Home कृषि ब्यवसाय तरकाली फलफुल मेवा खेति यसरी गरौ, मनग्य कमाऔ

मेवा खेति यसरी गरौ, मनग्य कमाऔ

मेवा तराई तथा मध्य पहाडमा उत्पादन गर्न सकिने एक महत्वपूर्ण फल हो । क्यारिकेसी (caricaceae) समूहमा पर्ने यस फल पौष्टिक दृष्ठिले निकै महत्वपूर्ण मानिन्छ । मेवा “भिटामिन ए” को महत्वपूर्ण श्रोत हो । बर्षैभरी फल दिने केही मात्र फलहरु मध्ये मेवा पनि एक हो । उत्कृष्ट उब्जाउ क्षमता, पुष्ठ फल तथा आकर्षक जातहरुले गर्दा फलहरुको समूहमा मेवाको बिशेष स्थान छ ।

करिब ४०० बर्षअघि भारत हुँदै मेवाको प्रवेश नेपालमा भएको मानिन्छ । नेपालमा बिशेषगरि घरायसी प्रयाजनको लागि मात्र मेवा लगाईएको पाईन्छ । भिटामिन ए, भिटामिन सि, कार्बोहाईड्रेट लगायत अन्य विभिन्न खनिजको महत्वपूर्ण श्रोत तथा उत्कृष्ट स्वाद भएको हुँदा मेवाको बजारमा अत्याधिक माग छ ।

हावापानी

मेवा उष्ण तथा उपोष्ण प्रदेशिय फल भएको हुँदा यसलाई तराई तथा मध्य पहाडमा सजिलै उत्पादन गर्न सकिन्छ । तातो तथा ओषिलो हावापानी मेवा खेतीका लागि उपयुुक्त मानिने हुँदा समुद्री सतह देखि करिब १००० मि. उचाई सम्म यसको सफल व्यवसायिक खेती गर्न सकिन्छ । मेवाको राम्रो वृद्धि विकासका लागि करिब २१°से. देखि ३३°से. सम्मको तापक्रम उपयुुक्त मानिन्छ । १०°से. वा सो भन्दा कम तापक्रम मेवा खेतीको लागि हानिकारक हुन्छ । मेवाखेतीका लागि करिब ३५ से.मी. देखि २०० मि. सम्म औषत बार्षिक वर्षा उपयुक्त हुन्छ । मेवाको लागि पानी आवश्यक छ तर पानी जमेको भने पटक्कै हुनुहुदैन । थोपा सिचाई मेवाका लागि निकै राम्रो मानिन्छ ।

माटो

व्यवसायीक मेवा खेतीको लागि पानी नजम्ने, प्रशस्त प्राङारिक पदार्थ भएको, बलौटे दोमट माटो उपयुक्त मानिन्छ । मेवाका जराहरु जमिनबाट धेरै गहिराईमा जान नसक्ने हुँदा माटो मलिलो हुनु आवश्यक छ । उचित पानीको निकास भएको तथा हावा खेल्ने माटो यसको खेतिको लागि राम्रो मानिन्छ । पि. एच. मान ६-६.५ मेवा खेतीको लागि सुहाउँदो हुन्छ ।

मेवाका जातहरु

मेवाका धेरै जातहरु मध्ये अत्याधिक प्रयोगमा ल्याईएका केही जातहरु यस प्रकार छन् ।

•कोयटुम्बर-१:
यस जातको बिकास राची नामक स्थानीय जातबाट भएको मानिन्छ । यसको बिरुवा होचो, सानैमा फल लाग्ने तथा फलहरु गुलिया तथा गोलो आकारका हुन्छन् । पेपिनको वास्ना नआउने हुँदा यसलाई ताजा फलको रुपमा प्रयोग गर्न सकिन्छ ।

•कोयटुम्बर-२:
ठूलो तथा पहेलो फल लाग्ने यो मध्यम तथा अग्लो जात हो । यसमा पेपिनको मात्रा अत्याधिक हुन्छ ।

