर्छ ।
बाली अनुसार फरकः फलहरु कुरुप हुने , मकैमा सेतो कोपिला,कपासमा सानो पात सुन्तलामा मोटल लिर्फ (पहेँलो धब्बा ) जस्ता समस्या आउँछ भने धानमा खैरा रोगको (पातमा खैरो धब्बा) प्रकोप देखिन्छ ।

१२)मोलिब्डेनम
मोलिब्डेनमले विषेशगरी कोसे बालीमा नाइट्रोजन फिक्सीएसन गर्न मद्दत गर्छ ।
कमिका लक्षण
काउलीमा पात डाडु जस्तो हुने,फल नलाग्ने लागी हाले पनि सानो लाग्ने  (whiptail )समस्या देखा पर्छ ।

१३) क्लोरीन
क्लोरीनले बालीमा डाँठको वृद्धि विकासमा मद्दत पु¥याउँछ ।
कमिका लक्षण
विरुवा ओइलाउने तथा आलु/गोलभेडमा पात बेरीने गर्दछ ।

Must Read

लसुन खेती प्रविधि

परिचय लसुन एक प्रकारको मसला तथा नगदे बाली हो । यसमा Allicin भन्ने तत्व हुन्छ ।Allinase enzyme  ले Allicin बनाउँदछ जुन मानिस तथा जनावरकालागि परापुर्वककालबाटै...

गोब्रे च्याउ खेति प्रविधि

नेपालमा च्याउको खेती गर्ने अधिकाशं किसानको रोजाइमा  सजिलै खेती गर्न सकिने , बजार पु¥याउँदा उपभोक्ताले सजिलै किन्न सक्ने र खासै धेरै लगानी र हेरचाह...

Prospects of Organic Agriculture in Nepal

-Anupa Gaire IAAS,Lamjung According to IFOAM, “Organic Agriculture is a production system that sustains the health of soils, ecosystems, and people. It relies on ecological processes,...

Resilience against Shrinked Economy: Retention of Agri-experts.

  "As the Covid-19 have dreadfully struck the country’s economy, talks have been on the surge to restore the sinking economy afloat through intervention of...

उपभोक्ता र अर्गानीक कृषि

-समिक्षा गौतम मानिसको जीवन चक्रमा उसले सबैभन्दा बढी उपभोग गर्ने खानाको न व्याख्या गरेर कहिले सकिन्छ न यसका परिकारहरुको नाम भनेर नै कहिले सकिन्छ ।...