•रेड लेडि:
छिटै उत्पादन दिने तथा उत्कृष्ट स्वाद हुने यो निकै महत्त्वपूर्ण उन्नत जात हो । लगाएको आठ देखि नौ महिनामै उत्पादन लिन सकिने यस जातका बिरुवा रिङ्ग स्पट भाईरस संग प्रतिरोधात्मक हुन्छन् । रातो तथा बाक्लो गुदि हुने यसको फल निकै सुगन्धित तथा गुलिया हुन्छन् ।

•कुर्गु हनी ड्यु:
यो व्यवसायिक दृस्ठिले निकै महत्वपूर्ण जात हो । यसका सबै बिरुवा सत प्रतिशत फल दिने खालका हुन्छन् ( प्रायः उभयलिङ्गी अथवा पोथी ) । यो बाक्लो गुदि भएको लाम्चो खालको स्वादिष्ट फल दिने जात हो ।

•वाशिङ्टन:
यो निकै पुरानो जात हो । यो जातको बोट अग्लो, फल मध्यम तथा स्वादिष्ट हुन्छ । यसको एउटा फल एक के.जि. सम्म हुन्छ ।

•पुसा नन्हा:
पुसा नन्हा जातका बिरुवा निकै होचा हुन्छन् । यिनलाई घरभित्रै पनि सजिलै लगाउन सकिन्छ । लगातार तीन बर्ष सम्म फल दिने यस उन्नत जातका बिरुवालाई गमलामा लगाउन अत्याधिक रुचाईन्छ ।

•पुसा डेलिसियोस:
यसका सबै बिरुवाहरु फल दिने खालका हुन्छन् । यसको फल मध्यम आकारको निकै स्वादिष्ट हुन्छ ।

•पुसा म्याजेस्टि:
यो पनि सत प्रतिशत फल दिने जातहरु अन्तर्गतनै पर्दछ । यसका फलहरु भाईरल रोग संग प्रतिरोधात्मक हुन्छन् । यिनको भण्डारण लामो समय सम्म गर्न सकिन्छ ।

•पुसा ड्वार्फ:
यो हिचो बोट हुने तथा मध्यम आकारको फल दिने जात हो । यो जात बाक्लो गरि खेती गरिने पद्धति ( high density orcharding ) को लागि उपयुुक्त मानिन्छ ।

लिङ्गको छनोट

लिङ्गको छनोट मेवा खेतीको लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । सफल व्यवसायिक खेतीको लागि भाले, पोथी तथा उभयलिङ्गी मेवाको छनोट हुनु अत्यावश्यक छ । सामन्यतया भाले मेवाको फल लाग्दैन फुल्ने मात्र गर्दछ । यसकारण व्यवसायीक मेवा खेती गर्दा धेरै भाले मेवा राख्नु उपयुक्त मानिदैन । जब मेवा फुल्न थाल्छ तब मात्र भाले, पोथी तथा उभयलिङ्गी मेवा चिन्न सकिन्छ । भाले मेवाका फूलहरु झुन्डिएका तथा समूहमा आउने गर्दछन भने पोथी मेवाका फूलहरु छुट्टाछुट्टै आउदछन । भाले तथा उभयलिङ्गी मेवामा पुष्पदलहरु तल तिर जोडिएका हुन्छन् भने पोथी मेवामा स्वतन्त्र हुन्छन् । भाले मेवाका कोपिलाहरु निकै साघुरा तथा चम्चा आकारका हुन्छन् । यस्तै पोथी मेवाका कोपिला केही ठूला र सोलि आकारका हुन्छन् भने उभयलिङ्गी मेवामा बेलनाकार हुन्छन् ।

प्रसारण

मेवाको प्रसारण बीउ बाट हुन्छ । यसको बिरुवालाई नर्सरी बेडमा उत्पादन गर्न सकिन्छ । सामान्यतया एक हेक्टरमा बिरुवा लगाउन करिब ४५० देखि ५५० ग्राम बीउ चाहिन्छ ।

बेर्नाको तयारी

व्यवसायीक मेवा खेतीका लागि बेर्नाको तयारी अनिवार्य हुन्छ । बेर्ना तयार गर्न ब्याड बनाउदा चौडाई एक मि., उचाई १५ से.मि. तथा लम्बाई आवश्यकता अनुसार तयार गरि पाकेको गोबरमल माटोमा मिलाई सम्म बनाई १० से.मि.को फरक पारी करिब एक से.मि. को गहिराईमा बिउ रोप्नु पर्दछ । बीउ रोपिसके पछि माथीबाट हल्का माटोले पुरी परालले छोपेर हजारिबाट हल्का सिचाई दिनुपर्दछ । बीउ रोपेको करिब १५-२० दिनभित्र बेर्ना उम्रन थालेपछि पराल हटाई दैनिक सिचाई दिनुपर्दछ ।

बेर्ना रोपण

यसरी तयार भएको बेर्ना एक महिना पछि बल्ल रोप्न लायक हुन्छ । बेर्ना रोप्दा १५ से.मि. लम्बाई, १५ से.मि. चौडाई र २० से.मि.को खाडल बनाई, पाकेको गोबरमल राखी एक बोट देखि अर्को बोटको दुरि डेढ देखि दुई मिटरको फरकमा रोप्नु पर्दछ । बेर्ना रोपिसके पछि हल्का सिचाई दिनु पर्दछ । जब मेवा फुल्न थाल्छ उक्त समयमा भाले तथा पोथी मेवा पहिचान गरि १० बोट पोथी मेवामा एक बोट भाले मेवा राखी अरु भाले मेवा फालिदिनुपर्दछ ।

रोग तथा व्यवस्थापन

कोत्रे रोग, पात बटारिने रोग, पात डढुवा रोग तथा अन्य विभिन्न भाईरल तथा ढुसिजन्य रोगहरु मेवामा अत्याधिक लाग्ने केही रोगहरु हुन् ।
कोत्रे रोगको ब्यवस्थापन तातो पानीबाट तथा ढुसीनासक बिषादिको प्रयोग गरि गर्न सकिन्छ । पात बटारिने रोगको ब्यवस्थापनका लागि मोनोक्तोटोफर्स (०.०५%) बिषादिको प्रयोग उपयुक्त हुन्छ भने पात डढुवा रोगको ब्यवस्थापन वेभिष्टिन बिषादिको प्रयोग द्वारा गर्न सकिन्छ ।

निकै गुणकारी फल मेवाको नेपाली बजारमा दिन प्रती दिन बढ्दो माग छ तर माग अनुसार व्यवसायिक खेती हुन नसक्दा बढ्दो बजारमागलाई अहिलेको उत्पादनले धान्न सक्ने अवस्था छैन । नेपालमा व्यवसायीक मेवा खेतीको प्रचुर सम्भावना छ तर लगानी निकै कम छ फलतः मेवा खेती फस्टाउन सकेको छैन । यसकारण मेवामा लगानी बढाई आत्मनिर्भर हुनु आजको आवश्यकता हो ।

Must Read

लसुन खेती प्रविधि

परिचय लसुन एक प्रकारको मसला तथा नगदे बाली हो । यसमा Allicin भन्ने तत्व हुन्छ ।Allinase enzyme  ले Allicin बनाउँदछ जुन मानिस तथा जनावरकालागि परापुर्वककालबाटै...

गोब्रे च्याउ खेति प्रविधि

नेपालमा च्याउको खेती गर्ने अधिकाशं किसानको रोजाइमा  सजिलै खेती गर्न सकिने , बजार पु¥याउँदा उपभोक्ताले सजिलै किन्न सक्ने र खासै धेरै लगानी र हेरचाह...

Prospects of Organic Agriculture in Nepal

-Anupa Gaire IAAS,Lamjung According to IFOAM, “Organic Agriculture is a production system that sustains the health of soils, ecosystems, and people. It relies on ecological processes,...

Resilience against Shrinked Economy: Retention of Agri-experts.

  "As the Covid-19 have dreadfully struck the country’s economy, talks have been on the surge to restore the sinking economy afloat through intervention of...

उपभोक्ता र अर्गानीक कृषि

-समिक्षा गौतम मानिसको जीवन चक्रमा उसले सबैभन्दा बढी उपभोग गर्ने खानाको न व्याख्या गरेर कहिले सकिन्छ न यसका परिकारहरुको नाम भनेर नै कहिले सकिन्छ ।...